photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा
२०७३ असोज १०। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (अप्राविधिक) दिपायलको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 











दुर्जकुमार राई निर्दोष छन् 

राजु स्याङ्तान । 
२०७३ बैशाख १६। दोस्रो जनआन्दोलन दबाउन भूमिका खेल्ने दुर्जकुमार राई सशस्त्र प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका छन् । उनको पद पढुवा भएसँगै फेरि एक पटक नेपाली जनमानस तातिएको छ । पटक पटक जनविरोधी व्यक्तिहरु पुरस्कृत हुँदै जाने त्यही बेला साउनको भेल झैं मानिसहरु एक पटक जाग्ने, फेरि निधाउने यो रोग अब नेपालमा दिर्ध रोग जस्तै भएको छ । मानिसलाई गहिरो गरि लागेको छ की, एउटा हत्यारालाई किन बढुवा गरियो ? सिधा अर्थमा हेर्दा कुरा सही हो । 

दुर्ज कुमार राईलाई नियुक्ति गरिएको होइन । उनलाई बढुवा गरिएको हो । नियुक्ति भनेको नयाँ भर्ना हो र बढुवा भनेको पहिला नै काम गरिरहेको व्यक्तिको पदोन्नति मात्रै हो । यस अर्थमा राई दोषी भएको भए त्यतिबेलै (जतिबेला देशमा शाही सत्ता ढल्यो) जनहत्यारा भनि निलम्बन गर्नु पथ्र्यो । एउटा व्यक्ति अपराध गरिसकेपछि यथास्थानमा रहँदासम्म निर्दोष, बढुवा हुने वित्तिकै दोषी, यस्तो दुनियाँमा कतै हुँदैन । त्यसबेला बादशाहलाई गद्दिबाट खसाले लगत्तै उनका भरौटेहरुलाई लखेट्नु पर्ने थियो । आज आएर उनको बारेमा अनावश्यक टिका टिप्पणी गर्नु समयको बर्बादी मात्रै हो । 

राज्यले कस्तो नीति अख्तियार गरेको छ भन्ने प्रवृतिबाट यस्ता व्यक्तिहरु बाहिर आउने गर्छन् । जनताको छातिमा बन्दुक दाग्न आदेश दिनेहरु देशको सम्मानित पदमा आसिन भइरहेको अवस्थामा एक जना निमित्त पात्रलाई गाली गर्नु बचपना मात्रै हुन्छ ।

दुर्जकुमार राई एक निमित्त पात्र मात्रै हुन् । उनको पछाडि आजको सिङ्गो राज्य व्यवस्था छ । यो कोणबाट सोँच्न थाल्दा मात्र समस्याको चुरो कुरा भेटिन्छ । अब प्रश्न उठ्छ त्यसो भए दोषी को हो त ? दोषी खोज्दै जाँदा सबैभन्दा पहिला आजको राज्य व्यवस्थाको संचालक प्रधानमन्त्रीको बारेमा सोच्नु पर्ने हुन्छ ।

जनताका छोराछोरीहरु नाङ्गो छाति बोकेर सडकमा उर्लिरहेको बेला ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने को हो ? अहिलेको प्रधानमन्त्री होइन ? गृहमन्त्रीको आसनबाट जनताको हत्या गर्न आदेश दिने को हो ? तिनै आजका उप्रधानमन्त्री होइन ? आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ? 

जनआन्दोलन ताका जनताका छोराछोरीहरु नाङ्गो छाति बोकेर सडकमा उर्लिरहेको बेला ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने को हो ? अहिलेको प्रधानमन्त्री होइन ? गृहमन्त्रीको आसनबाट जनताको हत्या गर्न आदेश दिने को हो ? तिनै आजका उप्रधानमन्त्री होइन ? आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ? आदेश पालक दोषी हो भने आदेश दिने कसरी निर्दोष हुनसक्छ ? जनआन्दोलनको खुङ्खार विरोधी प्रधानमन्त्री र हत्या गर्न आदेश दिने उपप्रधानमन्त्री बन्न हुने देशमा एउटा सिपाही बढुवा हुन किन नहुने ? आज भइरहेको परिदृष्य जुन विरुवा रोपिएको हो त्यही फलेको हो । चिलाउनेको रुखमा चिलाउनेकै गेडा फल्छ । त्यहाँ सुन्तला फल्दैन ।

यस अर्थमा आज दुर्जकुमार राईको बिरुद्ध खनिएका विरोधका स्वरहरु उनलाई संरक्षण गर्ने राज्य व्यवस्थाका सञ्चालकहरुतिर सोझिन आवश्यक छ । सारतः आजको सिङ्गो परिपाटी नै बेठिक छ । एउटा व्यक्ति विशेषको बारेमा चियापसलमा बसि टिकाटिप्पणी गर्ने भन्दा सिङ्गो राज्यव्यवस्थाको चरित्रको बारेमा प्रश्न उठाउने सचेत पुस्ता आजको आवश्यकता हो । (साभार, खबरडबलीबाट) 

काठमाडौं। बुङ्वाखा मासिकले आफ्नो एघारौं बार्षिकोत्सव तथा एघारौ बान्तावा राष्ट्रिय कविता प्रतियोगिताको अवसरमा प्रदान गरिने सम्मान तथा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेकाे छ। 

‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार– २०७२’ बाट भारत कालिम्पोङका रमेश तेन्चिपालाई प्रदान गरिने भएको छ । तेन्चिपा बान्तावा भाषामा लामो समयदेखि कलम चलाउदै आएका छन्। उनलाई बान्तावा भाषाकै पहिलो खण्डकाव्य ‘हेच्छाकुवा’ कृतिको लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार पूर्व वागमती अञ्चलाधीश मकर बहादुर बान्तावा र उनकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उनीहरूको परिवारले स्थापना गरेको हो । 
रमेश तेन्चिपा
ताम्रापत्रसहित पुरस्कारको राशी पच्चीस हजार रुपैयाँ रहेको छ । २०७० सालमा स्थापना गरिएको सो पुरस्कार पहिलोचोटी अन्तर्राष्ट्रियस्तरमा प्रदान गर्न लागिएको हो । ‘बुङ्वाखा सङ्गीत पुरस्कार– २०७२’ भने युवा गायक सुरेशपायल राईलाई प्रदान गरिने भएको छ ।

सङ्गीत साधनामै रहेका भोजपुर पात्लेपानीमा जन्मिएका राईका रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा आधा दर्जन बान्तावा गीतहरू रेकर्ड भएका छन् । कदरपत्रसहित रु. पन्ध्र हजार राशीको सो पुरस्कारको संस्थापकहरू वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ र सङ्गीतकर्मी अशोक मुकारुङ रहेका छन् ।

सुरेश पायल राई
त्यस्तै, ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार २०७२’ बुङ्वाखाका पाँचथर सम्वाददाता राजकुमार इसारा राईलाई प्रदान गरिने भएको छ । बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उनको परिवारले आफ्ना बज्यै रनमाया राईको सम्झनामा स्थापना गर्न लागेको कदरपत्रसहित सो पुरस्कारको राशी रु. छ हजार रहेको छ । यसैबीच कविता प्रतियोगितामा सामेल भएका मध्ये उत्कृष्ट ११ को छनौट भएको छ । 

राजकुमार इशारा
उत्कृष्ट कवितालाई आउदो फाल्गुन १ गते झापाको दमकस्थित किरात भवनमा बाचन गराइने भएको छ । प्रतियोगितामा उत्कृष्ट तीन प्रतियोगीलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार– २०७२’बाट पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः रु. १०,०००, ६,००० र ४,०००  नगद पुरस्कार प्रदान गरिनेछ । श्यामराज दुब्देङहाङका जेठी छोरी मीना राई र भतिजी छोरी अञ्जना राईले बुबा/काकाको सम्झनामा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेको हो । 

बुङ्वाखा सल्लाहकार जय सिवाहाङ, कार्यक्रम संयोजक/सम्पादक पदम राई र सह–सम्पादक निराजन राई ‘बतास’ रहेको छनोट उपसमितिले पुरस्कृत हुने व्यक्तित्वहरुको चयन गरेको हो । बुङ्वाखा पुरस्कार छनौट उपसमितिको बैठक माघ १३ गते बसेको थियो । 

आमन्त्रित सदस्यको रुपमा सह–सम्पादक दीपक बान्तावा तथा अक्षयकोषदाताहरूको तर्फबाट राजेन्द्र बान्तावा र अशोक मुकारुङको उपस्थिति रहेको थियो ।

२०७२ माघ ७। नेपाली सेनाले  नयाँ पदका लागि दरखास्त आह्वान गरेको  छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको हो। 

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ। जसमा विभिन्न ट्रेडका प्राविधिक तथा बिल्दार पदहरु रहेका छन् । 

आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन्। इच्छुक उम्मेद्वारले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सुचनामा उल्लेख छ । 

उम्मेद्वारहरु आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने जनाइएको छ। नेपाली सेनामा बहालवाला रहेको उम्मेद्वारहरुका लागि भने आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भए पनि उमेर हद लाग्ने छैन । 
साभार: रातोपाटी 

२०७२ माघ ६ । अहिले नेपालमा नयाँ संविधान जारी भएको छ । कानुनहरु बनि नसकेको अवस्थामा नेपालको पहिलो मुलुकी ऐन भनेर चिनिने बि. सं. १९१० मा जारी भएको ऐनलाई एक पटक पुनः फर्किएर हेर्नु यतिवेला वान्छनिय हुन सक्छ । 

जंगबहादुर राणाले बेलायत यात्राबाट फर्के लगत्तै यो ऐन बनाएका थिए । यो ऐन हिन्दू वर्णाश्रम व्यवस्थामा आधारित छ । नेपालमा जारी रहेको वर्णाश्रम व्यवस्थालाई थप समृद्ध गरी नेपालका अन्य जनजातिलाई समेत विभाजन गरि राणाहरुले आफ्नो शासनका लागि मजबुत जग बसाउन यो मुलुकी ऐन घोषणा गरिएका थिए । 

यो कानुनबाट जातको आधारमा कुनै जातिलाई अपराधी घोषित गरी युगौं पछाडि पार्ने काम भयो भने कुनै जातिलाई वैधानिक शासकका रुपमा पुर्नपरिभाषित गर्ने काम भयो । पश्चिमा मूलुकहरु उद्योग र कलकारखानाको विकाससँगै पुँजीवादी संसार तर्फ अग्रसर भईरहेको अवस्थामा नेपाल भने मुलुकी ऐन जारी गरी नेपाली नेपाली बिच फुटाउने र राज गर्ने मनसाय स्वरुप यो मूलुकी ऐन जारी गरियो ।

आजका हरेक पुस्ताले ति इतिहासका दिनहरु एक पटक फर्केर हेरेपछि मात्र भविष्यको रेखा कोर्न सक्नेछन् । कुन विन्दुबाट नेपाल पछाडि पर्न गयो ? भन्ने थाहा हुनेछ । हामीले सोही उदेश्यका लागि नेपालको इतिहासमा विशिष्ट महत्व राख्ने वि.सं. १९१० को मुलुकी ऐनबाट खास गरी मासिन्या मतवाली र नमासिन्या मतवाली सहित चार जात मध्ये शुद्रमाथि निर्धारण गरिएको कानुनका केही बुँधाहरु यहाँ उल्लेख गरेका छौं ।

ऐ. नमासिन्याको. (पृष्ठ ५३५)
१. नमासिन्या मतवाली जात गैह्रका आफ्ना एका वावुवाट जन्म्याका दिदि वैन्हि आफुले जन्म्यायाका छोरिमा आफ्ना षसम्को सत्य छोडि अर्कासित विग्र्‍याका लाइ जतीसुकै लिंग परि कर्णि गर्‍याको भया पनि तेस्ताको अ‍ैन वमोजिम्को अंस सर्वस्व गरि मुडि कुकुर्को मासु षुवाइ भात वाहेक् गरि पूर्वको भया पश्चिम पश्चिम्को भया पूर्वतर्फ नदि कटाइ धपाई दिनू. एस्ताका हातको भात चल्दैन पानि चल्छ पानिको मात्र पतिया दिनू. एस्ता मासिन्या भोट्या जात हुंछन्.

२. नमासिन्या मतवालि जात गैह्रले आफ्ना हाडमा ४ पुस्तासम्मका फुपु वज्यु फुपु दिदि वैन्हि छोरि भतिजि नातिनि पनातीनि नाता पन्र्या र आफनी छोरिका छोरि नातिनि दिदि वैन्हिका छोरि भांजि वाबुलाइ . आमालाइ जन्माउन्या वज्यू आफनी स्वास्निलाइ जन्माउन्या सासु आमाका सहोदर दिदि वैन्हि सानि ठुलि आमा आफुलाइ मंत्र सुनाउन्या गुर्मा एतिमा आफ्ना षसम्को सत्य छोडि अर्का सित विग्र्‍याका लाइ जतीसुकै लिंग परी कर्णि गर्‍याको भया पनि लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिं साधुको षुसि लोग्न्या रहेनछ वा जार हानेन भन्या राजषत् लाग्नाले अ‍ैन वमोजिम्को अंस सर्वस्व गरि १ वर्ष कैद गरि जात पतित गरि भोट्या जातमा मिलाइ दिनु म्यादको चौवर दिया रूपैया लिनु एस्ताका हातको भात चल्दैन पानि चल्छ पानिको मात्र पतिया गरि लोग्न्या स्वास्नि छुट्याई दिनु.

