गणेश पुमा राई चिन्तन
रचनाकाल: २०५३ माघ १३ गते
ती आँखाबाट दुईथोपा आँसु नखसाई दिनु है
जब म लामो यात्रा लिएर जादैछु परदेश है ।
आँसुुका थोपा झरेर नदी भएर बग्दछन्
अबिरल चाल्ने पाईला मेरो आएर छेक्दछन् ।।
चन्द्रमा जस्तो त्यो तिम्रो मुहार राख्नेछु मुटुमा
राईफलको गोली जस्तो त्यो बोली छाप्नेछु मुटुमा ।
शत्रुको तातो गोलीले साँचे आउनेछु फर्केर
जन्मेको भुमि हुर्केको गाउँ र तिमीलाई सम्झेर ।।
मरेछु भने दुखिया मलाई सम्झेर नरुनु
दुईआँखाबाट झारेर आसु परेली नधुनु ।
जिउदोमा मेरो जीबनसाथी राईफल हुनेछ
मरण पछि यो लासमथि माटो नै हुनेछ ।।
रचनाकाल: २०५३ माघ १३ गते
ती आँखाबाट दुईथोपा आँसु नखसाई दिनु है
जब म लामो यात्रा लिएर जादैछु परदेश है ।
आँसुुका थोपा झरेर नदी भएर बग्दछन्
अबिरल चाल्ने पाईला मेरो आएर छेक्दछन् ।।
चन्द्रमा जस्तो त्यो तिम्रो मुहार राख्नेछु मुटुमा
राईफलको गोली जस्तो त्यो बोली छाप्नेछु मुटुमा ।
शत्रुको तातो गोलीले साँचे आउनेछु फर्केर
जन्मेको भुमि हुर्केको गाउँ र तिमीलाई सम्झेर ।।
मरेछु भने दुखिया मलाई सम्झेर नरुनु
दुईआँखाबाट झारेर आसु परेली नधुनु ।
जिउदोमा मेरो जीबनसाथी राईफल हुनेछ
मरण पछि यो लासमथि माटो नै हुनेछ ।।
![]() |
| भारतीय सेना गोर्खा रेजिमेन्ट फाइल फोटो |
- गणेश पुमा राई चिन्तन
(रचनाकाल: २०५३ फागुन २८)
उहिले त राम्रो मान्थ्यौं विद्या भन्दा खेतीधाइरन्थ्यो साँझ बिहान आफनै गाउवेशी
पढीगुनी के काम भन्थ्यौं हलो जोती मामआजभोलि पढन पायौं छुनु पर्छ घाम ।
सबैलाई चाहियो अब राम्रो थात बास
गर्छौ सबै ठूलाठालु कसले देला गास
मिठो खाने मनमा हुन्छ कर्म गर्ने मन छैन
गर्ने बेला मजा गर्छौ खाने बेला केहि छैन ।
लाज भयो हामीलाई आफनै डोको बोक्न
पढेपछि हुन्न भन्छौं आफै बारी जोत्न
मिठो खाने राम्रो लाउने सबै जनाको मनमा
सुखी बन्ने लालसाले जानु पर्ला कि वनमा ।
- राजा पुनियानी
धर्म अवमानना, कवितामार्फत नास्तिकताको प्रचार, मोबाइलमा नारीचित्र लिएको आरोपमा साउदी अरबले मृत्युदण्ड दिन लागेका प्यालेस्टिनी कवि कलाकार हुन् फयाद । ३५ वर्षका फयादमाथि मनपरी रुपमा तोकिएको सजायविरुद्ध विश्वभरि प्रतिरोधको आवाज उठिरहेको छ । प्रस्तुत छ उनका केही कविताहरु ।
१.
गरिबीको मोसो पोतिदिनु सिवाय
त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन
जुन दिन अर्को तेलको कुवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ
जुन दिन जनताको उपयोगको लागि जीवन
तिम्रो मुटुमै घुस्छ तिम्रो हंसबाट अझ्झै बेसी तेल निकाल्न
खासमा यो तेलले खाएको कसम हो
साँचो कसम
२.
भनिएको थियो – यतै घरबार बसाउनू
तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ
त्यसैले अहिले नै यो ठाउँ छाड़िहाल
नदीको पिँधबाट आफैलाई हेर्नू
माथिल्तिर हुनेले फेदमा बस्नेलाई दयादान गर्नुपर्ने हो
विस्थापित असहाय छ
तेल बजारमा बिक्री नहुने खुनजस्तै
३.
मलाई माफ गरिदेऊ
तिम्रो लागि अझ धेरै आँसु झार्न सकिनँ
तिम्रो नाम झझल्कोमा पुकार्न सकिनँ
मैले मेरो अनुहार तिम्रो अङ्गालोको न्यानोतिर फर्काएँ
मैले कुनै प्रेम भेटिनँ तर तिमीलाई
केवल तिमीलाई पाएँ
र म तिम्रो पहिलो चाहनेवाला हुँ
४.
