बटुवा दोबाटोमा अल्मलिएको (कविता)

दिनहरू बित्दै गए, रातहरू पनि
एउटा दिन आउँछ अनि जान्छ,
त्यस्तै रात पनि आउँछ अनि जान्छ
तर म भने जहाँको त्यही छु
जहाँ उभिएको छु अझ त्यही स्थिर छु
जन्मे एक्लै, हुर्के परिवार, साथीसँगी र समाजसँगै
जुन परिवार, परिवेश
र समाजले मलाई हुर्कायो, बढायो र संसार चिनायो
आज यो समाजलाई मैले के दिए ?
यो समाजको उन्नतिको लागि मैले के गरे ?
यो समाजको विकासको लागि मैले के पहल गरे ?
यिनै प्रश्नहरू म सामु तेर्सिन्छन्
र खोज्छन् चित्त बुझ्दो उत्तर मबाट
म अनुत्तरित हुन्छु
किनकी मसँग त्यसको भरपर्दो उत्तर छैन
मेरै प्रश्नहरूको उत्तर मै दिन सक्दिन
तर सोच मग्न छु, सोचिरहेको छु
आफू जन्मेहुर्केको ठाउँको लागि
केही त गरेर मर्नुपर्छ
केही छोडेर जानुपर्छ भावी पुस्ताको लागि
यस्तै यस्तै प्रश्नले घेरिरहन्छन् मलाई
म अधन्तरमा टोलाइरहन्छु
केवल दोबाटोमा अल्मलिएको बटुवा जस्तै ... ।
                 *   *   *

प्रकाशित मिति: Monday, September 14, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।