मूल्यवृद्दिको प्रतिकुल असर

सामान्यतयाः बैंकमा पैसा राख्दा बढ्नु पर्ने हो । तर, निक्षेपको व्याजदर र मुल्यवृद्धि दरबीचको चुलिदो अन्तरका कारण तपाईले बैंकमा राखेको पैसा खिईदै गएको छ । तपाईले २०७० बैशाखमा बैंकमा एक लाख रुपैयाँ निक्षेप राख्नुभएको थियो भने अहिले सो रकमको ‘रियल मनी भ्यालू’ घटेर ९४ हजार ९० रुपैयाँ भएको छ । तपाईको खातामा रकम बढेर एक लाख ४ हजार ३ सय रुपैयाँ भएको देखिए पनि मुल्यवृद्धिका कारण त्यसको ‘रियल मनी भ्यालू’ पाँच हजार १० रुपैयाँले घटेको हो ।

तर, बैशाख महिनामा तपाईको खर्च एक लाख रुपैयाँ हुन्थ्यो भने अहिले एक लाख ९ हजार ४० रुपैयाँ खर्च हुन्छ । बैंकहरुले निक्षेपमा दिने व्याजदर आम्दानी हो र मुल्यवृद्धि खर्च । बैंकले दिने व्याजदरभन्दा मुल्यवृद्धि ५.१ प्रतिशतले बढी भएकाले एक वर्षको अवधिमा तपाईले बैंकमा जम्ममा गरेको रकम पाँच प्रतिशतले खिइएको हो । 
तर, तपाईलाई यो अर्थशास्त्रीय सिद्धान्तको जानकारी नभएर बैंकमा राखेको रकम खिइएको पत्तो नभएको भने हुन सक्छ ।

निक्षेपको व्याजदर र मुल्यवृद्धि दर यही विन्दुमा अघि बढ्यो भने आगामी २० वर्षमा तपाईले अहिले राखेको एक लाख रुपैयाँ खिइएर समाप्त हुने छ । यसको मतलब अहिले एक हजार रुपैयाँमा आउने वस्तु १८ वर्षपछि अहिले बैंकमा जम्मा गरेको एक लाख रुपैयाँ र त्यसबाट आउने व्याज जोेडेर किन्छु भन्नुभयो भने पनि आउँदैन ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७० बैशाखमा मुल्यवृद्धि ८.७ प्रतिशत र निक्षेपको व्याजदर ५.३६ प्रतिशत थियो । ०७० को चैतमा मुल्यवृद्धि बढेर ९.४ प्रतिशत पुगेको छ तर, निक्षेपको व्याजदर घटेर ४.३० प्रतिशतमा झरेको छ । बैशखमा ३.३४ प्रतिशत रहेको मुल्यवृद्धि र व्याजदरबीचको अन्तर चैतमा बढेर ५.१ प्रतिशत पुगेको छ । यो वर्ष सरकारले मुल्यवृद्धि दर ८ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ ।

आम्दानीभन्दा खर्च बढी भयो भने ऋण थपिदै जान्छ, परिणम त करोडपतिबाट रोडपति भइन्छ । मूल्यवृद्धि र व्याजदरबीच सन्तुलन कायम गर्न नसके बैंकमा निक्षेप राख्नेहरु दिनानुदिन गरिब बन्दै जानेछन् ।

२०७० सालमा निक्षेपको ब्याजदर र मूल्यवृद्धिको अबस्था( प्रतिशतमा)
महिनाबैशाखजेठअसारसाउनभदौअसोजकात्तिकमंसिरपुसमाघफागुनचैत
व्याजदर५.३६५.२०५.२५५.१३५.०१४.८९४.८६४.७५४.६८४.६१४.४५४.३०
मुल्यवृद्धि८.७९.९९.९७.९९.४१०.००१०.००१०.३९.७१०.११०.२९.४

प्रकाशित मिति: Tuesday, June 03, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।