पाँच प्रतिवद्धता सहित बाबुराम भट्टराईद्वारा एमाओवादी परित्यागको घोषणा (भिडियो सहित)

२०७२ असोज ९ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार दिउँसो पत्रकार सम्मेलन सम्मेलन गरेर भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेका हुन् । 

यससँगै बाबुराम भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ । भट्टराईले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी  माओवादी अध्यक्ष प्रचण्डलाई गराएका छन् ।

भट्टराईले नयाँ पार्टी खोल्ने नखोल्ने भन्ने निर्णयमा आफू पुगिनसकेको बताएका छन् । उनले केही समय स्वतन्त्र नागरिकका रुपमा रहने बताए । एमाओवादीमा फर्कने वा अर्को पार्टीमा जाने सम्भावनाबारे सोधिएको प्रश्नमा भट्टराईले भने- ‘पुरानो घर, भत्किएको घर र छोडेको घरमा जाने कुरा हुँदैन ।’

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुादे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो । त्यसयता बाबुराम प्रचण्डसँगै थिए । यद्यपि पटक पटक अन्तरसंघर्ष हुँदै आएको थियो ।

संसद सदस्यबाट पनि राजीनामा
गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरे । राजीनामा पत्र सभामुखलाई बुझाइसकेका छन् ।

भट्टराईका पाँच प्रतिवद्धता
पूर्व प्रधानमन्त्री भट्टराईले आफू देश र जनताको सेवामा भने रहिरहने बताएका छन् । साथै उनले आफ्नो पाँच प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वाधिनता, स्वाभौमिकता, अखण्डताप्रति प्रतिवद्ध रहने उनको पहिलो प्रतिवद्धता छ । समावेशी र समानुपातिक लोकतन्त्र, सम्वृद्धि, सामाजिक न्याय र सदाचार उनका अन्य प्रतिवद्धता छन् । अनलाइन खवरमा समाचार छ ।

प्रकाशित मिति: Saturday, September 26, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।