ए रात
तिमीसँग समयको अनुभव छैन
तिमीसँग बर्खा पनि छैन
जसले पखाल्न सकोस् तिम्रो अतीतको भग्नावशेष
जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट
जसलाई तिमीले धर्मपरायणता भनेको थियौ
र मुटुबाट
जुन लायक छ
प्रेमको खेलको र तिम्रो अश्लीलताको चिरफारको
त्यो थिलथिले धर्मबाट
त्यो झूटो ताञ्जीलबाट
ती भगवानबाट जसले उहिल्यै आफ्नो इज्जत गुमाइसकेका छन्
५.
अचेल तिमी पहिलेभन्दा बढ़ी डकार्न थालेका छौ
जस्तो कि ग्राहक लोभ्याउन
रसिलो बोली र मादक नर्तक प्रयोग गर्छ बारले
डिजेको गीति तालसँगै तिमी आफ्नो भ्रमको बयान गर्छौ
र प्रशंसा गर्छौ ती जिउहरूको
जो झुलिरहेका छन् निर्वासनको गीतमा
६.
हिँड़्ने
या यताउति हल्लिने
या रूनेसम्म हक छैन यद्यपि ऊसित
उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन
अथवा उसको हावा, रद्दी र आँसु ताजा गर्ने
तिमी पनि त कस्तो भुल्छौ अनि
कि तिमी रोटीको एउटा टुक्रा हौ
७.
निर्वासनको दिन
नाङ्गै उभिन्छन् उनीहरू
जबकि तिमी पाइपको मैला पानीमा खाली खुट्टै पौड़िन्छौ
यो खुट्टाको लागि स्वस्थकर हुनसक्ला
तर धर्तीको लागि होइन
८.
भविष्यवेत्ताहरू रिटायर भए
सो तिम्रा आफन्तहरू आउने बाटो कुर्न छाड़िदेऊ
तिम्रो लागि
दैनिक रिपोर्ट बनाउँछन् सुराकीहरू
र मोटो तनाखा थाप्छन्
एउटा इज्जतको जीवन बाँच्न
कत्ति महत्त्वपूर्ण छ पैसा
९.
मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन्
देशनिकाला नभई
दैविक सृष्टि नभई
मेरो आकारमा कुनै दैविक छुवाइबिना नै
म पुनर्जीवित भएको छु
म यो पृथ्वीमा नर्कको अनुभव भएर छु
पृथ्वी त आखिर
रेफ्युजीहरूको लागि बनाइएको नर्क न हो
१०.
तिम्रो मूक खुन बोल्ने छैन
जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ
जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सुम्पिएको
गुप्ती घोषणा गरिरहनेछौ
तिम्रो आत्मा गुमाउनुले निक्कै खर्चिने छ समय
तेलको आँसु रोएका तिम्रा आँखालाई
फकाउन लागेको समयभन्दा धेरै ।
(सन् २००८-मा दर त-फरबी, बेरुइतद्वारा प्रकाशित फयादको कविता किताब ‘इन्स्ट्रक्शन्स विदिन’-बाट। यो किताब सउदी अरबमा प्रतिबन्धित छ। अरबीबाट अङ्रेजी अनुवाद मोना करीम। नेपाली अनुवाद– राजा पुनियानी)
सौजन्य: इसमता
- गणेश पुमा चिन्तन
नामै मेरो पौरखी परिश्रम गर्दछु ।
बिहानीको मिर्मिरेमा घामको न्यानो किरण
पसिनामा डुबाउँछु परिश्रमी जीवन ।
कोइली गाउने हरियाली मयुर नाच्ने वन
हरियाली बसन्तमा रमाउने यो मन ।
झयाउरे गाउदै धाउँदछु सधैभरि वनपाखा
रमाइलो लाग्छ है हिउचुलीको काख ।
गाउको माया राख्दछु छाती भित्र मुटुमा
रगत अनि पसिना भिजाउछु यै माटोमा ।
देशको लागि आइपरे बलिदान दिनुछ
आखिर जीवन अन्त्य पछि यै माटोमा मिल्नु छ ।
रचनाकाल: २०५३ पौष ६ गते शनिबार
- अम्बीहँ दुङ्भ्वोछा किराँत
म हुँ किराती
नाम सोधे म भन्छु
राम राधा र कृष्ण जी
यलम्वरका संतान हुँ म
महुँ किराती
![]() |
| फोटो: कोयुरोहित ब्लग |
नाममै विपत्ती
नव शिशु आउने दिनै
पण्डित निम्तो हुन्छ
किरात नाम कसरि राखोस्
हिन्दु पात्रों बोल्छ
हैखामा र निनामाले
छक्क परि हेर्छन्
ती शिशुका आमा बाबा
मक्ख परि पो बस्छन्
लेख्छु बोल्छु बुझ्छु खस
पढ्छु उस्तै गरि
मातृभाषा जान्दिन म
अफ्सोस मन भरि
साकेला नाँच्न जान्दिन म
तीजमा रसम भिज्यो
उफ्री उफ्री पोहोर नाँच्दा
तिलहरि नै भूँइमा खस्यो
![]() |
| कवि |
सेवांमी पो भन्छु
किरात राई त भन्छु मात्रै
भक्ते एन्जल मान्छु
किरात राईको छोरो म
म हुँ किराती
नाम सोधे म भन्छु
राम राधा र कृष्ण जी
हे किरात !