३. नमासिन्या मतवालि जात गैह्रले आफुलाइ जन्माउन्या आमा वाहेक् अरू वावुले अ‍ैनले जार हांन हुन्यासम्मका ल्यायाका सौतिन्या आमा आफुलाइ मंत्र सुनाउन्या गुरूका स्वास्नि गुर्मा आफनि आमाकाविमात्रि पट्टिका दिदि वैन्हि सानि ठुलि आमा सासुलाइ र. ससुरालाइ जन्माउन्या वुढी सासु ससुराले अ‍ैनले जार हांन हुन्यासम्मका स्वास्नि सौतिन्या सासु एतिमा आफ्ना षसमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको आफू तेश्रो परि कर्णिगन्र्या लाइ लोग्न्या रहेनछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम् साधुको षुसि लोग्न्या रहेछ वा जार हानेन भन्या राजषत् लाग्नाले ६० रूपैया दंड गर्नु चौथो परि कर्णि गन्र्यालाइ ३० जतिसुकै सित विग्र्‍या कि भया पनि पांचौ देषि युढो परि कर्णि गन्र्यालाइ १५ रूपैया दंड गरि लोग्न्या स्वास्नि छुटाइ दिनु जात जादैन.

४. नमासिन्या मतवालि जात गैह्रका आफ्ना हाडमा ४ पुस्ता देषि युढो ७ पुस्ता सम्मका दाज्यू भाइकाका वाज्या छोरा भतिजा पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हि छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निहरूमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाकाको आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम् साधुको षुसि लोग्न्या रहेछ भन्या र. जार हानेन भन्या राज षत् लाग्नाले ४० रूपैया चौथो लिंगपरि कर्णि गन्र्यालाइ २० रूपैया जति सुकै सितविग्र्‍याकि भयापनि पाँच लिंगदेषि युढो परि कर्णि गन्र्यालाइ १० रूपैया दंड गरि छुटाइ दिनु.

५. नमासिन्या मतवालि जातका हाडमा ७ पुस्ता देषि उभोमा १४ पुस्तासम्मका दाज्यू भाइ काका वाज्या छोरा भतिजा नाता पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हि छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निमा आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या भया जार हांन्या जातको साधुको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले २० रूपैया चौथो परि कर्णि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्¥या कि भया पनि पाँच चौ देषि युढो परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गरि छुटाइ दिनु १४ पुस्ता देषि युढोका आफ्ना षसम्को सत्य छोडि अर्का सित विग्र्‍या किको कर्णि गन्र्यालाइ षत् लाग्दैन. ।

६.नमासिन्या मतवालि जात गैह्रका आफ्ना हाडका ७ पुस्तासम्मका काका वाज्या भाइ भतिजा छोरा नातिहरूले विहा गरि ल्यायाका दियो कलस पूजि ल्यायाका जारिगरि ल्याका कंन्या विधवा ल्यायाका र आफ्ना साक्षात् माइज्यू भांज्या वुहारिहरू मा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीहरूसित आफु तेश्रो परी करणि गर्‍यो भन्या लोग्न्या रहेछ भन्या जारहांन्याको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले १० रूपैया आफू चौथो लिंग परि करणि गन्र्यालाइ ५ रूपैया जति सुकै सित विग्र्‍याकि भया पनि पांच लिंग देषि युढो परि करणि गन्र्यालाइ २।। रूपैया दंड गरि छुटाइ दिनु.

७. नमासिन्या मतवालि जात गैह्रका आफ्ना हाडका ७ पुस्तादेषि १४ पुस्तासम्मका दाज्यू भाइका विहा गरि ल्यायाका जारि गरि ल्यायाका कंन्या विधवा ल्यायाका दियो कलस पूजिल्यायाका अ‍ैनले जार हांन हुन्या संम्मका आफ्ना षसम्को सत्य छोडि अर्कासित विग्र्‍याका स्वास्नीलाइ आफु तेश्रो परि करणि गर्‍यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको साधुको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले ५ रूपैया चौथोलिंग परि करणि गन्र्यालाइ २।। रूपैया दंड गरि छुटाइ दिनु पांचौपरि करणि गन्र्यालाइ षत्वात लाग्दैन १४ पुस्ता देषि युढोका आफ्नाषसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको करणि गन्र्यालाइ पनि राज षत् लाग्दैन.

ऐ मासिन्याको   (पृष्ठ ५३८)
१. मासिन्या मतवालि जात गैह्रले आफ्ना हाडमा ४ पुस्ता संमका दाज्यू भाइ काका वाज्या छोरा नाति पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हि छोरि भतिजि नातिनि पनातिनी पन्र्या र आफ्ना साक्षात् दिदि वैन्हिका छोरि. भांजि आफ्ना आमालाइ र वावुलाइ जन्माउन्या वज्यू आमाका सहोदर दिदि वैन्हि सानि ठुलि आमा आफ्नि स्वास्निलाइ जन्माउन्या सासु आफुलाइ मंत्र सुनाउन्या गुर्मा एतिमा आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाका लाइ जति सुकै लिंग परि करणि गर्‍या पनि लोग्न्यालाइ मासि दिनु करणि दिन्या स्वास्नि नमासिन्या जातकि रहिछ भन्या वेस्या हुंछे मासिन्या जातकि रहिछ भन्या. मासि दिनु.

२. मासिन्या मतवालि जात गैह्रले आफुलाइ जन्माउन्या आमा वाहेक अरू वावुले अ‍ैनले जार हांन हुन्या संमका ल्यायाका सौतिन्या आमा आफुलाइ मंत्र सुनाउन्या गुरूका स्वास्नि गुर्मा आफ्नि आमाका विमातृ पट्टिका दिदि वैन्हि सानि ठुलि आमा ससुरालाइ र सासुलाइ जन्माउन्या वुढि सासु ससुराले अ‍ैनले जार हात्र हुन्या संमका स्वास्नी सौतिन्या सासु यतिमा आफ्ना षसमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको आफू तेश्रो परि कर्णि गन्र्यालाइ लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम साधुको षुसि लोग्न्या रहेनछ वा जार हानेन भन्या राजषत् लाग्नाले २० रूपैया चौथो परि कर्णि गन्र्यालाइ १५ जतिसुकै सित विग्र्‍याकि भया पनि चौथोदेषि युढो परि कर्णि गन्र्यालाइ अघिदेषि जार हांन्या जात रहेछ भन्या १० रूपैया दंड गरि छुटाइ दिनु जात जादैन.

३. मासिन्या जातमा पानि चलन्या गैह्र जातका आफ्ना हाडमा ४ पुस्तादेषि युढो ७ पुस्तासम्ममा दाज्यू भाइकाका वाज्या छोरा भतिजा पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हिको छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निहरूमा आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाकाको आफु तेश्रो परि कर्णि गर्‍यो भन्या लोग्न्या रहेछ भन्या अघिदेषि जार हांनि आयाका जातलाइ जार हांन्या जातको अ‍ैन वमोजिम्साधुको षुसि लोग्न्या रहेनछ भन्या र. जार हानेन भन्या अघिदेषि जार नहांन्या जात रहेछ भन्या राजषत् लाग्नाले १५ रूपैया चौथो लिंग परि कर्णि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्र्‍याकि भया पनि पाचौ लिंग देषि युढो परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गरि छुटाइ दिनु ७ पुस्तादेषि युढोका आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीको कर्णि गन्र्यालाइ राजषत् लाग्दैन.

४. मासिन्या मतवालि जात गैह्रले आफ्ना हाडका ७ पुस्तासंमका काका वाज्या भाइभतिजा छोरा नातिहरुले विहा गरि ल्यायाको दियोकलस पूजि ल्यायाका जारि गरि ल्यायाका कंन्या विधवा ल्यायाका र आफ्ना साक्षात् माइज्यू भांज्या वुहारिहरुमा आफ्ना षसंमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निहरुसित आफु तेश्रो परि कर्णि गर्‍यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिं साधुको षुसि लोग्न्या नरहेछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले १५ रूपैया आफु चौथो लिंग परि कर्णि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्र्‍याकि भया पनि पाँच लिंगदेषि युढो कर्णि गन्र्या लाइ ५ रूपैया दंड गरि लोग्न्या स्वास्नी छुटाइ दिनु ७ पुस्तादेषि युढो का आफ्ना षसम्को सत्य छाडि अर्कासित पोइल गयाका स्वास्नीको कर्णि गन्र्या लाइ पनि राजषत् लाग्दैन.

५. लिंवु किराति जात वाहेक तागाधारि जात र नमासिन्या मतवालि जात मासिन्या जात पानि नचलन्या जात छोया छिटो हालनु पन्र्याजातले आफ्ना वावुले विहा गरि लायाका कंन्या ल्यायाका विधवा ल्यायाका जारि गरी ल्यायाका अ‍ैनले जारहांन हुन्यासंमका स्वास्नी सानि आमाहरु अर्कासित विग्¥याका विग्र्‍याको जाहेर भै कर्णि गरें छ भन्या अ‍ैन वमोजिं अंस सर्वस्व गरि लोग्न्या स्वास्नी छुटाइ दिनु एस्ता का हातको भात चल्दैन पानि चल्छ पानिको मात्र पतिया दिन छुटाया पछि फेरि पनि कर्णि गर्‍यो भन्या जति फेरा कर्णि गर्छ उत्तिपल्ट १०।१० रुपैया दंड गरि छुटाइ दिनु.

ऐ पानि नचलन्याको. (पृष्ठ ५४०)
१. छोया छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जात्मा मुसल्मान् वाहेक ले आफ्ना हाडमा ४ पुस्ता संमका दाज्यू भाइ काका वाज्या छोरा नाति पन्र्या का छोरि फुपु वज्यू दिदि वैन्हि छोरि भतिजि नातिनि पनातिनी पन्र्या र आफ्नासाक्षात् दिदि वैन्हिका छोरि भांजि आफ्ना आमालाइ र वावु लाई जन्माउन्या वज्यू आमाका सहोदर दिदि वैन्हि सानि ठुलि आमा आफ्नि स्वास्निलाइ जन्माउन्या सासु आफुलाइ मंत्र सुनाउन्या गुर्मा एतिमा आफ्ना षसंमको सत्य छोडि अर्कासित पोइल गयाकालाइ जतिसुकै लिंग परि करणि गर्‍या पनि लोग्न्या स्वास्नि दुवैलाइ मासिदिनु.

२. छोइ छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जातमा मुसल्मान् वाहेकले आफुलाइ जन्माउन्या आमा वाहेक अरू वावुले अ‍ैनले जार हात्र हुन्या संमका ल्यायाका सौतिन्या आमा आफ्नि आमाका विमातृ पट्टिका दिदि वैन्हि सानि ठुलि आमा ससुरालाइ र सासुलाइ जन्माउन्या वुढि सासु सासुले अ‍ैनले जार हात्र हुन्यासंमका स्वास्नी सौतिन्या सासु यतिमा आफ्ना षसंमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको आफू तेश्रो परि कर्णि गन्र्यालाइ लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम साधुको षुसि लोग्न्या रहेनछ वा जार हानेन भन्या राजषत् लाग्नाले १५ रूपैया दंड गर्नु चौथो परि कर्णि गन्र्यालाइ अघिदेषि जार हांन्या जात रहेछ भन्या १० जतिसुकैसित विग्र्‍याकि भया पनि चौथो देषि युढो परि कर्णि गन्र्यालाइ ५ रुपैया दंड गरि छुटाइ दिनु जात जादैन.

३. छोया छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जातमा मुसल्मान् वाहेक आफ्ना हाडमा ४ पुस्तादेषि युढो ७ पुस्तासम्मका दाज्यू भाइ काका वाज्या छोरा भतिजा पन्र्या का छोरि फुपु वज्यू दिदि वैन्हि छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निहरुमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाकाको आफुले तेश्रो परि कर्णि गर्‍यो भन्या लोग्न्या रहेछ भन्या अघिदेषि जार हानि आयाका जातलाइ जार हांन्याको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या अघिदेषि जार नहांन्या जात रहेछ भन्या राजषत् लाग्नाले १० रूपैया चौथो लिंग परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गर्नु जतिसुकै सित विग्र्‍याकि भया पनि पाँच लिंगदेषि युढो परि कर्णि गन्र्यालाइ २।। रूपैया दंड गरि छुटाइदिनु ७ पुस्तादेषि युढोका आफ्ना षसम्को सत्य छोडयाकाको कर्णि गन्र्यालाइ राजषत् लाग्दैन.

