दिक्तेल नगरपालिका कार्यालयको औपचारिक उद्घाटन

जेठ–२७, खोटाङको दिक्तेल नगरपालिकाको कार्यालय उद्घाटन गरिएको छ । गत जेठ–११ गतेदेखि आफ्नो दैनिक कामकाज थालेको नगरपालिकाको सोमबार औपचारिक रुपमै कार्यालय उद्घाटन गरिएको हो ।

दिक्तेल गाविसको कार्यालय सञ्चालन हुँदै आएको भवनमा राष्ट्रिय झण्डोत्तोलन गर्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले नगरपालिकाको कार्यालय उद्घाटन गर्नुभएको हो ।

कार्यकारी अधिकृत दिपक दाहाल आएपछि यसअघि दिक्तेल गाविसको कार्यालय सञ्चालन हुँदै आएको कार्यालयबाट नगरपालिकाको कामकाज थालिएको थियो । 

दिक्तेल, लफ्याङ, खाल्ले र बाम्राङ गाविस समेटिएको नगरपालिकाले १९ किसिमका सेवा प्रदान गर्ने जानकारी दिएको छ । सरकारले गत बैशाख–२५ गते घोषणा गरेको दिक्तेल नगरपालिकाभित्र चार गाविस गाभिएपछि खोटाङको गाविस संख्या ७२ मा झरेको छ । 

साभार: हाम्रोखोटाङ डटकम ।

प्रकाशित मिति: Tuesday, June 10, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।