भूकम्प आउँदा टेबल वा खाटमूनि लुक्न लगाइने शिक्षा बिलकुल गलत (भिडियो सहित)

भूकम्प अाउँदा प्राय गरेर टेबल वा खाटमूनि लुक्न बालबालिकालाई शिक्षा दिइन्छ । तर २०७२ साल बैशाख १२ गते बारपाक केन्द्रविन्दू भई आएको भूकम्पले त्यसखाले दिइने शिक्षालाई शतप्रतिशत गलत सावित गरिदिएको छ । विदेशी परिवेशलाई ध्यान नदिई त्याहाँको सैद्धान्तिक शिक्षाको नक्कल गरेर नेपालमा प्रयोग गरिएकाले यसपटक भूकम्पमा परी मर्नेहरुको संख्या बढ्न गएको कुरा विज्ञहरु बताउँछन् । यहाँ भूकम्पको चालसम्बन्धी छोटो जानकारी प्रस्तुत गरिएको छ।

भूकम्प प्राय गरेर चार चरणमा जान्छ । पहिलो चरण– अगाडिपछाडि धकेल्ने (पीवेभ), दोस्रो चरण– तलमाथि पार्ने (एसवेभ), तेस्रो चरण–  (नचाउँने) एलवेभ, चौथो चरण– पृथ्वी घुमाए जस्तो (रेलेवेभ) । पहिलो र दोस्रो चरणभित्र सुरक्षित स्थानमा पुग्न सकिए ज्यानको जोखिम कम हुन्छ । तर हतारमा भाग्नु झन जोखिमपूर्ण हुनसक्छ । त्यसैले सचेत तरिकाले संयमित भई पहिलो र दोस्रो चरणको अन्तरालभित्र सुरक्षित स्थानमा पुग्ने कोशिष गर्नु उत्तम हुन्छ । २०७२ बैशाख १२ गते यी चारै चरणमा भूकम्प गएको थियो । यो भिडियो हेरेर अझ स्पष्ट हुनुहोस् ।




प्रकाशित मिति: Wednesday, December 30, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।