४. छोया छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जातमा मुसलमान् वाहेकले आफ्ना हाडको ७ पुस्तासंमका काका वाज्या भाइ भतिजा छोरा नातिहरूले विहा गरि ल्यायाका दियो कलस पुजि ल्यायाका जारि गरि ल्यायाका कंन्या विधवा ल्यायाका र आफ्ना साक्षात् माइज्यू भांज्या वुहारिहरूमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीहरूसित आफु तेश्रो परि करणि गर्‍यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिं साधुको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले १५ रूपैया आफू चौथो लिंग परि करणि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्र्‍याकि भया पनि पांच लिंग देषि युढो परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गरि लोग्न्या स्वास्नि दुवैलाइ छुटाइदिनु ७ पुस्ता देषि युढोका आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीको कर्णि गन्र्यालाइ राजषत् लाग्दैन.

५. पातकि भया पछि जन्म्याका संतान्पट्टि दोश्रो पोइ तुल्याइ वेस्या भयाका स्वास्नी संग ७ पूस्ताभित्रका एकै गोत्र एकै जात्मा कसैको कर्णि भयेछ भन्या २० रुपैया दंड गरि प्रायेश्चित्त गराइदिनु.
(साभार: खबरडबलीबाट) 

२०७२ माघ ४। प्राचीनकाल जतिखेर मानव वस्ती कम र जंगलको क्षेत्र बढी थियो । त्यतिखेर मानिसले पालेका घरपालुवा जनावर लगायत मानिसलाई समेत बाघले आक्रमण गरी खाने गर्दथ्यो । समय र परिस्थितिअनुसार बाँच्न सिकेका अादिवासीहरुले स्थानीय सामग्रीको बन्दोबस्त गरी बाघलाई नियन्त्रणमा लिने गर्दथे । जसको निर्माण सामान्य तर वैज्ञानिक तवरले गर्ने गरिन्थ्यो ।

प्रकृतिसँगको निकटता र सङ्घर्षमा जीवन व्यतित गर्ने आदिवासी जनजातिका यस्ता सिर्जनाहरु आजको समयमा लोप हुने अवस्थामा रहेका छन् । बाघले मानिसलाई खाने युगमा बाघकै शिकार गर्थे भने हाल अाएर स्यालले घरपालुवा जनावरमाथि आक्रमण गरी शिकार गर्ने गरेकाले समयानुसार बाघखोर स्यालखोरको सानो चौघेरामा सीमित रहन पुगेको छ । उतिखेर बाघ थुन्न बलिया बलिया खोरहरु बनाइन्थे भने हाल अाएर स्याललाई मात्र थुन्न सकिने मध्यम खालका खोरहरु बनाइन थालिएको छ । बाघ हिड्ने बाटोमा पर्ने गरी बाघखोर बनाइन्थ्यो जसका कारण त्यस्ता ठाउँहरुको नामाकरण समेत चाभखोरा (बाघको खोर) जस्ता शब्दले हुन पुगेका छन् । तर हाल यी सिर्जनाहरु दन्तेकथा जस्तै हुन पुगेका छन् । नेपालको पूर्वी पहाडी इलाकाका केही स्थानमा भने आजका दिनमा पनि यस्ता खोरका केही नमूना अवलोकन गर्न सकिन्छ।

बाघखोर वा स्यालखोर बनाउने तरिका छोटकरीमा 
बाघखोर वा स्यालखोर बनाउँदा सीधा लाइनमा तीनवटा कोठा भएको बन्दकक्ष बनाइन्छ । बाघखोरमा विशेषगरी बाख्रा र स्यालखोरमा कुखुरा राख्ने चलन छ । जसलाई चारो भनिन्छ । तीनकोठा मध्ये चारो बीचकोठामा राखिन्छ, जसलाई यस तरिकाले सुरक्षित राखिन्छ कि छेउतिरका दुवै काेठाबाट बन्द हुने बाघ वा स्यालले  चारोलाई कुनै चोट पुर्याउन नसकोस् । 
दोभाने–२ थुम्लुङ सिरान, भोजपुरको जङ्गलमा अवस्थित बाघखोर। तस्वीर: अजम्बर राई काङमाङ ।
बाहिरपट्टिका दुवै कोठाहरु यति साघुरा हुन्छन् जसबाट बाघ वा स्यालले शरीर फर्काउन सक्दैन । चारोको चिच्याहट वा गन्धले बाघ वा स्याल शिकारको लागि झम्टेर अाउँछ र खोरभित्र छिर्छ । खोरभित्र छिर्ने बित्तिकै भुइँमा भाटा बुनेर वा फल्याकको फित्कौली (पासो)मा टेक्दा कल्की खुस्केर ढोका लाग्न जान्छ । र ढोका खोल्न नसकिने गरी बन्द हुन जान्छ । प्राय गरेर दुवैतिरका ढोकाहरु एकैपटक लाग्ने हिसाबले फित्कौली बनाइएको हुन्छ, जसका कारण भाले र पोथी वा जोडी बाघ दुवैले एकै पटक दुईतिरबाट शिकार झम्टदा  दुईवटा बाघ वा स्याल एकैपटक थुनिने गर्दछन् । 

खोरमा थुनिएको बाघ वा स्याललाई पहिले पहिले बाणको बस्सिले हानेर मारिन्थ्यो भने पछिल्ला दिनहरुमा भने बन्दुक जस्ता हतियारको प्रयोगले मार्ने गरिएको थियो । बाघ वा स्याल मारिसकेपछि बीचमा राखिएको बाख्रा वा कुखुरालाई सुरक्षित साथ निकालिन्छ ।

उहिलेको त्यस समयमा बाघलाई खोरमा थुन्न खोरको निर्माण वा बाघको शिकारका लागि केही व्यक्ति जो शिकारी स्वभावकाहरु खट्थे । तिनले बाघलाई खोरमा थुनिइसकेपछि सङ्तालित (धनुवाण) ले एकै काँडमा मार्दथे । तत्पश्चात् बासको भार बनाई गाउँभरि डुलाइन्थ्यो र हरेक घरले आफ्नो र घरपालुवा जनावरको सुरक्षामा योगदान पुर्याएकोमा खुसी मान्दै चामल, दाललगायतले सघाउनी (पारिश्रमिक) दिइन्थ्यो ती शिकारी युवाहरुलाई। 

र अन्तमा बाघको मासु तथा हड्डी औषधिको रुपमा हरेक घरछिमेकका लागि भाग लगाइन्थ्यो भने छालाले साकेन्वा/ साकेला नाच्ने ठोल (ढोल) माेड्नेलगायत काममा लगाइन्थ्यो । समय, काल, परिस्थितिअनुसार अनेकौ सिर्जना गर्न पोख्त अादिवासीहरुका यस्ता वैज्ञानिक सिर्जनाहरु हाल एकएक गरी लोप हुँदै गएका छन् । राज्यले अंगालेको यससम्बन्धीको प्रतिकूल कानूनले गर्दा समेत यस्ता बाघखोर, चरिलिसो आदिको निर्माण र प्रयोग शुन्य रहेको अवस्था छ ।

२०७२ माघ ३। इन्स्पेक्टर राजकुमार राईले डाका मुद्दा अन्तर्गत खोजीको सूचिमा राखेका एमाओवादीको भातृ संगठन वाइसिएल मोरङ ९ का क्षेत्रीय उपाध्यक्ष सुशन लिम्बू भनिने राजेश्वर लिम्बू गाँजा र चोरीका सवारी साधनसहित भारतमा पक्राउ परेका छन् । 

झापा जिल्लाको मेची पुलपारि पानीट्याङ्कीको एक होटलबाट भारतीय प्रहरीले शुक्रबार राति लिम्बुलाई पक्राउ गरेको हो । उनका साथबाट ९ सय ग्राम गाँजा, नेपाली नम्बरप्लेटको एउटा मोटरसाइकल र एउटा बोलेरो गाडीसमेत बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । 

भारतको पश्चिम बंगाल खोरीबारी थानाका प्रहरीले लिम्बुलाई पक्राउ गरेको दार्जीलिङ जिल्लाका एसपी अमीत पी. जावलगीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । पक्राउ गरिएका लिम्बुलाई चार दिनको म्याद लिएर थुनामा राखिएको र अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । 

को हुन् लिम्बु ?
पक्राउ परेका लिम्बु एमाओवादीका स्थानीय नेता हुन् । विगतमा पनि लागूऔषध काण्डमा पक्राउ परेर जेलबाट छुटेका लिम्बुविरुद्ध डाका लगायतका विभिन्न मुद्दाहरु नेपालका विभिन्न प्रहरी कार्यालयमा छन् । मोरङको उर्लाबारीमा केही दिनअघि दिउँसै भएको लुटपाटमा संलग्न भई फरार रहेको भन्दै उर्लाबारी प्रहरीले उनको खोजी गरिरहेको थियो ।

गत भदौमा इटहरीमा निर्माण व्यवसायी भीम पौडेललाई १० लाख रुपैयाँ माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा उनी पक्राउ परेको सामाचार काठमाडौं टुडे डटकम ले प्रकाशित गरेको थियो । पैसा नदिए पौडेललाई मारेर बुढी खोलामा फालिदिने भम्की दिएपछि लिम्बु पक्राउ परेका थिए ।

वाइसिएल नेता लिम्बुलाई एमाओवादी मोरङका अध्यक्ष गोपी अछामीको संरक्षण रहेको स्थानीय एमाओवादी नेताहरु बताउँछन् । लागू औषध मुद्दामा जेलबाट छुटेपछि उर्लाबारीमा एमाओवादीले लिम्बुलाई अवीर लगाएर स्वागत समेत गरेको थियो । इटहरीमा बसेर आपराधिक गतिविधि गर्दै आएका लिम्बु त्यसपछि उर्लाबारीमा सरेका थिए । उर्लाबारीको चोकमा माओवादीले अबीर लगाएर स्वागतख गरेका बेलामा उनी लागूऔषध काण्डमा जेल भुक्तान गरेर छुटेका थिए ।

एमाओवादीले संरक्षण गरेको मात्रै नभई वाइसिएलको क्षेत्रीय उपाध्यक्षजस्तो जिम्मेवारीसमेत दिएको भए पनि लिम्बुको पृष्ठभूमि र वर्तमानसमेत आपराधिक रहँदै आएको छ । उनी लागूऔषध र अन्य फौजदारी अभियोगमा जेल पर्दै र छुट्दै गरेका व्यक्ति हुन् ।

उनी राजनीतिक संरक्षणमा गुण्डागर्दी पेशामा संलग्न थिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार डाका मुद्दामा लिम्बुको खोजी भइरहेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीकै यसअघिका प्रमुख प्रहरी निरीक्षक श्रीराम भण्डारीको १० महिने कार्यकालमा पनि लिम्बुविरुद्ध दुई वटा सार्वजनिक अपराधका मुद्दामा लिम्बु खोजीको सुचीमा थिए ।

हाल उर्लाबारीबाट रानीपोखरी प्रहरी कार्यालयमा सरुवा भएका इन्स्पेक्टर भण्डारीले सुशन र उनको सूमहले प्रयोग गर्ने हन्क, आर वान ५ र बुलेट बाइकहरु नियन्त्रणमा लिई अनुसन्धान गरिहेको थियो ।

मोरङको मधुमल्लाका एक व्यक्तिसँग जग्गा विवादमा हत्या प्रयास गरी लिम्बु फरार भएका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीमा अहिले पनि उनका तीनवटा मोटरसाइकल नियन्त्रणमै छन् । उनी सवारी साधन चोरीमा समेत संलग्न रहेको प्रहरीको आंशका छ। (मङ्गलबारे पेजबाट साभार) 

  • गणेशकुमार राई । 
‘प्रधानमन्त्रीले जनजातिलाई राहु र केतु सम्झनुभयो’ : थापा  
२०७२ माघ २।  मगरहरुको महान् चाड माघे सकरातीको अवसर पारेर राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका नेता गंगाबहादुर थापाले जनजातिहरु सूर्य ग्रह भएको तर प्रधानमन्त्री केपी शर्मा ओलीले राहु र केतु सम्झिएको बताए । 
तस्वीर : गणेशकुमार राई

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीसँग आक्रोश व्यक्त गर्दै थापाले भने, ‘हामीले अधिकार माग्यौं । तर, प्रधानमन्त्रीले आफूलाई शान्तसँग बस्न नदिने राहु र केतु सम्झनुभयो ।’ 

उनले मगर समुदायको तर्फबाट पहिचानसहितको मगराँत राज्यको माग गर्दै धर्मनिरपेक्षताको कुनै व्याख्या गर्न नहुने र संघीय राज्यहरुको हरेक निकायमा पूर्ण समानुपातिक समावेशी प्रणाली लागु गरिनुपर्नेमा जोड दिएका थिए ।

थापाले पहिचानसहितको राज्यहरु प्रदान गर्दा कुनै पनि हालतमा देश नटुक्रने जिकिर गर्दै यदि त्यसो हुँदा देश टुक्रिए टुँडिखेलमा ‘मगराँत स्वायत्त राज्य जिन्दावाद !’ लेखिएको झण्डाको डण्डीमा झुन्ड्याएर फाँसी दिनसमेत चुनौति दिएका थिए ।

ओलीको जवाफ, ‘मगरहरु राहु र केतु होइनन्, मेरा दाइना हुन्’

