कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन

जेष्ठ–२६, क्षेत्रीय समिति खारेजीको माग गर्दै नेपाली कांग्रेस खोटाङका युवा नेता भूपेन्द्र राईले आमरण अनसन सुरु गरेका छन् । पार्टीको विधान विपरित खोटाङ क्षेत्र नम्बर–२ को क्षेत्रीय समिति गठन गरेको आरोप लगाउँदै उक्त समिति तत्काल खारेजीको माग सहित नेता राईले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन थालेका हुन् । 

केन्द्रीय कार्यालयमा गत जेठ–१६ गतेदेखि रिले अनसन थालेको नौं दिनसम्ममा पनि आफ्नो माग सुनुवाई नभएपछि आमरण अनसन थालेको नेता राईको भनाइ छ । कांग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले विद्यान विपरित तीर्थराज भट्टराईको नेतृत्वमा क्षेत्रीय समिति गठन गरेको भन्दै राई सहितका दर्जनौं नेताहरु असन्तुष्ट बनेका छन् । उनीहरुले पार्टीको विधि र विद्यान विपरित काम गरेको भन्दै जिल्ला सभापति राईको बर्खास्तीको माग समेत राखेका छन् । 

जिल्ला सभापति राईले भने संविधानसभाको निर्वाचनमा अन्तरघात गरेपछि पार्टीको कारबाहीमा परेका व्यक्तिहरुको ‘डिजाइन’मा उनीहरुले असन्तुष्टी पोख्न थालेको बताउनुभयो । संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका बिरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा क्षेत्र नम्बर–२ का तत्कालिन सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित भएपछि रिक्त रहेको पदमा विधि र विद्यान बिपरित पदाधिकारी चयन गरिएको कांग्रेस महासमिति सदस्य महेन्द्र कटवालको आरोप छ । 

साभारस् हाम्रो खोटाङ डटकम

प्रकाशित मिति: Monday, June 09, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

1 comments

Khai k Khai k

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।