एक लाखमा बुहारीले सासूआमा बिक्री गरेको खुलासा

२०७२ भदौ ३० । भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलासा भएको छ ।

प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको छ । परियार बलात्कारमा परेकी एक ५० वषिर्या महिलाकी आफ्नै बुहारी हुन् ।

साउदी अरबमा आकर्षक तलबमा हाउसमेडको जागिर लगाइदिने भन्दै परियारले आफ्नै सासुआमा र अर्की एक महिलालाई साउदी दूतावासका कर्मचारीलाई बिक्री गरेकी थिइन् ।

प्रकाशित मिति: Wednesday, September 16, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।