निर्धारित समयभन्दा निकै ढिला आइपुगेका प्रधानमन्त्री हतारोमा थिए । अरुको पालोलाई मिच्दै उनले मन्तव्यका क्रममा थापालाई जवाफमा भने, ‘मगरहरु मेरा लागि राहु र केतु होइनन् । जनजातिहरु मेरा लागि राहु र केतु होइनन् । उनीहरु मेरा दाइना हुन् । दाइना भएकैले म प्रधानमन्त्री भएको हुँ । उपराष्ट्रपति मगर, सभामुख मगर, मन्त्री मगर, राज्यमन्त्री मगर । अनि कसरी राहु र केतु ? मगरहरु मेरा दाइना हुन्, म मगरहरुको दाइना हुँ ।’

आयोजकबीच भने कार्यक्रममा केपी ओलीलाई प्रमुख अतिथि ल्याउने कि नल्याउने ? भन्ने सन्दर्भमा विवाद रहेको थियो । ओलीलाई प्रमुख अतिथि बनाउने भएपछि बैठकमै एक महिलाले दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती महिलाको प्रतिक्रिया यस्तो रहेको थियो :

‘सिंहदरबारको दशैं पूजा, पशुपतिनाथको भित्री कोठामा, सत्यनारायणको पूजामा, भागवतगीतापाठ गर्दा, रुद्री लगाउँदा अनि जनै फेर्दा हामीलाई प्रमुख अतिथि बनाउँछन् ? बनाका छन् कहिले ? माघे सकरातीमा ओलीलाई प्रमुख अतिथि बनाउने मगर संघका २–४ जना नाइकेहरुलाई जनै देऊ ।’

‘तीरले लाग्यो, मगराँत पाइने भो’
ओलीले औपचारिक कार्यक्रमको उद्घाटन गर्दै धनुले वाण हान्दा ‘मगराँत’ लेखिएको फ्लेक्समा लागेपछि ‘होऊ… तीरले लाग्यो, अब मगराँत जसरी नि पाइन्छ’ भन्दै ग्राउन्डबाट हुटिङ भएको थियो ।

हजारौं मगर समुदायको उपस्थिति रहेको टुँडिखेलमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । युवायुवतीहरु खैंजडी र मादल बजाउँदै कौडा नाच्नमा व्यस्त देखिएका थिए । (इसमताबाट) 

  • युग पाठक 
काठमाण्डौंको सडक हेर्नुस्, ट्राफिक जाम उस्तै छ । पेट्रोल, डिजेल नियमित वितरण नगरिएको चार महिना भैसक्यो । आखिर यो चमत्कार कसरी भयो ? जवाफ स्पष्टै छ– कालोबजारको जादूले । मधेसी मोर्चाको नाका–धर्ना वीरगञ्ज नाकामा मात्र सिमित छ । भारतले अघोषित नाकाबन्दी खुकुलो पारेको पनि महिना दिन बित्न लाग्यो । इन्धनको आपूर्ति अहिले निकै बढेको पनि सत्य हो । तर आयल निगमले न त पेट्रोल न त एलपिजी ग्यास नै वितरण गर्ने चाँजोपाँचो मिलाएको छ । 

खाना पकाउने ग्यास र पेट्रोल कालोबजारका अनगिन्दी अघोषित पसलबाट खुलेआम बिक्री भैरहेको छ । पैसाको मूल्य त घट्यो नै, हरेक परिवारको बचत पैसा कालोबजारको खल्तीमा गैरहेको छ । जनता झनझन गरिब र केही थान कालोबजारका खेलाडी ह्वात्तै धनी भैरहेका छन् । 
पाउरोटीको हरेक पोकामा पाँच रुपैयाँ मूल्य बढाएर स्टिकर टाँसिएको छ । लुगाकपडा होस् वा दालचामलका बोरा, सबैमा मूल्य बढिसकेको छ । खाना पकाउने ग्यास र पेट्रोल कालोबजारका अनगिन्दी अघोषित पसलबाट खुलेआम बिक्री भैरहेको छ । पैसाको मूल्य त घट्यो नै, हरेक परिवारको बचत पैसा कालोबजारको खल्तीमा गैरहेको छ । जनता झनझन गरिब र केही थान कालोबजारका खेलाडी ह्वात्तै धनी भैरहेका छन् । यो खेलमा सत्ताका साधन चलाउनेहरुले कत्रो हिस्सा पाइरहेका होलान् यसै अनुमान गर्न सकिन्छ ।

एक गरिब देशका यस्ता अर्थमन्त्री जसको दायाँबायाँ गरिब, भुकम्पको विनाशमा अझैसम्म तड्पिरहेका निमुखा जनता उभिएका छन् र बीचमा उनी हृष्टपुष्ट खडा छन् ।
बिडम्बना के भने यस्तै बेलामा पूर्व अर्थमन्त्री रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित भए । जुन पत्रिका जुन उद्देश्यले त्यो घोषणा गरेको भए पनि सर्वसाधरण नेपालीमाझ यो समाचार गजबको जोक बन्यो । नेपालका अखबारमा त्यो समाचार छापिएको दिन एक अखबारको मुखपृष्ठ देखाउँदै एक मित्रले ठट्यौली गरे– आज सबै अखबारको फ्रन्ट पेजमा चर्को जोक छापिएको रहेछ, हेरेको हो !? अनि प्रसिद्ध कार्टुनिष्ट रवीन सायमीको कार्टुन छापियो । एक गरिब देशका यस्ता अर्थमन्त्री जसको दायाँबायाँ गरिब, भुकम्पको विनाशमा अझैसम्म तड्पिरहेका निमुखा जनता उभिएका छन् र बीचमा उनी हृष्टपुष्ट खडा छन् ।

वास्तवमा त्यो कार्टुनले नेपालको पछिल्लो पच्चिस वर्षका बारेमा धेरै रहस्योद्घाटन गर्छ जुन अवधिमा धेरैजसो रामशरण महत नै अर्थमन्त्री रहे । अझ महत्वपूर्ण कुरा के भने विश्वबैंक, आइएमएफ तथा अन्य अन्तराष्ट्रिय विकासे (?) एजेन्सीका प्रियपात्र महतले नै नेपालमा अन्धाधुन्ध निजिकरण र बजारिकरणका नाममा अर्थतन्त्रलाई अराजक र ध्वस्त बनाउन भूमिका खेलेका थिए । आज कालोबजार किन यति सजिलै राज्यका यन्त्रमाथि हावी भयो र खुल्लमखुल्ला जनताको रगत चुस्न सफल भयो भन्ने परिणामको कारण खोज्न उनै महतले सन् १९९० को दशकमा शुरु गरेको आर्थिक नीति हेरे पुग्छ ।

कालोबजारका लागि प्रसस्त सम्भावना थियो । एक त भुकम्पपीडितका लागि आएको वैदेशिक सहायता तथा स्वदेशी स्रोतको परिचालनमै भ्रष्टाचारको मूल फुटिसकेको थियो, महतकै गृहजिल्लामा उनकै कार्यकर्ता समेत फगत जस्तापाता हिनामिना गर्ने काण्डमा फँसिसकेका थिए । 
प्रधानमन्त्री केपी ओली उखानटुक्काका लागि प्रख्यात छँदैछन् । उखानटुक्का बाहेक उनले काम गर्नका लागि कालोबजारको कार्यक्षेत्र तयार थियो । ओलीले कालोबजारको जिम्मा लिनुअघि उनै महत अर्थमन्त्री थिए र सुशील कोइराला नेतृत्वको सरकार कालोबजारको विकास गर्न प्रतिबद्ध देखिन्थ्यो । भारतको नाकाबन्दी नियन्त्रित खालको थियो । मर्न पनि नदिने, नाक जोत्न बाध्य पनि पार्ने । त्यहाँ कालोबजारका लागि प्रसस्त सम्भावना थियो । एक त भुकम्पपीडितका लागि आएको वैदेशिक सहायता तथा स्वदेशी स्रोतको परिचालनमै भ्रष्टाचारको मूल फुटिसकेको थियो, महतकै गृहजिल्लामा उनकै कार्यकर्ता समेत फगत जस्तापाता हिनामिना गर्ने काण्डमा फँसिसकेका थिए । त्यसमाथि नाकाबन्दीले कालोबजारका सबै अराजक चलखेललाई सहज तुल्याइदियो ।

के कालोबजारको पछिल्लो आयामलाई बुझ्न प्रहरीले समातेका केही ग्यालेन पेट्रोल र सिमानामा साइकलमा सामान ओसार्ने पटके करछलीलाई मात्र हेरेर पुग्छ ? पुग्दैन । किनभने यो कालोबजारको आयाम केही हजारमा होइन, अर्बको आंकडामा फैलिएको छ । आयल निगम स्वयम् संस्थागत तस्करीमा मुछिएको खबर आएको थियो । दुगड जस्ता ठूला व्यापारिक घराना समेत खाद्यपदार्थको कृतिम अभाव र मूल्यवृद्धिमा मुछिएका छन् । यी त फुत्किएर बाहिर आएका तथ्य भए । जुन खेल सरकारी संयन्त्रकै मिलेमतोमा चलिरहेको छ, त्यसको आयाम कल्पना पनि गर्न सकिन्न । सर्सर्ती बजार बुझ्यो भने सजिलै हाल चलिरहेको कालोबजारी र तस्करीको भयावह रुप अनुमान गर्न सकिन्छ ।

कालोबजारी, तस्करी र भूमिगत अर्थतन्त्रको हातमा देशकै अर्थतन्त्र बुझाउने काम सरकारले नै गरिरहेको छ । सरकारी निकायको नेतृत्व गर्नेहरु यो जिम्मेवारी र धोकाबाट उम्कन पाउने छैनन् । उहिल्यै मिलिसकेको विषयमा समेत मोर्चासँग सहमति गर्न आनाकानी गरिरहनुले सरकारमा बस्नेहरुको कालोबजारी र तस्करी मोह देखाउँछ ।
सर्वसाधरण जनताको आम्दानीको तुलनामा बजारभाउ र तस्करीको इन्धनले हरेक घरको अर्थतन्त्र एक वर्षमा भरताल गर्न नसक्ने गरी ऋणात्मक भएको छ । पा“च हजार आम्दानी छ भने त्यसको मूल्य नाकाबन्दी अघिको भन्दा कम्तिमा बीस प्रतिशतले घटिसकेको छ । मुद्रास्फितीको यो भारलाई धान्न सक्नेगरी जनताले आम्दानी बढाउन सक्ने, राज्य र नीजि रोजगारदाताले तलब बढाउन सक्ने सम्भावना छ त ? यो सम्भावनालाई पनि कालोबजारले खर्लप्पै निलिसकेको छ । पुरै देशको अर्थतन्त्र धरासायी हुने क्रममा छ र यसलाई धान्ने कुनै आकस्मिक वा दिर्घकालिन कार्यक्रमको बारेमा सरकारले सोच्ने त कुरै छाडौं, मतलबै गरेको छैन ।

हामी जुन देशमा छौं र त्यहाँ जस्तो राज्य व्यवस्था छ, त्यसले जस्तो भूमिका खेलिरहेको छ, त्यसबाट के प्रष्ट हुन्छ भने कालोबजारी, तस्करी र भूमिगत अर्थतन्त्रको हातमा देशकै अर्थतन्त्र बुझाउने काम सरकारले नै गरिरहेको छ । सरकारी निकायको नेतृत्व गर्नेहरु यो जिम्मेवारी र धोकाबाट उम्कन पाउने छैनन् । उहिल्यै मिलिसकेको विषयमा समेत मोर्चासँग सहमति गर्न आनाकानी गरिरहनुले सरकारमा बस्नेहरुको कालोबजारी र तस्करी मोह देखाउँछ । एक विदेशी पत्रिकाले विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित गर्दा डा. महत जसरी हास्यव्यंग्य र ठट्टाको विषय भए, त्यो उनी र उनीजस्तैको राजनीतिले निर्माण गरेको स्थिति हो । नबुझुञ्जेल ठिकै छ, तर मान्छेले बुझ्न थालेपछि ओली सरकारको कालोबजारी र तस्करीको फन्दा निकै बलियो हुनेवाला छ । (खबरडबलीबाट) 

२०७२ माघ १। किराती समुदायले मान्दै आएको किरात यले सम्वत्अनुसार आजदेखि नयाँ वर्ष ५०७६ सुरु भएको छ । 

किराती राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किरातीहरुले यले सम्वत मान्दछन् । यले नयाँ सम्वतको अवसरमा आज किरात राई यायोक्खा केन्द्रीय समितिले केन्द्रीय समितिको कार्यालय कोटेश्वर काठमाडौंमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको यायोक्खा केन्द्रीय महासचिव दिवस राईले बताए । 

काठमाडौंका साथै विभिन्न स्थानमा राई, लिम्बू, याक्खा र सुनुवारले नयाँ वर्ष तथा माघे संक्रान्ति चाड मनाइरहेका छन् । माघे संक्रान्ति किराती, मगर, थारु लागतयका आदिवासी समुदायले धुमधामसँग मनाउँदै आएका छन् । 