म को हुँ?
अस्तु:
- गणेश पुमा चिन्तन
चन्द्रमा छुने प्रण गरौ लौ हातेमालो गरेर ।
शिरको फेटा हिमाल पाउको जुता तराई हेर
पहाडको माया कति छ देखाउछौ छाती चिरेर ।
गुराँशको लाली साथैमा नक्कली लाली चाहिन्न
सुन्दर दृष्य आखैमा ब्यर्थको सिंगार चाहिन्न ।
पहाडी छाँगा झरना क्या राम्रो झर्छ झरर
गाउँबेसी पाखैमा चिसोपन क्या मिठो हावा सरर ।
धानको बाला क्या राम्रो खेतैको आलीमा झुलेको
सायपत्री फूल क्या राम्रो आगनको डिलैैमा फुलेको ।
हात छ आफनै बलियो अरुको सार चाहिन्न
खुटा छ आफनै दरिलो अरुको भर चाहिन्न ।
मिठो छ आफनै संगित अरुको धुन चाहिन्न
नाच्ने छौ आफनै तालमा अरुको नक्कल चाहिन्न ।
रचनाकाल: २०५६ कात्तिक १०
- सरण राई
“यो काखको नानी मेरो नानी होइन, मेरो लोग्ने हो ।” उसको जवाफ सुनेर छक्क पर्दै म सोच्न थाल्छु, उसको दिमागी तन्तुहरू पनि खुस्केको हुनु पर्छ ।
“काखको नानी कसरी तपाईँको लोग्ने हुन्छ ?” म सोध्छु ।
ऊ केही बेर निर्निमेष दृष्टिले पर टाढा हेर्छे र मलाई । भन्छे
— “यो काखको नानी मेरो लोग्ने हो । हामी लोग्ने स्वास्नी यहाँबाट हजारौँ किलोमिटर टाढा हिमालयको फेदिमा बस्थ्यो । खेती किसानीका साथ भेडा पालन हाम्रो पेसा थियो । त्यहा हामीले पचास वर्षभन्दा बढि सँगसँगै बसेर छोराछोरीहरू हुर्कायौँ । ठूला भएपछि छोराछोरीहरू गुडबाट उडेको बचेराझैँ टाढा गए । कहाँ गए ? फर्केर आएका छैनन् ।”
“खोइ त तपाईँको लोग्ने ?”
“इ, मेरो काखमा ।”
“होइन के भनिरहनु भएको छ ? यस्तो नानी पनि कसरी तपाईँको लोग्ने हुन्छ ?”
“यो त्यो दिनको यती हिमतालको जलको फल हो ।”
“कस्तो फल ?” म सोध्छु ।
“त्यो दिन म मेरा भेडाका पाठाहरू हराइरहेकाले हिउँले सधैं ढाकिरहने हिमरेखाभन्दा माथिको अग्लो स्थानमा पनि गएँ । त्यहा मैले यतीका पाइलाहरू देखेँ । ती पाइलाहरू पछ्याउदै जाँदा एउटा हिमतालमा पुगेँ । थाकेको र प्यास पनि लागेकोले त्यसको पानी खाएँ । पानी खानासाथ म ६० वर्षकी बूढी १७ वर्षकी तरुनी भएछु । त्यही तालको सङ्गलो पानीमा आफ्नो रूप हेरेर दङ्ग पर्दै म घर फर्किएँ । घरमा मेरो लोग्नेले मलाई चिनेनन् । मैले सबै कुरा बताए पछि उनी पनि त्यहा जाने भए । भोलिपल्ट बिहानै उनी त्यता गए । तीन दिनसम्म पनि उनी फर्केर नआएकोले खोज्दै म त्यही हिमताल पुगेँ । त्यहा मेरो लोग्ने त सानो नानी भएर किनारामा लडिरहेका थिए । उनलाई बोकेर म गाउँ फर्किएँ । गाउलेहरूले हामीलाई चिनेनन् । हाम्रो कुरा पनि पत्याएनन् र त्यहा बस्न दिएनन् । त्यसपछि आफ्नो लोग्नेलाई बोकेर म महिनौ हिडेर यहा आइपुगेकी छु । यहा जीविकोपार्जनको केही उपाय नहुँदा मागेर गुजारा चलाइ रहेका छौँ ।”
उसको कुरा सुनेर म ‘विश्वास गरुूँ कि न गरुूँ’को स्थितिमा पुगेर उनीहरूलाई हेरेको हेरेकै हुन्छु । अहा, साँच्चै त्यो हिमताल छ ? यौवन दिने हिमताल भए ...
