प्रहरी जवानमाथि हातपात गर्ने तीन युवा पक्राउ

जेठ–२३, खोटाङमा प्रहरी जवानमाथि हातपात गर्ने तीन युवा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर प्रहरी चौकी धितुङका प्रहरी जवानलाई हातपात गर्ने धितुङ–३ का लोकेन्द्र राई, लकेश राई र धितुङ–७ का नाजेन्द्र राई पक्राउ परेका हुन् ।

हातपातमा संलग्न युवालाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी चौकी नजिक रहेको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवालाई सम्झाउनेक्रममा प्रहरी जवानमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेशकुमार देवले बताउनुभयो । 

प्रहरी चौकीमा एक्लो बसिरहेको बेलामा प्रहरी जवानमाथि बुधबार हातपात भएको प्रहरीले जनाएको छ । हवल्दारको नेतृत्वमा रहेका प्रहरी चौकीका अन्य प्रहरीहरु गाडीमा आगजनी गरेर फरार रहेका धितुङका रामकाजी राईलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पु¥याउनका लागि सदरमुकाम गएको समयमा एक्लो प्रहरी जवानमाथि आक्रमण भएको प्रहरी निरिक्षक देवको भनाइ छ । 

हातपातमा परेका प्रहरी जवानको नाम भने प्रहरीले खुलाएको छैन । पक्राउ परेका युवाबिरुद्ध सार्वजनिक मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

साभार: हाम्रो खोटाङ्ग डटकम
                                      

प्रकाशित मिति: Friday, June 06, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।