अब किरात फन्टको दुख हट्यो ।
जन्मथलो पाँचथर भई हाल विराटनगर राजवंशी चौंक निवासी क्याप्टेन जीवनध्वज राईद्वारा डिजाइन गरिएका किरात लिपिका विभिन्न प्रकारहरु प्रयोग गरी फाइदा उठाऔं । उहाँले नेपाली र अंग्रेजी लिपिका विभिन्न प्रकारका फन्टहरु पनि डिजाइन गरिसक्नु भएको छ । यद्यपि तिनलाई भने वहाँले सार्वजनिक गर्नु भएको छैन । तर किरात लिपि भने वहाँ विशेषगरी सन्तोष कुमार राई राम लावती र गणेश पुमा चिन्तनको अनुरोधमा बनाइदिनु भएको छ ।
पहिलै देखि प्रयोग गर्दै आएका फन्टहरु सिरिजंगा श्रीजंगा याक्थुङ आदि भन्दा विशेष डिजाइनको फन्ट हो यो । जसको फन्ट नाम उहाँले जेडीआर जेभाले दिनु भएको छ । यस फन्टमा लोप हुन लागेका किरात अक्षरहरुका साथै लिम्बू भाषामा प्रयोग नहुने तर राईहरुका विभिन्न भाषामा प्रयोग हुने अक्षरहरु जस्तै झ जस्ता अक्षरहरु पनि समावेश छन् । यसका अलावा किरात लिपिकै विभिन्न प्रकारहरु डिजाइनहरु उहाँले अथक प्रयास र मिहिनेत लगाएर बनाइरहनु भएको छ ।
ती फन्टहरु प्रयोग गर्नको लागि निम्न ठेगानामा इमेल गर्नुहोला ।
ganeshchintan@yahoo.com
pumacomputersbrt@gmail.com
प्रकाशित मिति:
Tuesday, August 02, 2011
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।