लेखनकाल: २०६८।१०।२६ धरान
म हु एउटा नेपाली समाजमा बाँच्दछु
बिहानीको मिर्मिरेमा घामको न्यानो किरण
पसिनामा डुबाउछु परिश्रमी जीवन ।
कोइली गाउने हरियाली मयुर नाच्ने बन
हरियाली बसन्तमा रमाउने यो मन ।
झ्याउरे गाउदै धाउदछु सधैभरि बनपाखा
रमाइलो लाग्छ है हिउचुलीको काख ।
गाउको माया राख्दछु छाती भित्र मुटुमा
रगत अनि पसिनालार्इ भिजाउछु यै माटोमा ।
देशको खातिर आफुले बलिदान दिनु छ
आखिर जीवन अन्त्य पछि यै माटोमा मिल्नु छ ।
गणेश पुमा राई चिन्तन
रचनाकाल: २०५३ पौष ६ गते शनिबार
- अज्ञात ऋषि राई
आफ्नो ख्याल गर्नु, तारन्तार मोवाईलको
ईनबक्स भरिन्दै छन् ।
एउटा कठाङ्ग्रिएको हातले स्क्रिन टच गर्न पनि नमिल्ने
बिना रिप्लाई कसै–कसैलाई तड्पाएर ।
म आईरहेको छु, स्कर्टिङ्ग पर्खिएर ।
कसैका आफन्तहरु अस्पत्तालमा
अन्तिम घडीमा छन् ।
कसैको उडान छुट्नै लाग्या छ ।
कसैको लगन टुट्नै लाग्या छ ।
जीवनदेखि भौतारिएकाहरु पनि हतारमा छन् ।
व्यग्र प्रतिक्षामा क्षितिजतिर फर्किएर ।
म आईरहेको छु, स्कर्टिङ्ग पर्खिएर ।
अगाडी तारजाली, अनि प्ल्पाष्टिक
सिट बेल्ट होईन, हेलमेट लगाएर
कतिखेर भाग्नु पर्ने बाटो हेरिरहेको
ड्राईभरलाई के भन्नु छ र ।
आपैmले कतिबेला छतबाट हाम फाल्नु पर्ने हो ।
स्ट्याण्ड पोजिसनमा रेडी भएर ।
म आईरहेको छु, स्कर्टिङ्ग पर्खिएर ।
अगाडी परसम्म, थुप्रै यात्रुबाहक
अनि केही मालबाहक,
सवारीसाधनका पिलपिल बत्तीहरु
त्यस्तै पछाडी पनि अनगिन्ति छन् ।
बाक्लो हुस्सु अनि चिसो रातमा
धुमिल छाँया मात्र देखिन्छन् ।
केही रातो साईरन भएका निलो गाडीहरु
अगाडी पछाडी राखेर ।
त्यहि वीचको छतामा चिसो डण्डी समाएर ।
म आईरहेको छु, स्कर्टिङ्ग पर्खिएर ।।
१६ मंसीर, बुधबार २०७२
कटारी– ६, च्याँगा, उदयपुर ।
२०७२ मंसिर ६ । गायिका जानुका राईको पहिलो गीति एलबम तथा भिडियो ‘थिबिया’ सार्वजनिक भएको छ । सभामुख ओनसरी घर्ती मगरले शनिबार राजधानीमा सुम्निमा कल्चर एकेडेमीद्वारा आयोजित समारोहमा सार्वजनिक गरेकी हुन् । एलबममा किराती मिथक तथा मुन्धुम कथामा आधारित चारवटा गीत रहेका छन् ।
‘ए थिबिया,’ ‘ओ तोरेम्पा’, ‘हेच्छाकुप्पा’ र ‘तान धागो तुनेर’ बोलका गीत रहेका छन् । कपिल राईद्वारा निर्माण गरिएको उक्त एलबममा समेटिएका गीतको रचना क्रमश: खुक्सङ खम्बु, टीका चाम्लिङ, भूपाल राई र बीरेन्द्र राईको रचना रहेका छन् । त्यसैगरी मनोज साङ्सोन, शान्तिराम राई, जितेन राई र सरेश अधिकारीले संगीत दिएका छन् भने भिडियो निर्देशन रोशन राई, जनक राई, भुपेन्द्र पुमा राईको रहेको छ । पूर्वको विभिन्न किराती थलोमा छायाङ्कन गरिएको भिडियो नायिका पशुपति राई, प्रविण पुमालगायतले अभिनय गरेका छन् ।
आदिम मानव उत्पत्ति, सभ्यता र विकासको क्रमलाई गीतमा उनिएको छ । मुन्धुममा सिकारी युगका किरातीहरु बँदेल र चराचुरुङ्गीको सिकार खेल्दै जीवन गुजारेको कथालाई अभिनयसहित प्रस्तुत गरिएको छ ।‘किराती जातिको लोपोन्मुख मुन्धुमी लोकलय र मिथकीय मान्यता, कला परम्परालाई जगेर्ना गर्ने प्रयास गरिएको छ,’ एकेडेमीका अध्यक्ष डीबी सरोज राईले भने, ‘पहिचानको जगेर्ना गर्न यो एलबमले सहयोग पुग्ने विश्वास गरेका छौं ।’ धामीझाक्री परम्परासमेत गीत संगीत तथा भिडियोमा समेटिएको छ ।
