वैदेशिक रोजगारी तालिम प्रदायकलाई विभागमा आउन उर्दी

२०७२ असोज १२ । वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि प्रदान गरिने सीपमूलक तालिममा ठगी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कतिपय तालिममा दिइएका प्रमाणपत्रहरु नक्कली भएको भन्दै तालिम दिने संस्थाहरुलाई कार्यालयमा उपस्थित हुन विभागले उर्दी जारी गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहने कामदारहरुले श्रम स्वीकृति लिने शिलशिलामा पेश गर्नुपर्ने अनुभव, सीप वा दक्षता सम्बन्धी कागजातहरु नक्कली बनाइ श्रम स्वीकृतिका लागि पेश गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

वैदेशिक रोजगालाई सुरक्षित, ब्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा अनुगमन र नियमनलाई प्रभावकारिरुपमा अगाडि बढाइरहेको अवस्थामा पनि नक्कली काम भएको भन्दै विभागले तालिम दिने संस्थाहरुलाई संस्थाको सम्बन्धित कागजातसहित १५ दिन भित्र विभागमा अनिवार्य उपस्थित हुन उर्दी जारी गरेको हो ।

१५ दिनभित्र सम्पर्कमा नआउने संस्थाबाट जारी गरिने प्रमाणपत्रका आधारमा श्रम स्वीकृति दिने कार्य बन्द गरिने समेत विभागले चेतावनी दिएको अनलाइन खवरमा समाचार छ ।

प्रकाशित मिति: Tuesday, September 29, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।