स्वस्थ जीवनको लागि स्वच्छ वातावरण
- गणेश पुमा राई चिन्तन । रचनाकाल: २०६९।०६।०२
जुन खुलेको आकाशमा सबको अधर खुल्छ अरे ।त्यै फुलेको डाडाकाडा कालो बादल छोप्छ भने
जुन खुलेको आकाशमा अन्धकारले छोप्छ भने
खोइ कसले नजर लाउने कालो बादल छोप्ने डाँडा
खोइ कसको अधर खुल्ने अँध्यारोले छोप्ने बेला ।
फोहर बन्छ मान्छेबाट मान्छेलाई नै हानी गर्छ
उजाड जंगल मान्छेबाट मान्छेलाई नै नोक्सान गर्छ
फोहर बढे रोग बढ्छ जताततै सफा राखौं
उजाड बने डाडाकाडा आयु घट्छ जानी राखौं ।
त्यसैले त सबैतिर सफा, सुन्दर, स्वच्छ राखौं
मानववस्ती डाडाकाडा सबैतिर रूख रोपौं
पर्यावरण बचाई राखौं मान्छे सबै स्वस्थ बन्छ
हिमालको हिउँ जस्तै हाम्रो जीवन सङ्लो बन्छ ।
हिउँ फुलेको डाँडाकाडा सबको नजर लाग्छ अरे
जुन खुलेको आकाशमा सबको अधर खुल्छ अरे ।
प्रकाशित मिति:
Tuesday, September 22, 2015


0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।