सभामुख मगरले विगतमा राज्यले विधितापूर्ण संस्कृति परम्परालाई आत्मसाथ गर्न नसकेको र अब नयाँ संघीय संविधानले सबै जातजाति, भाषाभाषीका संस्कृति परम्परालाई विभेदरहित ढंगले स्वामित्व ग्रहण गर्ने बताइन् । ‘नयाँ संविधान जारी भएसँगै नयाँ अध्याय सुरु भएको छ,’ उनले भनिन्, ‘हामी नेपाली बीचको एकता कायम गर्दै विकासको अभियानमा अघि बढ्नु छ । हाम्रा कला, संस्कृतिलाई राष्ट्रले पूँजीका रुपमा बचाइ राख्ने छ ।’
त्यसैगरी सूचना, तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नयाँ संविधानले जाति, भाषा, संस्कृति, भुगोललाई एकताको जगमा समेटेको उल्लेख गरे । ‘नेपाल स्वतन्त्र राष्ट्र र राष्ट्रिय एकता कायम गर्दै नयाँ सविधान जारी गरेका छौं,’ नयाँ संविधान संशोधनीय भएको उल्लेख गर्दै उनले भने, ‘अब कार्यान्वयनको पक्षमा हामी सबै एकजुट हुनुपर्छ । त्यसनिम्ति कलाकर्मीहरुको सहभागिता महत्वपूर्ण हुनेछ ।’ आयोजक संस्थाका सचिव तथा निर्देशक जनक राई किरात राई जातिको सांगीतिक पक्षबारेमा चर्चा गरेका थिए ।
सौजन्य: इकान्तिपुर ।
२०७२ मंसिर ५ । विदेश गएर कमाएको पैसाले आफ्नी दिदीलाई गायिका बनाउने धोको पालेका थिए खुशिराम राईले । संगीतमा सानैदेखि रुचि देखाएकी दिदीलाई गायिका बनाउने सपना बोकेर विदेशिए खुशिरामको दुर्भाग्यवस उतै मृत्यु भयो ।
आफ्ना प्रिय भाइको विदेशमै मृत्यु भएपछि गायिका सुनिता राईले उनै भाइ खुशिरामको नाममा ‘फूल खेलाउने’ भएकी छन् । त्यही पीडामा छटपटाएर उनले गीत गाउन थालिन् र तयार भयो ‘समर्पण’ । यही समर्पण गीति एल्वमकी गायिका सुनिताले भाइको नाममा ठूली एकादशीको अवसर पारेर फुल खेलाइदिन लागेकी छन् ।
खोटाङ जिल्लाको माक्पा ३ बेप्लामा जन्मिएकी सुनिताको सपना पूरा भएको भाइले देख्न नपाए उनले भने भाइको सपना पूरा गरेकी छन् । तिहारपछि आउने ठूली एकादशीमा मारुनी नचाएर सायपत्री, मखमलीलगायत फूलको माला उनको नाममा समर्पण गर्न लागेको बताएकी छन् । त्यस्तै उनको गीति एल्बम ‘समर्पण’ पनि भाइलाई नै समर्पित गरेकी छन् ।
उनले यसपालीको तिहारमा भाइलाई सम्झेर आफूले धेरैबेर रोएर बिताएको सुनाउँदै उनले भनिन्, ‘मेरो भाइ जीवितै भएको भए सायद म कहिल्यै रुँदिन थिएँ होला ।’
उनले आफ्नो फेसबुक वालमा पनि भाइटीकाको दिन निकै भावुक स्टाटससमेत लेखेकी थिइन् । उनले आफ्नो भाइलाई सम्झेर लेखेकी छन्, ‘भाइ ! आज भाइटीकाको दिन तिमीलाई धेरै मिस् गरिरहेको छु । बारीभरि सायपत्री र मखमली फूलहरुले मलाई हेरिरहेका छन् । म एकनास आँखाबाट आँशुको भेल बगाएर सम्झिरहेकी छु ।’
उनले थप लेख्छिन्, ‘तिमीलाई अब यसपालि ठूलो एकादशीमा फूलैफूलले सजाउने छु । मन नदुखाऊ है । मलाई थाहा छ, तिम्रो आत्मा मेरै वरिपरि घुमिरहेको छ । चेलीको आँशु देखेर सायद तिमी पनि रोइरहेका छौ होला । दिदीलाई गायिका बनाउँछु भनेर परदेश गएका थियौ, तर फर्किदा बाकसमा आयौ । तर तिम्रो सपना पूरा गर्न आज मैले एल्बम निकालेको छु तिमीलाई नै समर्पण गरेर ।’
अन्त्यमा उनले भनेकी छन्, ‘भाइ खुशीमान ! तिम्रो आत्मा त अमर छ नि हगि ! तिमी मरेको छैनौ । आई मिस् यू भाइ ।’
उनको पाँचवटा गीतको संग्रह रहेको एल्बमको काग तीहारको दिन रावासावा प्राज्ञिक समाजको देउसी भैलो कार्यक्रममा विमोचन भएको थियो । उनको उक्त गीति एल्बममा रहेको सबै गीतमा प्राज्ञ तथा वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत भरेका छन् । यस्तै गीत लेखनमा सुनिताको भदै गीतकारहरुमा इन्द्र राई, प्रेम राई, बुद्वबीर लामा र टंक भट्टराई रहेका छन् ।