आदिवासीहरुले कृषि युग सुरुवात भएको सम्झना गर्दै वनतरुल पोलेर तेलसँग मिसाएर टिका लगाउने, तरुल, सेलरोटी बनाएर खाने गर्दछन् । माघे संक्रान्ति किरातहरुसँगै पश्चिमका मगर र तराईका थारु आदिवासीहरुले भव्य रुपमा मनाउने गर्दछन् । 

आदिवासी जनजातिहरुले मान्ने सांस्कृतिक चाड माघे संक्रान्तिको अवसरमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेखि भण्डारी, उपराष्ट्रपति नन्दकुमार पुनले विज्ञप्ति प्रकाशन गरेर शुभकामना दिएका छन् । 

किरात यले सम्वत् माघ १ गते सुरु हुने भनिए पनि हाल आएर किरातीहरुले यसमा सुधार ल्याउन पहल गरिरहेको देखिन्छ। विक्रम सम्वत् अवैज्ञानिक भएकोले माघ १ गते नै नयाँ वर्षको पहिलो दिन मान्दा पृथ्वीको सूर्यलाई परिक्रमा गर्ने कक्षसँग मेल नखाने भएकोले माघ १ गतेभन्दा केही दिन अगाडि नै नयाँ वर्ष सुरु हुने भएको क्यालेण्डर सार्वजनिक गरेका छन्। प्रस्तावित क्यालेण्डर विक्रम सम्वत भन्दा वैज्ञानिक पनि भएको बताइएको छ । (सौजन्य: इसमता) 

यो पनि पढ्नुहोस्  किराती परिमार्जित नयाँ क्यालेण्डर

  • श‌ंकर लिम्बू । 

फेरि पनि जनता र देशलाई जोड्ने कि तोड्ने ? शासक वर्गले सोच्नुपर्छ। 

२०७२ पुस ३०। कीर्तिपुरका नेवाःहरुमा पृथ्वीनारायण शाहको आक्रमणसँग जोडिएको एउटा ज्वलन्त सामुदायिक प्रचलन (अलिखित इतिहास) कायम छ, जुन पृथ्वीनारायण र उनको राज्य निर्माणका पक्षधरहरुले भन्दै र भनाउँदै आएको भन्दा फरक लाग्छ । गोर्खालीले कीर्तिपुरमा गरेको दुईपटकको असफल हमला (सन् १७५७ र १७६४) मा पृथ्वीनारायणका सेनापति कालु पाण्डेको मुत्यु भएको थियो भने भाइ सुरप्रताप शाहले दायाँ आँखा गुमाएका थिए । 

तेस्रो हमलामा कीर्तिपुर जितेपछि पृथ्वीनारायणले त्यही घटनाको बदला लिन र आफ्नाविरुद्ध ‘बगावत’ गर्ने हिम्मत नगरोस् भनी मानसिक सन्त्रास फैलाउन कीर्तिपुरका नेवाःहरुका नाक–कान काट्न लगाए । ती नाक–कान बटुलेर अहिले न्यातपोल जाने बाटोको छेवैमा मंगल माध्यमिक विद्यालयको माथितिर एउटा ढुंगामुनि गाड्न लगाए। 

त्यस ढुंगालाई कीर्तिपुरवासी नेवाःहरु ‘छयाकः ल्वहं’ भन्छन् । छयाकः ल्वहंमा पुग्दा अद्यापि नाक–कान काट्ने कार्यको घृणास्वरुप काठमाडौंको दरबार स्क्वायरतर्फ फर्केर थुक्ने प्रचलन रहेको कीर्तिपुर पांगा निवासी रामभोला महर्जन बताउँछन् । आदिवासी जनजातिको अलिखित इतिहासको कानुनी वैधता रहन्छ (आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ दफा २)।

कुमार प्रधानको पुस्तक ‘द गोर्खा कनक्वेस्ट्स’ का अनुसार हड्सन कलेक्सनमा ८६५ मानिसको काटिएको नाक–कानको तौल १२ सेर १ तोला उल्लेख गरिएको छ । बाबुराम आचार्यले १५ जनाजतिलाई मात्र त्यस प्रकारको सजाय दिइएको जनाएका छन् । सूर्यविक्रम ज्ञवालीले केही मानिसलाई मात्र त्यसप्रकारको सजाय दिएको उल्लेख गरेका छन् ।
नेपाल आउने क्रममा नाक काटिएका प्रशस्त भरियाहरु भेटेको कर्क प्याट्रिकले उल्लेख गरेका छन् । इतिहासकार कुमार प्रधानको पुस्तक ‘द गोर्खा कनक्वेस्ट्स’ का अनुसार हड्सन कलेक्सनमा ८६५ मानिसको काटिएको नाक–कानको तौल १२ सेर १ तोला उल्लेख गरिएको छ । तर अर्का इतिहासकार बाबुराम आचार्यले १५ जनाजतिलाई मात्र त्यस प्रकारको सजाय दिइएको जनाएका छन् । सूर्यविक्रम ज्ञवालीले केही मानिसलाई मात्र त्यसप्रकारको सजाय दिएको उल्लेख गरेका छन् । नेपाली इतिहासकारहरुले तौल र संख्या फरक बताए पनि नाक काटिएको विषयलाई इन्कार गरेका छैनन् । आफ्ना पुर्खाले भोगेको अपमान र पीडा कसरी भुल्छन् होला कीर्तिपुरका नेवाःहरुले ? 

इतिहासकार महेशचन्द्र रेग्मीले आफ्नो पुस्तक ‘इम्पेरियल गोर्खा’ मा लेखे अनुसार सैनिक हस्तक्षेपका आधारमा गरिएका ५० भन्दा बढी राज्यहरण साम्राज्यवादको प्रस्ट प्रमाण हो (रेग्मीः पृ ५) । आदिवासी जनजाति तथा मधेसीहरुले पनि यसलाई एकीकरणभन्दा बढी उपनिवेशीकरणका रुपमा लिने गरेका छन् । ‘दिव्योपदेश’मा नेपाललाई चार वर्ण ३६ जातको फूलबारीलाई वर्षौंदेखि प्रचारप्रसार गरिएकै हो । तर त्यसलाई नेपाल असली हिन्दुस्थान हो भन्ने नीतिले छपक्कै छोपेको देखिन्छ।

गोर्खाली शासकले शासनको वैधानिकता उनीहरुको संस्कृति र पुरातन हिन्दु धर्मले प्रमाणित गरेका छन् । त्यसैले यो सांस्कृतिक साम्राज्यवाद हो (रेग्मी पृ १४)।

विसं १८५४ को हिन्दु जातभातका आधारमा बनाएको मुलुकी ऐनको ढाँचामा नै संविधानसभाले बनाएको संविधान रहनु संयोग मात्र होइन होला । खस आर्यलाई क्षत्री, बाहुन, ठकुरी संन्यासी र दशनामी भनेर २०७२ सालको संविधानमा नै परिभाषित गरिएको छ । तर आदिवासी जनजातिलाई संविधान होइन, ऐनमा परिभाषित गरिएको छ । त्यस्तै झन् मधेसी तथा दलितलाई नियममा परिभाषित गरिएको छ । संविधानले यसरी कुनै समुदायलाई हेला गर्न मिल्दैनथ्यो कि ?

आदिवासी जनजाति तथा मधेसीहरुले पनि यसलाई एकीकरणभन्दा बढी उपनिवेशीकरणका रुपमा लिने गरेका छन् । ‘दिव्योपदेश’मा नेपाललाई चार वर्ण ३६ जातको फूलबारीलाई वर्षौंदेखि प्रचारप्रसार गरिएकै हो । तर त्यसलाई नेपाल असली हिन्दुस्थान हो भन्ने नीतिले छपक्कै छोपेको देखिन्छ।
हाम्रो सन्दर्भमा संविधान एकथान कानुन बनाउने कागज मात्र थिएन । यो राष्ट्र पुनर्निर्माण प्रक्रिया (विलेटेट नेसन बिल्डिङ प्रोसेस) थियो । यो नेपालको एकीकरणमाथि प्रश्न उठाउँदै आएका मधेसी र आदिवासी जनजातिलाई समेत संविधान निर्माणको प्रक्रियामै समेटेर सकल नेपाली जनतालाई भावनात्मक रुपमा एकीकृत बनाउन मार्गचित्र कोर्ने अवसर थियो । त्यसको ठीकविपरीत आदिवासी जनजाति र मधेसीलाई प्रक्रियामा श्रेस्ता मिलाएर पाखा लगाइयो । अन्ततः यस संविधानले फेरि पनि जनतालाई आधारभूत रुपमै विभाजनको सीमारेखा कोरिदियो ।

धर्म भन्ने विषय नितान्त व्यक्तिगत र समुदायको अधिकार हो । राज्य धर्मको मामिलामा पक्षपाती हुनुहुन्न भन्ने विश्वव्यापी मान्यता र जनताको मागमा आधारित भएर ‘धर्मनिरपेक्षता’लाई तात्कालीन व्यवस्थापिका सभाको भारी बहुमतले पारित गरी अन्तरिम संविधानमा संस्थागत गरिएको थियो । धर्मनिरपेक्षता भन्नाले ‘सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षण’ भनी नयाँ संविधानमा प्रस्ट्याइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको बृहत् शब्दकोशमा ‘सनातन’ भन्नाले (१) आर्यहरुमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म । (२) वेद, पुराण, मूर्तिपूजा आदिद्वारा समर्थित अचेल चलेको हिन्दु धर्म भनी अर्थ्याएको छ । यस परिभाषाले हिन्दुराष्ट्र कायम गरी विभिन्न धर्म मान्ने जनताबीच धार्मिक विवादको शृंखला पुनः सुरुवात गरेको छ।

नेपाललाई बहुजातीय र बहुभाषिक राष्ट्र भनिए तापनि सबै मातृभाषालाई सरकारी निकायमा प्रयोग गर्न पाउने अन्तरिम संविधानले दिएको अधिकार कुण्ठित गरिएको छ ।

खस आर्यको पहिचान (संस्कृत भाषा, गाई, रंग, झन्डा) लाई राष्ट्रिय चिह्न कायम गरी एकल जातीय सर्वोच्चता कायम गरेको छ । यसो भन्दै गर्दा कुनै समुदायलाई मानमर्दन गर्नुपर्छ भन्ने पटक्कै होइन । राष्ट्रिय सानको प्रतीकमा सबै जनताको पहिचान झल्कनुपर्छ वा कम्तीमा विवादित हुनुहुन्न भन्ने हो । यस प्रावधानले फेरि पनि कतै पृथ्वीनारायण शाहको असली हिन्दुस्थानको विरासत बोकेको त होइन भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्छ।

राज्यले विभिन्न समयमा सम्झौता गरी आदिवासी जनजाति र मधेसीलाई स्वायत्तता, स्वशासन लगाएको अधिकार संविधानमै प्रत्याभूत गर्ने प्रतिबद्धता नयाँ संविधानमा बेवास्ता गरिएको मात्र होइन, अन्तरिम संविधानमा संरक्षित भएको राज्यका हरेक निकायमा समानुपातिक समावेशिताका आधारमा सहभागिता (अन्तरिम संविधान धारा २१) भाषिक अधिकार (धारा ५.३) स्वायत्तता (धारा १३८.१) लगायतका अधिकार खोसिएको छ । नयाँ संविधान आदिवासी जनजाति र मधेसीका लागि फिलिपिनो जनताहरुमा अधिपत्य जमाउन र उनीहरुको भूमि खोस्न उपनिवेशवादीहरुले लागू गरेको ‘रिगालिएन डक्ट्रिन’ (रिगालियनको कानुन) भन्दा पृथक देखिएन।

संविधान एकथान कानुन बनाउने कागज मात्र थिएन राष्ट्र पुनर्निर्माण प्रक्रिया थियो । एकीकरणमाथि प्रश्न उठाउँदै आएकालाई समेत संविधान निर्माणको प्रक्रियामै समेटेर सकल नेपाली जनतालाई भावनात्मक रुपमा एकीकृत बनाउन मार्गचित्र कोर्ने अवसर थियो । तर जनजाति र मधेसीलाई प्रक्रियामा श्रेस्ता मिलाएर पाखा लगाइयो ।
विसं १८१४ र १८३१ को सन्धिअनुसार लिम्बूहरु आफ्ना राज्यसहित नेपालमा जोडिएका हुन् । तर आज आएर ती सन्धिहरुद्वारा प्राप्त गरेका स्वशासनसहितको भूमि तथा प्राकृतिक स्रोतको अधिकार खोसिएको छ । फरक छैन अन्य आदिवासी जनजातिहरुको अवस्था पनि ।

हामी जंगलका राजा भन्ने कुसुण्डा, राउटेलगायतका १० वटा आदिवासी जनजातिहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । आफ्नै थातथलोमा दिनप्रतिदिन बिरानो बन्दैछन् आदिवासी जनजातिहरु, चाहे त्यो राजधानीको नेवाः समुदाय होस् वा पूर्वको लाप्चा, हिमालको शेर्पा होस् वा मधेसका सन्थाल । एकीकरणको समयदेखि थातथलो, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत अन्य हैसियत गुमाउन सुरु भएको क्रम आजपर्यन्त निरन्तर चलिरहेको छ।

