मलाई पुमा भाषा फरर्र बोल्न आउँछ –डा.शर्मा (भिडियो)

  • विजय थापा, वाशिंगटन डिसी 
२०७२ पुस ८ । भाषाबिज्ञ तथा भाषासम्बन्धी एक सम्मेलनको लागि क्यालिफोर्निया तथा अतिथि वक्ताको रुपमा डिसीमा सहभागी भै सक्नु भएका डा. नारायण प्रसाद शर्मा केहि समयदेखि अमेरिकाको भ्रमणमा हुनु हुन्छ ।

डा शर्मा हाल अमेरिकाको डिसी महानगर क्षेत्रको भ्रमणमा रहनु भएको समयमा वहासंग डिसी महानगरी क्षेत्रको भर्जिनियामा विजय थापाले लिनु भएको छोटो कुराकानी :


पर्वतको राम्जा गाउँमा जन्मिएका भाषा बिज्ञ, डा.नारायण प्रसाद शर्माले कुराकानी गर्ने क्रम बोटबिरुवाको लोप हुँदा पुरै पर्यावरण पद्धतिलाई असर पर्दछ, त्यसैगरी भाषाको लोप हुंदा अन्य भाषा, संस्कृति र संस्कारलाई पनि नकारात्मक असर पर्ने हुन्छ भन्नु भयो । कुराकानीको शिलशिलामा शर्माले नेपालमा १२३ भाषाहरु बोलिन्छन् भने सम्पूर्ण युरोपमा बोलिने भाषाका संख्या भन्दा नेपाल भित्र बोलिने भाषाको संख्या ज्यादा रहेको बताउनु भयो ।

त्रिविवि अन्तर्गत भाषा विज्ञान विभागको पहिला विद्यार्थी र अध्ययन पश्चात प्राध्यापक भै काम गरिसक्नु भएको छ । कुराकानीको शिलशिलामा शर्माले जर्मनीको लाईप्जिग विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको छिन्ताङ र पुमा भाषा अभिलेखीकरण परियोजनामा ५ वर्षभन्दा ज्यादा समय काम गरेको बताउनु भयो ।

अन्तर्वार्ताको क्रममा खोटाङका पाँचवटा गाविसका झन्डै ७ हजार जनसङ्ख्याले बोल्ने पुमा भाषामा नै आफ़ुले लण्डन विश्वविद्यालयको स्कूल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (एसओएएस) बाट विद्यावारिधि उपाधी हासिल गरेको शर्माले बताउनु भयो । एसियाली मुलुक, जापान, सिंगापुर, युरोप, अमेरिका, जस्ता देशहरुमा कार्यपत्र प्रस्तुत गर्नुको साथै वक्ताका रुपमा पुमा भाषा बारेमा अन्तराष्ट्रिय जगतलाई अवगत गराउन प्रयास गरेको बताउनु भयो ।


भाषा बिज्ञ डा.शर्माले थकाली भाषाको उपवाक्यको संरचनाशिर्षकमा भाषाविज्ञान स्नातोकोत्तर तहमा प्रथम सोधपत्र तथा थकाली भाषाकै नामपद बनोटको विषयमा अंग्रेजी स्नातकोत्तर तहमा दोश्रो सोधपत्र लेख्नु भएको छ । यसैगरी डा. शर्माले गुरुङ–नेपाली–अंग्रेजी शब्दकोष तयार पार्ने काम, अनुवाद, शब्दकोष निर्माण र व्याकरण तयार पार्ने काम पनि गर्नु भएको छ ।

डा. शर्माले बिशेष जोड दिदै आफ्ना भाषा संरक्षण गर्न र यसलाई लोपोन्मुख हुन नदिन आफ्ना सन्तानलाई अनिवार्य रुपमा बोल्न लगाउनु पर्छ नत्र भाषा संकटमा पर्ने बताउनु भयो ।
(स्रोत: डीसीनेपाल अनलाइन)

प्रकाशित मिति: Wednesday, December 23, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।