तिहारसँगै गरिएको विमोचन कार्यक्रममा गायिका सुनिता राईले समपर्ण गीति एल्बमका गीतहरु प्रस्तुत गरेकी छन् । त्यसैगरी रावासावा प्राज्ञिक समाजले आयोजना गरेको देउसी भैलो साँगीतिक साँझमा गायीका पार्वती राई, समला राई, बेनुका राई, नम्रता राई, बबिता राई अनुमा, रुपकुमार राई, सन्तोष दुमी, कन्काइस्ट राई, सागरसंसार राई, भरत मगर, शान्तिराम राईलगायतले बेजोड सांस्कृतिक प्रस्तुति दिएका थिए ।
- माक्पाली कान्छा
- गणेश पुमा चिन्तन
माईती: भाइटिका देउ हामीलाई खुसीको भाव बैनीलाई
चेली: दाजुको हासो लिएर वैनीको मान आजलाई
सायपत्री फूल फुलेर जीवन मिल्ने हामीलाई
बैनीको जीवन सुनौलो सबैको हासो जगाई
चेली. मुस्कान पाए दाजुको जीवन मिठो बन्नेछ
भोलिको लागि बैनीको जीवन फूल बन्नेछ
माइती: लेकले राख्यौ सिरैमा हिमाल बोल्यो भिरैमा
मुस्कान हामी दाजुको बैनीको राम्रो सिरैमा
चेली: फूलको माला दाजुलाई
माइती: भाइटिका देउ हामीलाई
रचनाकाल: २०५६ भदौ ११ ।
- किशोर पुमा राई 'संकल्प भावुक'
चोट मात्र देख्छु सँधै हतियारलाई देख्दिनखुसी देख्छु सानो संसार ठूलोलाई देख्दिन ।
चलाउछु कलम सँधै मजदुरको पक्षमा
शोसक र सामन्तीको पक्षमा लेख लेख्दिन ।
धेरै भए ठगिखाने कति लेख्नु कथा
लेख्दा लेख्दै थकाइ लागे बिसाउछु एकछिन ।
बाध्यताले प्रदेशमा रहरले होइन
श्रम मात्र बेच्छु म नेपालीपन बेच्दिन ।
दिप्लुङ–४, पुमा चोक, खोटाङ
हाल, मलेसिया ।
२०७२ असोज १८ । गायिका बबिना राईद्धारा गाईएको पहिलो गीति एल्बम “अनुमा” को हालै राजधानीमा एक समारोह बीच सार्वजनिक गरिएको छ । एल्बमको बरिष्ठ गायक आनन्द कार्की, प्राज्ञ शान्तिराम राई लगायतले बिमोचन गरेका हुन् ।
खोटाङ जिल्लामा जन्मिएकी गायिका बबिता राईले कलानिधि सङ्गीत विद्यालयमा एघार बर्ष लामो सङ्गीत प्रशिक्षण पछि एल्बम “अनुमा” सार्वजनिक गरेकी हुन् । एल्बम सार्वजनिक पछि उनले आफ्नो एल्बम निकाल्ने सपना पुरा भएको बताएकी छिन् । एल्बमको सार्वजनिक समारोहमा उनले एल्बममा समेटीएको ६ वटा गीत नै गाएर सुनाईन् । एल्बमका एक गीतको म्युजिक भिडीयो समेत सो अवसरमा सार्वजनिक गरियो ।
एल्बम “अनुमा” मा गणेश गुरुङ, बिनय लामा, डिबि लामा, उमेश खड्का, रामचन्द्र अन्जानको सङ्गीत रहेको छ भने अमर रसाईली, इश्वर चाम्लिङ, बिनय लामा, उमेश खड्का, डिबि लामाको शब्द रचना रहेको छ । भाइब्स क्रियशनले बजार व्यवस्था गरेको “अनुमा” एल्बमबाट आफु सन्तुष्ट रहेको तर भविष्यमा अझ ससक्त ढंगले सङ्गीतमा लाग्ने गायिका बबिनाले बताएकी छिन् ।
स्रोत: शान्तिराम राई ।
खोटाङ जिल्लामा जन्मिएकी गायिका बबिता राईले कलानिधि सङ्गीत विद्यालयमा एघार बर्ष लामो सङ्गीत प्रशिक्षण पछि एल्बम “अनुमा” सार्वजनिक गरेकी हुन् । एल्बम सार्वजनिक पछि उनले आफ्नो एल्बम निकाल्ने सपना पुरा भएको बताएकी छिन् । एल्बमको सार्वजनिक समारोहमा उनले एल्बममा समेटीएको ६ वटा गीत नै गाएर सुनाईन् । एल्बमका एक गीतको म्युजिक भिडीयो समेत सो अवसरमा सार्वजनिक गरियो ।