यी कुराका बावजुद पनि मधेसी र आदिवासी जनजातिले नेपालको सार्वभौभिकतामा गर्व नै गरेका छन् । किनकि नेपाल आदिवासी जनजातिहरुको आदिभूमिमा खडा भएको इतिहास साक्षी छ । यो तथ्य आदिवासी जनजातिले पनि राम्रै बुझेका छन् । नेपाल देश निर्माण गर्नुभन्दा हजारौं वर्ष अगाडिदेखि आदिवासी जनजाति यस थलोमा छन् ।

यो आदिवासीको उत्पत्ति थलो हो, जससँग उनीहरुको अस्तित्व, जीवन र पहिचान जोडिएकोले पहिचानसहितको संघीय राज्य संविधानमा उल्लेख गर्न खोजेको हो । त्यो नै उनीहरुको राष्ट्रप्रतिको अगाध आत्मीयताको प्रमाण हो । तर आदिवासी जनजाति र मधेसीको देशभक्तिप्रति प्रश्न उठाउँदै कहिलेकाहीँ अधिकारको मागलाई विखण्डनसँग जोड्न खोजिन्छ।

हुन त त्यो मानसिकता गोरखाली शासकहरुका ‘पल्लो किरातका लिम्बु, लाप्चा र भोटेहरुलाई विश्वास गर्न सकिँदैन र माझकिरातका बासिन्दाहरुको शुद्ध चित्त हुँदैन’ भन्ने मान्यताभन्दा पृथक देखिँदैन । अहिले पनि संविधानमा नागरिकताको सवालमा नेपालको सीमा क्षेत्रमा बस्ने मधेसी र आदिवासी जनजातिहरुलाई राष्ट्रियताको खतराका रुपमा नै हेरिएको छ।

वर्तमान राज्यको सिमाना निर्धारण हुँदा भूमिसँगै यी जनताहरु दुई देशका भूभागमा विभाजित भएका हुन् । त्यसबाट उनीहरु दिनदिनै अप्ठयारामा परेका छन् । नेपालको सीमा रक्षा गरेर बस्नेहरु पनि उनीहरु नै हुन् जसलाई पञ्चायती शासनकालदेखि नै शासकहरुले जहिले पनि नागरिकतासँग जोडेर राज्यविहीन (स्टेटलेस) बनाउन चाहन्छ । मधेसीलाई बिहारको भन्ने र पूर्वका जनजातिलाई दार्जिलिङको हो भनेर नागरिकता बनाउन प्रश्न सोधिनु सामान्य बनिसकेको छ।

नेपाल एकीकरण हो कि उपनिवेशीकरण हो भन्नेमा इतिहासकारमात्र होइन जनता नै विभाजित छन् । पृथ्वीनारायण शाह स्वयंले आफूले के गरेको भन्ने बारे प्रस्ट्याएका छन् । ‘मैले त षेलषाल छलछाम गरी संग्राम गरी शत्रु हटाई मुलुक साध्य गर्नु परि रहेको छ ।..’
नेपाल एकीकरण हो कि उपनिवेशीकरण हो भन्नेमा इतिहासकारमात्र होइन जनता नै विभाजित छन् । जसले जेसुकै तर्क गरे पनि पृथ्वीनारायण शाह स्वयंले आफूले के गरेको भन्ने बारे प्रस्ट्याएका छन् । ‘मैले त षेलषाल छलछाम गरी संग्राम गरी शत्रु हटाई मुलुक साध्य गर्नु परि रहेको छ । यस घडीमा मैले विवहाराध्य (धर्मशास्त्रमा आधारित न्याय) हेर्नु छैन । क्या अर्थले भन्या विबराध्याय हेर्र्या पछि त्यसमा कह्याको नगर्यान ज्यादा पाप लाग्छ । नहेर्यास त उस्तो पाप लाग्छ जस्तो लाग्दैन (रेवतीरमण खनाल पृ ७०)।’ यसबाट दुइटा कुरा देखिन्छ : पहिलो छलछाम र दोस्रो पाप नै थियो नेपाल एकीकरणको प्रक्रिया । त्यसैले जोड्न सकेन जनताको भावना।

राष्ट्रनिर्माण (नेसन बिल्डिङ)को एक पाटो एकीकरण पनि हो । एकीकरणले आदिवासी जनजातिको भूमि नेपालमा जोड्न त जोड्यो तर उनीहरुलाई भावनात्मक रुपले कहिल्यै जोड्न सकेन । आदिवासी जनजाति र मधेसीका लागि निकै पीडादायी छ एकीकरणको इतिहास । त्यसैले अधुरै देखिन्छ राष्ट्रनिर्माण प्रक्रिया नेपालमा । विश्लेषक सिके लालका अनुसार गोर्खाली साम्राज्य विस्तारले टिपेका खस ब्राम्हण समुदायका केही जातिहरुको निरन्तर वर्चस्व छ नेपालमा । त्यसमा तथ्यमा विवाद गर्नपर्ने कारण पनि छैन राज्य संरचना हेरे भइहाल्यो । 

इतिहास बदल्न त सकिन्न तर त्यसबाट शिक्षा लिँदै विगतका त्रुटिलाई राष्ट्र पुनर्निर्माणको माध्यमबाट वर्तमानमा सच्याउन सकिन्छ । त्यो अवसर संविधानसभाबाट संविधान बनाउँदा थियो । राज्यको हरेक अंगमा पूर्ण समानुपातिक समावेशी आदि संविधानमा सुनिश्चित गरेर नेपालमा बस्ने सकल समुदायको साझा देश बनाउन सकिन्छ
मुख्य कुरा के हो भने इतिहास बदल्न त सकिन्न तर त्यसबाट शिक्षा लिँदै विगतका त्रुटिलाई राष्ट्र पुनर्निर्माणको माध्यमबाट वर्तमानमा सच्याउन सकिन्छ । त्यो अवसर संविधानसभाबाट संविधान बनाउँदा थियो । पहिचानसहितको संघीय राज्य, पुच्छरबिनाको धर्मनिरपेक्ष राज्य, भाषिक विभेदको अन्त्य र जातीय जनसंख्याको आधारमा राज्यको हरेक अंगमा पूर्ण समानुपातिक समावेशी आदि संविधानमा सुनिश्चित गरेर सदासदाका लागि नेपालमा बस्ने सकल समुदायको साझा देश बनाउन सकिन्छ जसले गर्दा नेपाल एकीकरणमा हारेको वा अपमानित भएको महसुस गर्ने समुदायलाई आत्मैदेखि सम्बोधन हुने थियो।

अस्ट्रेलिया र क्यानडाले जस्तो इतिहासमा भएको अन्यायप्रति आदिवासीहरुसँग माफी मागेर चित्त बुझाउन सकिन्थ्यो । खैर‚ अबको राष्ट्र निर्माणमा मधेसी र आदिवासीसँग साझेदारी गर्न सक्नुपर्छ शासकहरुले । ठूलो भ्रम छ शासकहरुमा कि आफ्ना पार्टीका आदिवासी र मधेसीलाई राजनीतिक पद दिँदा त्यस समुदायको सहभागिता हुन्छ भनेर । त्यस प्रकारको सहभागिता सिर्फ खेताला लगाएजस्तै हो, जो ज्याला लिएर मालिककै खेतमा काम गर्छ ।

साँच्चै अर्थमा देश र भावनात्मक रुपमा जनतालाई जोड्न जरुरी छ । तर त्यो कार्य शासन सत्तामा हुने जातिहरुले नै गर्नुपर्छ । राजनीतिक प्रणाली र पुस्ता बदले पनि शासक जाति बदलिएको छैन । विश्व राजनीतिक परिदृश्यमा सरकार, राजनीतिक प्रणाली, कानुन र राज्यको भूगोल परिवर्तनशील देखिन्छ । त्यसैले यो गम्भीरतालाई महसुस गरौं । फेरि पनि जनता र देशलाई जोड्ने कि तोड्ने ? शासक वर्गले सोच्नुपर्छ।
(लेखक नेपालका आदिवासीहरुको मानवअधिकारसम्बन्धी वकिल समूह (LAHURNIP) का सचिव हुन् ।)
(इसमताबाट साभार) 

२०७२ पुस २९। लोकसेवा आयोगले सबै सरकारी निकायहरूलाई राज्यको ढुकुटीबाट पेन्सन पाउने कुनै पनि पदमा स्थायी नियुक्ति गर्दा लोकसेवाको परामर्श अनिवार्य रूपमा लिनुपर्ने जनाएको छ । परामर्श नलिए नियुक्ति प्रक्रिया नै खारेज गरिदिने चेतावनी पनि आयोगले दिएको छ । 

नयाँ संविधानको धारा २४३ को उपधारा (५) मा ‘नेपाल सरकारबाट निवृत्तिभरण (पेन्सन) पाउने पदमा लोकसेवा आयोगको परामर्शबिना स्थायी नियुक्ति गरिने छैन’ भन्ने प्रस्ट व्यवस्था गरिएको उल्लेख गर्दै आयोगले यो संवैधानिक व्यवस्थाविपरीत लोकसेवाको परामर्शबिना कुनै पनि निकायले गर्ने स्थायी नियुक्तिको प्रक्रियालाई खारेज गरिदिने जनाएको छ ।

लोकसेवाका अध्यक्ष उमेश मैनालीले संवैधानिक व्यवस्थाको अबज्ञा गरी निवृत्तिभरण पाउने गरी कुनै पनि पदमा नियुक्ति नगर्न सम्बन्धित सबै निकायलाई सचेत गराएको जानकारी दिए । आयोगको परामर्शबिना राष्ट्रिय अनुसन्धान विभागमा २० प्रतिशत पदमा गोप्य रूपमा पदपूर्ति गर्ने गरिन्छ । त्रिवि सेवा आयोग र शिक्षक सेवा आयोगले लोकसेवाको परामर्शबिना नै देशभरका विश्वविद्यालय र सरकारी विद्यालयमा स्थायी नियुक्तिको सिफारिस गर्दै आइरहेका छन् ।

‘सरकारबाट पेन्सन पाउने पदमा कुनै पनि सरकारी निकायले लोकसेवाको परामर्शबिना स्थायी नियुक्ति गरेको सूचना प्राप्त भएमा हामीले संवैधानिक व्यवस्थाअनुसार नियुक्ति प्रक्रिया नै खारेज गरिदिनेछौं,’ मैनालीले बताए ।

आयोगले शिक्षक सेवा आयोग र त्रिवि सेवा आयोगलाई लोकसेवाको प्रावधानअनुसार स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउन अख्तियारी दिने या आफ्नो प्रतिनिधि पठाउन सक्ने जानकारी आयोगका एक पदाधिकारीले दिए । ती अधिकारीका अनुसार लोकसेवाले राष्ट्रिय अनुसन्धान विभागलाई २० प्रतिशत पदमा गोप्य रूपमा स्थायी नियुक्ति गर्न दिएमा पनि संविधानविपरीत हुन्छ । विभागले ८० प्रतिशत पद भने लोकसेवाको परामर्श र संलग्नतामा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरेको छ । (कान्तिपुरबाट साभार) 

  • नवराज ढकाल । 
२०७२ पुस २८। ईपीएस भाषाका परीक्षार्थीले अबदेखि अनलाइनबाटै आवेदन फारम भर्न पाउने भएका छन्। ईपीएस कार्यालयले आगामी साता अनलाइन सिस्टम तयार पार्न टेन्डर आव्हान गर्दैछ। 

 तीन महिनाभित्र सिस्टम तयार भइसक्ने ईपीएसले जानकारी दिएको छ। विगत दुई वर्षदेखि अनलाइनबाट आवेदन भराउने योजना बनाइए पनि सफ्टवेयर निर्माण कार्य अघि बढाउन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । अब ईपीएस कार्यालयले आफ्नै कोषबाट खर्च गर्ने गरी अनलाइन प्रणाली विकास गर्न लागेको हो। 

इपिएस सञ्चालन कोषबाट खर्च गरेर अनलाइन आवेदन प्रणाली तयार पार्न लागिएको ईपीएसले जानकारी दिएको हो। यसका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ। काम गर्न दक्षिण कोरिया जानेले कोरियन भाषा परीक्षा पास गर्नुपर्छ। यसलाई ईपीएस परीक्षा भन्ने गरिएको छ।

ईपीएस कार्यालयका प्रमुख डिल्ली बास्तोलाले तीन महिनाभित्र अनलाइन सिस्टम तयार पारिसक्ने गरी काम अघि बढाइएको जानकारी दिए।'साधनस्रोतको अभाव छैन। ईपीएस कोष परिचालनबाट खर्च गरी सफ्टवेयर तयार पार्दैछौं।'

अहिलेको योजना अनुसार काम भएमा तीन महिनामै अनलाइन प्रणाली तयार भइसक्छ,' उनले भने। आगामी चैत वा वैशाखमा सन् २०१७ का लागि कोरिया काम गर्न जानेको आवेदन माग्ने तयारी ईपीएस शाखाले गरेको छ।

काम गर्न कोरिया जाने क्रेज अत्यधिक बढेको छ। बर्सेनि देशभरका युवा आवेदन दिन राजधानी तथा केही प्रमुख सहरसम्म धाउनुपर्ने बाध्यता छ। आवेदक धेरै हुँदा ईपीएसलाई व्यवस्थापन गर्न निकै कठिनाई हुने गरेको छ। 

