प्रकाश पुष्पकको ‘घाटी रेटिंदैछ’ तेस्रो संस्करणमा

प्रदिप राई, क्वालालम्पूर मलेसिया । साहित्यकार तथा पत्रकार प्रकाश ‘पुष्पक’ राई (पुमा) को हाइकु सङ्ग्रह ‘घाटी रेटिंदैछ’ तेस्रो संस्करणको प्रकाशन तयारी अन्तिम चरणमा पुगेको छ ।

विगत ११ वर्षदेखि पत्रकारिता र साहित्यमा कलम चलाउदै आएका पुमाको यो कृति पहिलो पटक बि.स. २०६३ साल भाद्रमा प्रकाशन गरिएको थियो । मञ्जरी प्रकाशन नेपालका अध्यक्ष तथा नयन मञ्जरी नेपाली पत्रिकाका प्रधान सम्पादक रहेका राईको यो कृति नेपालको १० वर्षे जनयूद्धले देशमा पारेका असरहरु राजनैतिक, सांस्कृतिक, सामाजिक, साहित्यिक, धार्मिक, आर्थिक तथा मनोवैज्ञानिक प्रभावको चित्रण छर्लङ्ग पारेको पाइन्छ । पहिलो सँस्करण प्रकाशित भएको बेला यस कृतिमा कलाकार तथा गीतकार डम्वर बिकेलले भूमिका उल्लेख गर्नुभएको थियो ।

समाजमा रहेको कृयाकलापलाई नजिकबाट हेरिएको यो कृतिमा रुढीबादी, बिकृती र बिसंगतीको परम्परामाथि दरिलो प्रहार भएकोले दोस्रो संस्करण बि.स. २०६८ साल माघ महिनामा दोस्रो पटक ‘मञ्जरी प्रकाशन नेपाल’ को प्रकाशनमा दोस्रो संस्करणको प्रकाशन भएको थियो । यसै कृतिको सन्र्दभमा दोस्रो संस्करणमा गजलकार राजेश खतिवडा, नवकवि तथा नाटककार ठूलेदोभान अरुण कोइमी, पत्रकार गजेन्द्र टुहुरे, गीतकार तथा कलाकार डम्वर बिकेल र गजलकार स्व. अनिष्का राई कमलाले ‘घाटी रेटिंदैछ’ कृतिका बारेमा आ–आफ्नो केही तर्कहरु पनि राखेका थिए ।

लघु विधामा लेखिने यो हाइकु बिधा ‘घाटी रेटिंदैछ’ सङ्ग्रहमा जम्मा ६० वटा हाइकुहरु समावेश छन् । पुमा राई हाल रोजगारको शिलसिलामा मलेसियाको राजधानी क्वालालम्पूरमा कार्यरत छन् । राई रोजगारको शिलशिलामा भारत, सिङ्गापुर, हङ्कङ, थाईल्याण्ड, मौरिशस(अफ्रिका), देशहरुमा परदेशी जीवन बिताउदै अहिले मलेसिया पुगेका हुन् । खोटाङ् जिल्लाको देविस्थान–१ पैयाटार पायोङ्मा बि.स.२०४० सालमा जन्मिएका राईले श्री चिसापानी उच्च मा.वि. चिसापानी खोटाङ्बाट बि.स.२०५५ सालमा एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षा लिनको लागि त्यस समयमा शहर लाग्नुपर्ने बाध्यताले पाटन संयुक्त क्यामपस ललितपुर र धरान महेन्द्र बहुमुखी क्यामपस धरानबाट क्रमस बिए, आइएड, बिटिएचसम्मको अध्यान पुरा गरेर देशको विसम परिस्थितीको वावजुद अहिले बिदेशिनुपर्ने बाध्यता र बिडम्बना राई बताउँछन् । बि.स २०६२ साल चैत्रबाट उदयपुर गाइघाटदेखि प्रकाशित पूर्णपुष्टी राष्ट्रिय साप्ताहिक पत्रिकाबाट उदयपुरको बेल्टार क्षेत्रमा बसेर पत्रकारिता शुरु गरेको कथा बताउँछन् । पत्रकारितामा आवद्ध रहेर राईले अहिले दर्जनौ बढी नेपालबाट प्रकाशित नेपाली पत्रपत्रिका, रेडियो, एफएम तथा बेवसाइडहरुमा अन्तराष्ट्रिय सम्वाददाताको रुपमा काम गरेका छन् ।

यसपटक राईका ‘घाटी रेटिंदैछ’ हाइकु सङ्ग्रह तेस्रो संस्करणकाे प्रकाशन प्रवाशी कलम मलेसियको प्रकाशनमा प्रकाशित हुनलागेको प्रवाशी कलम समितिले जनाएको छ । प्रवाशी कलम मलेसियाले चाँडै प्रकाशन गर्न लागेको सामुहिक गजल सङ्ग्रह ‘सामुन्द्रिक छल्का’को तयारी तीब्र रहेको र यो प्रकाशन पश्चात तुरुन्त यो घाँटी रेटिदैछ प्रकाशन गरिने प्रवाशी कलम समितिले जनाएको छ ।


प्रकाशित मिति: Monday, June 23, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।