एल्बम “अनुमा” मा गणेश गुरुङ, बिनय लामा, डिबि लामा, उमेश खड्का, रामचन्द्र अन्जानको सङ्गीत रहेको छ भने अमर रसाईली, इश्वर चाम्लिङ, बिनय लामा, उमेश खड्का, डिबि लामाको शब्द रचना रहेको छ । भाइब्स क्रियशनले बजार व्यवस्था गरेको “अनुमा” एल्बमबाट आफु सन्तुष्ट रहेको तर भविष्यमा अझ ससक्त ढंगले सङ्गीतमा लाग्ने गायिका बबिनाले बताएकी छिन् ।
स्रोत: शान्तिराम राई ।
२०७२ असोज १७ । गायिका मिना पुमाको पहिलो भिडिओ एल्बम 'स्कुले जीवन' एक कार्यक्रमका बीच सार्बजानिक भएको छ। एल्वममा ६ वटा गीत समेटिएका छन् ।
कलाकार सवन्मय समितिका अध्यक्ष अर्जुन दुमीकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख आतिथ्य वरिष्ठ गीतकार तथा संगीतकार भूपाल राईले गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिहरुमा सुबास पुमा, टिका चाम्लिङ र सुमन राईद्वारा एल्बम विमोचन गरिएको हो ।
मिना पुमाको भिडिओ एल्वम स्कूले जीवनका बारेमा उपस्थित कलाकारहरुले अा–अाफ्नो धारणा व्यक्त गरेका थिए । मन्तब्यकै क्रममा गायिका पुमाले आफ्नो यस कार्यका लागि अाफ्ना संगीतगुरु लगायत सम्पूर्ण सहयोगीहरुसँग कृतज्ञ रहेकाे भन्दै धन्यवाद व्यक्त गर्नुभयो । कलाकारहरुकाे बाक्लो उपस्थितिमा साहास राईद्वारा सँचालित यस कार्यक्रमलाई कार्यक्रमका अध्यक्ष अर्जुन दुमीले आफ्नो मन्तब्य सहित समापन गर्नुभएको थियो।
![]() |
| फोटो: मिना पुमाको फेसबुक । भिडियो: स्कूले जीवन |
२०७२ असोज १४ । यस बौद्धिक समाज नेपालटारले यसै सुन्दर नगरी नेपालटारमा विभिन्न पर्वको अवसर पारेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको जानकारी सबैमा अवगत नै छ । यसर्थ विगत वर्षहरुमा झैँ यस पटक पनि यी महान पर्वहरुमा सबैलाई कुनै न कुनै माध्यामबाट भएपनि रमाइलो होस्भन्ने उद्देश्यले “बृहत् खुल्ला कविता बाचन प्रतियोगिता” को आयोजना गरिएको जानकारी गराउन चाहन्छौं । साथै उक्त कार्यक्रममा प्रतियोगी÷दर्शक को रुपमा सहभागी भई कार्यक्रमको सोभा बढाइदिनहुन हार्दिक निवेदन गर्दछौं ।
- गणेश पुमा राई चिन्तन ।
एक बल्ढ्याङ्मै सागर पुगिने भए
म त कति पटक आकाश चुमिसक्थें
अनि कति कति पटक सागर पुगिसक्थें
तर उन्नति त्यति सजिलो रैनछ
आकाश चुम्न अनि सागर पुग्न
सयौं प्रयास गर्नु पर्ने रहेछ
कैयौं प्रयास असफल हुँदा
पुर्पुरोमा हात राखेर
रुदै बस्न मन लाग्दा पनि
दाम्लोमा ‘सचवारी’ बाँध्ने रहर बढ्दा पनि
मनले मनलाई बाँध्नुपर्ने
कति कठोर प्रहरसँग जित्नु पर्ने रहेछ
अनि पो, अविरल, निरन्तर प्रयासले
पारुहाङ पनि खुसी हुँदाहुन्,
र एक दिन
अनन्त प्रयासको मीठो फल
रंग, रस, श्रृंगार सबै मिसाएर
अँजुलीभरि उनै सृष्टिकर्ताले
पस्काइ दिदा रहेछन्
अनि,
यो पलको अनुभूतिमा लाग्छ
संसार सुन्दर छ, अनि रमाइलो छ
बाँच्नु पर्छ धेरै धेरै बर्ष
र लाग्छ
दुःखीको पनि दुःख भाग्छ
अबिरल, निरन्तर मेहनतले
अनि सुखीको पनि सुख भाग्छ
अल्छी, हेलचेक्याई र घमण्डले
त्यसैले हजुर
तपाईं अगाडि बढ्नुस् सुमार्गमा निरन्तर
हजारौं छन् तपाईलाई साथ दिने
साथमा म पनि त छु ज्युदै
हरपल हरक्षण साथ दिने ।।
रचनाकालः २०६९ फागुन
- चन्द्री माेक्तान, जोहोर मलेसिया ।
अाइतवार २७ सेप्टेम्वर २०१५ का दिन मलेसियाकाे जाेहाेर राज्यकाे जाेहाेर जेवि सेन्टरहलमा प्रवासी नयन साहित्य समाज जाेहाेरका अध्यक्ष राज अाङदेङ्वे सहयात्री र पहिचानवादी साहित्यकार ईन्द्र नारथुङेद्वयले बृहत साहित्यिक सम्मान समाराेहका वीच कृतिकाे लाेकार्पण गर्नुभएकाे थियाे ।