विकट ग्रामीण क्षेत्रका युवा आवेदन दिन राजधानीसम्म धाउनुपर्दा समय र लागत खर्च बढेकाले ईपीएसले अनलाइन प्रणाली विकास गरी देशका जुनसुकै कुनाकाप्चाबाट पनि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। अनलाइन प्रणाली तयार भएपछि इन्टरनेट सेवा उपलब्ध भएका जुनसुकै ठाउँमा बसेर आवेदन दिन मिल्ने प्रमुख बास्तोलाले जानकारी दिए।

ईपीएस कार्यालयले अनलाइन सिस्टम तयार पार्न आगामी साता टेन्डर आह्‍वान गर्दैछ। 
फारम भर्न अनि परीक्षा दिनसमेत गरी परीक्षार्थी दुई पटकसम्म राजधानी धाउनुपर्ने भएकाले लागत खर्च निकै बढेको भन्दै विगतमा उनीहरूले निकै गुनासो गरेका थिए। एकैपटक ५० हजारभन्दा बढी परिक्षार्थी राजधानी आउँदा परीक्षा केन्द्र मिलाउन तथा सुरक्षा व्यवस्थापन गर्नसमेत कठिनाई भएको ईपीएसले बताएको छ। 

आगामी वर्षदेखि अनलाइनबाट आवेदन दिने व्यवस्था मिलाइने भए पनि परीक्षा भने अझै केही वर्षसम्म कागजीरूपमै सञ्चालन हुनेछ । पहिला आवेदन पूर्णरूपमा अनलाइनबाट कार्यान्वयन गरिसकेपछि दोस्रो चरणमा परीक्षा दिने व्यवस्था मिलाइने प्रमुख बास्तोलाले बताए। 

'चरणबद्धरूपमा अनलाइन प्रणाली लागू गर्दैछौं । दुईतीन वर्षभित्र परीक्षा पनि अनलाइनबाटै गर्ने व्यवस्था हुन्छ', उनले भने। ईपीएसले गत वर्षदेखि राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरेको हो।

नेपालले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत प्रशिक्षार्थी कामदार कोरिया पठाउन थालेको हो। कोरिया वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक मुलुक हो। यो मुलुकमा जानेले न्यूनतम मासिक एक लाख नौ हजार रुपैयाँ कमाउन सक्छन्। 

कृषि र उत्पादनमूलक क्षेत्रमा नेपालीले काम गरिरहेका छन्। कोरियामा अहिले ३४ हजार नेपाली कामदार छन् । सन् २०१६ मा थप कामदार जाँदैछन्। नेपाली कामदारसँग कोरियाली रोजगारदाता पनि सन्तुष्ट छन्। नेपालले राम्रो काम गरेको पुरस्कारसमेत प्राप्त गरिसकेको छ। 

ईपीएसमा दुवै देशबीच सरकारी तवरबाट मात्र कामदार आदानप्रदान हुन्छ। यस प्रणालीमा म्यानपावरले कामदार पठाउन पाउँदैनन् । कोरियाले नेपालीसहित विभिन्न १५ वटा मुलुकबाट ईपीएस (रोजगार अनुमति प्रणाली) प्रणालीबाट कामदार लिने गरेको छ।

एमआरपी अनिवार्य
ईपीएसमा नक्कली परीक्षार्थी बढ्न थालेपछि अबदेखि आवेदन दिँदा नै एमआरपी (मेसिन रिडेवल पासपोर्ट) अनिवार्य गरिने भएको छ। एमआरपी भएपछि फोटो प्रस्ट चिनिने र अरूको नाममा परीक्षा दिनसमेत कठिन हुने भएकाले अबदेखि अनिवार्य गर्न लागिएको ईपीएस कार्यालयका प्रमुख बास्तोलाले जानकारी दिए। 

गएको परीक्षामा दर्जनौं नक्कली परीक्षार्थी समातिएपछि यस्ता प्रवृत्ति निरुत्साहित गर्न ईपीएस कार्यालय र एचआरडी कोरियाको संयुक्त पहलमा एमआरपी अनिवार्य गर्न लागिएको हो। विगतमा फारम भर्न एमआरपी नभए पनि हुने प्रावधान थियो। (अन्नपूर्ण पोष्टबाट) 

  • राजेन्द्र महर्जन 
पृथ्वीनारायण-एकीकरण इतिहासको पुनः व्याख्या 

समाजशास्त्री डा. चैतन्य मिश्र– ‘नेपालमा एकीकरणको प्रक्रियालाई केवल पृथ्वीनारायण शाहको रहस्यमय कार्य वा लीला ठानियो । अर्थात् पृथ्वीनारायण शाहको उदय र सिङ्गो मुलुकको एकीकरणको प्रक्रियालाई वैयक्तिक र बढीमा आन्तरिक कारणहरूको उपजमात्र ठानियो । नेपालभित्र त्यसताका भइराखेका आन्तरिक द्वन्द्व, आन्दोलन र प्रक्रियालाई पृथ्वीनारायण शाह वा एकीकरणसँग जोडेर हेरिएन । यसलाई विश्व र दक्षिण एसियाको परिवेश तथा घटनाचक्रसँग जोड्ने प्रयास नै भएन । एकीकरणको प्रक्रियामा पृथ्वीनारायणलाई एकल-पात्रका रूपमा चित्रण गरियो । अरू देशमा पनि यस्तै चलन नभएको होइन ।’ 
कहिल्यै सूर्य नडुब्ने हदसम्म विश्वमा आफ्नो औपनिवेशिक सत्ता कायम गरेको बेलायतका स्कुलमा पढाइने इतिहास अङ्ग्रेजहरूको वीरगाथाले भरिपूर्ण हुन्छ, किन ? इतिहासका किताबमा भारतदेखि दक्षिण अफ्रिकासम्म गरिएको लामो र सिङ्गो औपनिवेशिक ध्वंशले ज्यादै थोरै ठाउँ ओगटेको पाइन्छ, किन ? जापानी सत्ताले चीन, कोरिया र अन्य दक्षिणपूर्वी एसियाली मुलुकमा बीसौँ शताब्दीको पूर्वार्द्धमा मच्चाएको व्यापक र हृदयविदारक साम्राज्यवादी व्यवहार जापानका स्कुलका पाठ्यपुस्तकमा अङ्कित समेत गरिएको छैन, किन ? सिङ्गो उत्तर र दक्षिण अमेरिकामा युरोपेली मुलुक र पुँजीपतिहरूले गरेको संहारको उचित वर्णन र व्याख्या स्कुलका पाठ्यपुस्तकमा भेटिन्न, किन ? र, किन नेपालका इतिहास, राजनीति र समाजका किताबमा पनि ‘राष्ट्रिय एकीकरणका प्रणेता’ पृथ्वीनारायण शाहको गौरवगाथा र ‘छत्तीस जातको फूलबारी’को कथामात्रै लेखिएको पाइन्छ ? किन इतिहास-लेखन, शिक्षाको प्रचार-प्रसार र पाठ्यपुस्तक निर्माणमा ‘राष्ट्रिय एकीकरण’को नाममा उनले गरेका नरसंहार, आर्थिक लुट र जातीय थिचोमिचोलाई पूरै बेवास्ता गरिएको होला ?

यस्ता थुप्रै प्रश्नको जवाफ खोज्न इतिहास र सत्ताको, शिक्षा र सरकारको, मिडियादेखि पाठ्यपुस्तकको, इतिहासकार, लेखक, पत्रकार अनि राज्य वा राजनीतिको सुमधुर सम्बन्ध र अन्योन्याश्रितपनासम्म जानुपर्ने हुन्छ । कुनै पनि सत्ता, राज्य र सरकारले आफ्नो वर्ग, वर्गस्वार्थ, स्वार्थजन्य संस्कृतिअनुरुप ज्ञानको उत्पादन, शिक्षाको प्रचार र लेखनकर्म गर्छन्-गराउँछन् । यस अर्थमा सत्ता र सत्तामा आसीन शासकपक्षीय इतिहास लेखन, शिक्षा र पाठ्यपुस्तकमार्फत प्रचारबाजी र स्कुल-क्याम्पसमा विद्यार्थीहरूमा पठनपाठन सर्वत्र जारी छ । यसबाट न त बेलायतदेखि जापान अछुता छन्, न त अमेरिकादेखि नेपाल नै अलग्ग रहेका छन् ।

कतिसम्म भने संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि पृथ्वीनारायण शाह, नेपालको एकीकरण वा नेपाल राज्यको निर्माणका इतिहासबारे मिडियामा आउने सामग्रीसमेत यही पुरानै सामन्ती सत्ताद्वारा पोषित ज्ञान र शाहवंशीय केन्द्रीकृत राज्यनिर्देशित संस्कृतिअनुसार हुनु यसकै थप दृष्टान्त हुन् । यसले ज्ञानको उत्पादन, संस्कृतिको निर्माणमा मात्रै होइन, मिडिया, सञ्चारमाध्यम, सूचनाको सम्प्रेषण र लेखन-पत्रकारितामा पनि लोकतान्त्रिक विचार, जनमुखी संस्कृति र वस्तुवादी दृष्टिकोणको अभावतिरै जबर्जस्त संकेत गर्छ । र, आफूलाई एक से एक वामपन्थी नेता र राजनीतिक विश्लेषण भन्न रुचाउनेहरुले पनि सामन्ती सत्ताद्वारा पोषित ज्ञान, शिक्षा र संस्कृतिकै पुनःउत्पादन गर्दै आफ्नो वैचारिक दरिद्रताको उदाहरण दिएको पुष्टि हुन्छ ।

पुस २७ वा अन्य कुनै प्रसंगमा आउने पृथ्वीनारायण शाह र नेपालको एकीकरणसम्बन्धी सामग्रीमा फेरि पनि पुरानै सत्ताद्वारा पोषित ज्ञान र दृष्टिकोणको बाहुल्यता रहेको छ, त्यसमाथि कथंकदाचित उठाइने सन्देह, प्रश्न र बहसलाई अराष्ट्रिय, अनेकतावादी वा विखण्डनवादी आरोप लगाइने गरिन्छ । पृथ्वीनारायण शाह र नेपालको एकीकरणसम्बन्धी सामग्रीमा शाहद्वारा गरिएको सैनिक विजयलाई साङ्गोपाङ्गो खोज, अध्ययन र विश्लेषणको खडेरी छ । त्यस्तै खडेरीग्रस्त सामग्रीलाई नै समग्र राष्ट्रिय दृष्टिकोणको रुपमा एकोहोरो थोपर्ने काम भइरहेको छ । यसलाई राष्ट्रिय स्तरको वैचारिक बहसको विषय बनाइएको छैन, कदापि बनाइँदैन पनि होला । उनीहरुका स्वार्थ र दृष्टिकोणको साँघुरो घेरा हेर्दा शाहद्वारा गरिएको सैनिक विजय, त्यसको उद्देश्य र नियत, युद्धको क्रममा भएका उत्पीडन र शोषणको खोज र विश्लेषण गरियो भने, त्यसलाई शिक्षा, पाठ्यपुस्तक र मिडियामार्फत प्रचार गरियो भने ‘राष्ट्रिय एकता’ ध्वस्त हुनेछ भन्ने त्रस्त धारणा लिएर उनीहरु बसेको भान हुन्छ । 

के नेपाल भनेकै पृथ्वीनारायण शाह नामक राजा वा व्यक्ति हुन् र, जसको सैनिक विजयबारे प्रश्न उठाइयो भने नेपालको राष्ट्रियता नै नष्ट हुन्छ ? यस्तै दृष्टिकोण र विश्लेषण कसैको छ भने त्यो नेपाल र नेपाली जनताको ठूलो अवमूल्यन हो, वास्तविक राजनीतिक, आर्थिक र सांस्कृतिक इतिहासको सही प्रतिविम्बन होइन ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने पवित्र उद्देश्यले होइन, ठूल-ठूला राज्य, धेरै बिर्ता, धेरै जमिन, धेरै आर्थिक नाका, धेरै कुत बुझाउने जनता, धेरै सम्पत्ति कब्जा गरी बडामहाराजा बन्ने सपनासहित सैनिक अभियान चलाएको तथ्य सार्वजनिक गर्दैमा के नेपालको राष्ट्रिय एकता विनास हुन्छ ? सैनिक अभियान चलाउने क्रममा उनले देशभरि मच्चाएको नरसंहार, जातीय विनास र आर्थिक लुटपाटको लेखाजोखासहितको इतिहास लेखन र पठनपाठन गर्दैमा नेपाल विखण्डित हुन्छ ? के नेपाल भनेकै पृथ्वीनारायण शाह नामक राजा वा व्यक्ति हुन् र, जसको सैनिक विजयबारे प्रश्न उठाइयो भने नेपालको राष्ट्रियता नै नष्ट हुन्छ ? यस्तै दृष्टिकोण र विश्लेषण कसैको छ भने त्यो नेपाल र नेपाली जनताको ठूलो अवमूल्यन हो, वास्तविक राजनीतिक, आर्थिक र सांस्कृतिक इतिहासको सही प्रतिविम्बन होइन । यो त राजा-महाराजाजस्ता व्यक्तिलाई नै देश मान्ने वा कुनै महान् नायकका वा कुनै राजतन्त्रजस्तो संस्थालाई नै राष्ट्र ठान्ने सामन्ती सोचाइको अभिव्यक्ति हो ।

