ठगिएका एक युवाले क्षतिपूर्ति लिए

मंसिर–२८,  बैदेसिक रोजगारीको सिलसिलामा ठगीमा परेका खोटाङका एक युवाले एजेण्टबाट क्षतिपूर्ति लिएका छन् । सम्झौता विपरितको काममा लगाइएको र तलब नदिइएपछि ओमनबाट स्वदेश फर्किएका रतन्छा–६ का २५ वर्षीय प्रकाश राईले एजेण्टबाट ८० हजार क्षतिपूर्ति लिएका हुन् । 

तोकिए बिपरित ट्रली ब्वाईका काममा लगाइएका र तलब नपाएका राईले पिपुल फोरमको कानूनी सहयोगमा क्षतिपूर्ति पाएको बताएका छन् ।ओमन पुगेको तीन महिना नबित्दै नेपाल फर्किएका राईले एजेन्ट साईत राईबाट क्षतिपूर्ति पाएको सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्रले जनाएको छ ।
मासिक १ सय १० रियल तलबमा वेटरको कामका लागि ओमन गएका राईलाई ट्रली ब्वाईका काममा लगाएको र तलब नदिएपछि स्वदेश फिर्ता ल्याउन तथा क्षतिपूर्तिका लागि पिपुल्स फोरमको कानूनी सहायतामा मेनपावर र एजेण्ट विरुद्ध मुद्दा लगाइएको थियो । राई असार–१६ गते केबी इन्टरनेशनल मेनपावर मार्फत ओमन पुगेका थिए । 

एजेण्टलाई १ लाख १५ हजार बुझाएका राईले लिएको भर्पाईका आधारमा क्षतीपूर्तीका लागि मुद्दा हालिएको थियो । 

प्रकाशित मिति: Friday, December 13, 2013

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।