हम्वे राईकाे प्रकाशन रहेकाे ९६ पृष्ठकाे माटाेकाे मुन्धुम गजल कृतिमा जम्मा ८६ वटा गजलहरु समावेश रहेका छन् । कृतिकाे लाेकार्पण पछि गजल कृतिको समीक्षा गर्दै साहित्यकार तथा प्रवासी कलम मलेसियाका वर्तमान अध्यक्ष प्रकाश "पुष्पक" राई पुमाले बाेल्नु भएकाे थियाे ।
विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दिजिवी, व्यापारी, व्यावसायी, पत्रकार लगायत उपस्थित साहित्यकारहरुले शुभकामना मन्तव्य दिएका थिए । वैदेशिक राेजगारकाे शिलसिलामा मलेसियामा कार्यरत भएता पनि नेपाली भाषा साहित्य क्षेत्रमा समर्पित भई निरन्तर साधना गरेर साहित्यमा अतुलनीय याेगदान पुर्याए वापत क्रमश सोमनाथ सुवेदी, देव "बिरही", कपिल आचार्य "माैशम", रिना बम्जन तामाङ, दिल "दु:खी" जन्तरे, दिलिप "सगर" राई, राजेस शर्मा "विरही", चतुरमान राई, जीवन देवान "गाउँले", जितमान राई "सबिन", प्रकाश "पुष्पक" राई पुमा, भिम "स्नेही" लिम्बू, बजिन लिम्बू, थलिन्द्रबहादुर भुजेल "उदय", रतनराज पुन मगर र थाकुहाङ् मेरिङ सम्बाहाम्फे गरि जम्मा १७ जना स्रष्टाहरुलाई प्रवासी नयन साहित्य समाज जाेहाेरले उच्च कदर गर्दै कार्यक्रमका प्रमुखअतिथि ईन्द्र नारथुङेकाे बाहुलीबाट सम्मान पत्र सहित् कदर गरिएकाे थियाे ।
कार्यक्रमकाे अन्त्यमा गजलकार सन्ताेष मावुहाङ्काे गजल कृति 'माटाेकाे मुन्धुम' विमाेचन तथा स्रष्टा सम्मान कार्यक्रम गर्नकालागि निस्वार्थ भावले अतुलनीय आर्थिक सहयाेग गर्नुभएकाेमा उच्च कदर गर्दै सगुन सांस्कृतिक मञ्च जाेहाेर मलेसियाका अध्यक्ष मानवीर राई, जाेहाेर क्षेत्रका व्यापारी तथा सफल ब्यावासायी कविन्द्र कुलुङ राई नेपाल अादिवासी जनजाति महासंघ क्षेत्रीय जाेहाेर मलेसियाका अध्यक्ष भिम तामाङ, नयन मञ्जरी नेपाली पत्रिका लगायत अनिरूद्र थारू, चतुरमान राई, दिप गुरूङ, सानु गुरुङ र तुलसी दिप थापालाई कार्यक्रमका सभापति राज अाङदेम्वे सहयात्रीले धन्यवाद पत्र प्रदान गर्नु भएकाे थियाे ।
प्रवासी नयन साहित्य समाज जाेहाेरकाे अायाेजनामा रहेकाे यस विमाेचन तथा स्रष्टा सम्मान कार्यक्रम रवि अाश्रय लिम्वूले संचालन गरेका थिए भने गंगा चाम्लिङ्काे शुभकामना मन्त्वयबाट पहिचानवादी साहित्यकार ईन्द्र नारथुङेकाे प्रमुख अतिथ्य तथा प्रवासी नयन साहित्य समाज जाेहाेरका अध्यक्ष राज अाङदेम्वे सहयात्रीकाे सभापतित्वमा समापन गरिएकाे थियाे ।
- गणेश पुमा राई चिन्तन । रचनाकाल: २०६९।०६।०२
जुन खुलेको आकाशमा सबको अधर खुल्छ अरे ।त्यै फुलेको डाडाकाडा कालो बादल छोप्छ भने
जुन खुलेको आकाशमा अन्धकारले छोप्छ भने
खोइ कसले नजर लाउने कालो बादल छोप्ने डाँडा
खोइ कसको अधर खुल्ने अँध्यारोले छोप्ने बेला ।
फोहर बन्छ मान्छेबाट मान्छेलाई नै हानी गर्छ
उजाड जंगल मान्छेबाट मान्छेलाई नै नोक्सान गर्छ
फोहर बढे रोग बढ्छ जताततै सफा राखौं
उजाड बने डाडाकाडा आयु घट्छ जानी राखौं ।
त्यसैले त सबैतिर सफा, सुन्दर, स्वच्छ राखौं
मानववस्ती डाडाकाडा सबैतिर रूख रोपौं
पर्यावरण बचाई राखौं मान्छे सबै स्वस्थ बन्छ
हिमालको हिउँ जस्तै हाम्रो जीवन सङ्लो बन्छ ।
हिउँ फुलेको डाँडाकाडा सबको नजर लाग्छ अरे
जुन खुलेको आकाशमा सबको अधर खुल्छ अरे ।





