व्यक्तिलाई हर्ताकर्ता ठान्ने र व्यक्तिगत नायकत्वलाई राष्ट्रिय अभियान मान्ने र ती सबैलाई आन्तरिक अवस्था र बाहृय परिस्थितिभन्दा भिन्नै अलौकिक प्रयासको रुपमा विश्लेषण गर्ने महारोग पनि शाहलाई राष्ट्रिय एकीकरणका प्रणेता ठान्नेहरुमा दृष्टिदोषको स्तरमा देखिएको छ । समाजशास्त्री डा. चैतन्य मिश्रको भाषामा भन्ने हो भने, ‘नेपालमा एकीकरणको प्रक्रियालाई केवल पृथ्वीनारायण शाहको रहस्यमय कार्य वा लीला ठानियो । अर्थात् पृथ्वीनारायण शाहको उदय र सिङ्गो मुलुकको एकीकरणको प्रक्रियालाई वैयक्तिक र बढीमा आन्तरिक कारणहरूको उपजमात्र ठानियो । नेपालभित्र त्यसताका भइराखेका आन्तरिक द्वन्द्व, आन्दोलन र प्रक्रियालाई पृथ्वीनारायण शाह वा एकीकरणसँग जोडेर हेरिएन । यसलाई विश्व र दक्षिण एसियाको परिवेश तथा घटनाचक्रसँग जोड्ने प्रयास नै भएन । एकीकरणको प्रक्रियामा पृथ्वीनारायणलाई एकल-पात्रका रूपमा चित्रण गरियो । अरू देशमा पनि यस्तै चलन नभएको होइन ।’ 

सामन्ती सत्ता र सत्ताको दबदबाअनुसार आफ्नो सोचाइ बनाउनेहरु पृथ्वीनारायण शाह र ‘राष्ट्रिय एकीकरण’लाई कसरी निर्क्यौल गर्ने भन्नेबारे पनि भिन्न-भिन्न दृष्टिकोण रहेकै तथ्य स्वीकार्न समेत तयार छैनन् । उनीहरु त व्यक्ति र संस्थालाई नै ‘राष्ट्र’ मान्ने र ‘राष्ट्रिय एकताको प्रतीक’ ठान्ने सामन्ती संस्कृतिकै पुनःउत्पादनमा उद्यत छन् ।
डा. मिश्रको ठम्याइ छ, ‘जतिखेर नेपालमा एकीकरण भइरहेको थियो, त्यतिबेला अङ्ग्रेजहरूको भारतीय भूभागमा बलियो उपस्थिति हुन लागेको थियो र त्यसले त्यहाँ ठूलो उथलपुथल जन्माइरहेको थियो । इष्ट इन्डिया कम्पनीले लागू गरेको भूमिव्यवस्था, त्यहाँ उत्पन्न अन्य अस्थिरता र द्वन्द्वले त्यहाँको समाजलाई हुँडलिरहेको थियो । त्यसले नेपाली भूभागमा पनि तरङ्ग ल्याइरहेको थियो । महाराष्ट्र, पञ्जाब र उत्तर प्रदेशमा राजारजौटालगायत कृषकहरूमा असन्तोष र सङ्घर्ष व्याप्त भइरहेको थियो । त्यस अस्तव्यस्तताले पृथ्वीनारायणलाई क्षेत्र विस्तार गर्ने बाध्यता र मौका दुवै मिल्यो ।’

त्यो अवधिमा पृथ्वीनारायण एकजना नायक थिए, त्यो नायकत्वको चरित्रमाथि भने बहस हुन सक्छ, हुनुपर्छ । उनलाई नायक बनाउनमा बाहृय कारकतत्वको भूमिकाबारे पनि ठोस विश्लेषण गरिएको छैन, केवल उनले थालेको सैनिक अभियानवश भएको नेपालको भौगोलिक एकीकरणको मात्र महिमागान गाउनु भनेको अप्रत्यक्ष रुपमा राजतन्त्रप्रतिको गुणगानबाहेक केही हुन सक्दैन ।

सामन्ती सत्ता र सत्ताको दबदबाअनुसार आफ्नो सोचाइ बनाउनेहरु पृथ्वीनारायण शाह र ‘राष्ट्रिय एकीकरण’लाई कसरी निर्क्यौल गर्ने भन्नेबारे पनि भिन्न-भिन्न दृष्टिकोण रहेकै तथ्य स्वीकार्न समेत तयार छैनन् । उनीहरु त व्यक्ति र संस्थालाई नै ‘राष्ट्र’ मान्ने र ‘राष्ट्रिय एकताको प्रतीक’ ठान्ने सामन्ती संस्कृतिकै पुनःउत्पादनमा उद्यत छन् । उनीहरुकै तर्कको खेतीअनुसार पृथ्वीनारायण शाहले ‘राष्ट्रिय एकीकरण’ गरी आधुनिक नयाँ नेपाल राष्ट्र निर्माण गर्ने पवित्र उद्देश्यका साथ उपत्यकादेखि बाइसे-चौबीसे राज्यहरुलाई एकीकृत गरेका थिए, त्यसैले उनी राष्ट्रिय एकीकरणका प्रणेता हुन्, त्यसको जयजयकार गर्नु जरुरी छ ।

यही तर्कलाई छिमेकका छ सय वटा देशको एकीकरणसम्म तन्काउने हो भने सयौँ स्वतन्त्र राज्यमा विभाजित भारतको एकीकरणको श्रेय ब्रिटिस साम्राज्यवादलाई दिनुपर्छ । र, भारतको राष्ट्रिय एकीकरणको प्रणेता भन्दै ब्रिटिस साम्राज्यवादका शासक एलिजाबेथहरुको शालिक प्रत्येक चौराहामा खडा गर्नुपर्छ । तर भारतको इतिहास लेखन र पठनपाठनमा एउटा स्पष्ट धारणा रहेको छ, ब्रिटिस साम्राज्यवादले भारतलाई आधुनिक विशाल देश बनाउने पवित्र उद्देश्य र महान लक्ष्यका साथ भारतको राष्ट्रिय एकीकरण गरेको होइन । अतः उसलाई भारतको राष्ट्रिय एकीकरणको प्रणेताको रुपमा पूजा-अर्चना गर्नु देश र जनताप्रति अन्याय गर्नु ठहरिने छ ।

निःसन्देह, संसारका धेरैजसो आधुनिक देशको निर्माण कुनै साम्राज्यवादी अभियान, कुनै साम्राज्यवादी शासकका महत्त्वाकांक्षा वा राजा-महाराजाका राज्य-विस्तारकै क्रममा भएका हुन् । अठारौँ शताब्दीमा बनेका इटाली, जर्मनी र भारतको इतिहासमा पनि साना ठूला राज्य र जातीय समुदायको विनासकै पुनरावृत्ति देखिन्छ । यसरी हेर्दा अपवादका आधुनिक देशबाहेक सबैजसो देशको निर्माण वा विनिर्माणमा कुनै खास शासक, राजा-महाराजा, कुनै व्यक्ति वा साम्राज्यको भूमिकालाई अस्वीकार गर्न मिल्दैन । त्यस्तो ऐतिहासिक भूमिकालाई यथोचित मूल्यांकन गर्नु पनि पर्छ, जुन निर्विवाद वस्तगुत सत्य हो ।

कुनै सामन्ती राजाले व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षाले वशीभूत भई सैनिक अभियान चलाउने क्रममा जुन ढंगले एकीकृत नेपाल देशको निर्माण गरे, त्यसलाई ठाडै अस्वीकार गरेर, नेपाल देशकै नाम फेरेर इतिहासलाई नै भताभुंग पार्ने भनेको कदापि होइन । नेपालको इतिहासलाई मेटेर, इतिहासले कोरेको नेपालको सिमानालाई भत्काएर पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने माग कसैको हुन सक्दैन ।
त्यसरी यथोचित मूल्यांकन गर्ने नाममा बलात्कार गरी बच्चा जन्माउने व्यक्तिलाई ‘पिता’को सम्मान दिइँदैन भन्ने तीतो तथ्यलाई पनि बेवास्ता गर्न मिल्दैन । त्यसरी नै सम्मान गर्ने नाममा बलात्कारी र दमनकारीहरुलाई पनि राष्ट्रिय एकीकरणको प्रणेताको रुपमा पूजा-आजा गर्न थालियो भने प्रत्येक राजा-महाराजा, राजतन्त्र वा साम्राज्यको अर्चना गरिरहनुपर्ने ‘राष्ट्रिय दुःख’ पनि बहन गर्नुपर्ने हुन्छ । र, शासक वा साम्राज्यको पूजा-अर्चना गर्ने ‘राष्ट्रिय दुःख’ बोक्दा हुने सबैभन्दा राष्ट्रिय पीडा भनेको नेपाल, नेपाली जनता र देश-जनताको संघर्षको बदख्वाइँको पीडा हुनेछ । पृथ्वीनारायण शाहलाई ‘राष्ट्रिय एकीकरण’का प्रणेताको रुपमा जयजयकार गरिरहँदा पनि नेपाली जनता महान संघर्ष र ठूलो बलिदानपछि स्थापना गरेको लोकतान्त्रिक गणतन्त्र र बहुदलवादी सोच र संस्कृति तथा जाति-भाषा-क्षेत्र-स्रोत-साधनअनुकूलको संघीय राज्यको बेइज्जत भइरहेको तथ्य बिर्सन मिल्दैन ।

यस्ता राष्ट्रिय दुःख र पीडाबाट मुक्त हुनु भनेको कुनै सामन्ती राजाले व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षाले वशीभूत भई सैनिक अभियान चलाउने क्रममा जुन ढंगले एकीकृत नेपाल देशको निर्माण गरे, त्यसलाई ठाडै अस्वीकार गरेर, नेपाल देशकै नाम फेरेर इतिहासलाई नै भताभुंग पार्ने भनेको कदापि होइन । नेपालको इतिहासलाई मेटेर, इतिहासले कोरेको नेपालको सिमानालाई भत्काएर पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने माग कसैको हुन सक्दैन ।

हो, इतिहासको सरकारी व्याख्यालाई उल्टाएर वास्तविक पुनःव्याख्या गर्नु र इतिहासका रोगहरुको चिरफार गर्दै वर्तमानमा थिचोमिचो, उत्पीडन र शोषणको अन्त्य गर्नु नै इतिहासप्रति पनि न्याय गर्नु ठहरिन्छ । उत्पीडन र शोषणले भरिएको इतिहासबाट मुक्तिका लागि सत्ता र राज्यको स्वत्व र चरित्रमा परिवर्तन आउन लागेको यो वेला सत्तासँग गाँसिएको इतिहासको व्याख्या-पुनःव्याख्या र लेखन-पुनःलेखन जरुरी हुन्छ, पुरानो सत्ता र इतिहासको अन्योन्याश्रित सम्बन्ध रहेको कारणले । किनभने इतिहास भनेको केवल सत्तासँग मात्रै प्रत्यक्षतः गाँसिएको विषय होइन, न त स्कुल-क्याम्पसका पाठ्यपुस्तक र शिक्षासँग मात्रै टाँसिएको प्रश्न हो । यसको पृष्ठभूमिमा ठूलो आर्थिक, राजनीतिक र सांस्कृतिक मुद्दा रहेको छ, जुन पहाडिया हिन्दू खस-बाहुन पुरुष अभिजात वर्गको प्रभुत्व, उत्पीडन-शोषणबाट समग्र मुक्तिसँग जोडिएका छन् ।

यो मुद्दा लोकतान्त्रिक, जनमुखी र बहुलवादी समाज र संस्कृति निर्माणका लागि आवश्यक राजनीतिक-आर्थिक र सामाजिक आधारमा आमूल परिवर्नतसँग जोडिएको सवाल हो । किनभने वस्तुवादी र आलोचनात्मक चेतको अस्त्रले इतिहासको सही शवपरीक्षा गर्न सकिएन भने तपाईं-हामी सबैको दृष्टिलाई त्यो इतिहासको शवले ठुङ्गिरहन्छ, वर्तमानलाई सही ढंगले चिरफार गर्न तपाईं-हामीलाई असमर्थ बनाउँछ र हामी अग्रगामी, लोकतान्त्रिक र जनमुखी होइन, पश्चगामी, यथास्थितिवादी, अलोकतान्त्रिक बन्न बाध्य पार्ने यत्न गरिरहन्छ ।
साभार: इसमताबाट ।

२०७२ पुष २६ । कृषि विकास बैंकले झण्डै ३ सय सिटका लागि नयाँ आवेदन माग गरेको छ। एक सूचना जारी गर्दै बैंकले प्रशासन सेवा अन्तर्गत व्यवसाय सहायकस्तर प्रथम  श्रेणीमा ४० जना कर्मचारी मागेको छ। यसका लागि व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण हुनेले आवेदन दिन सक्नेछन्। 

जसअन्तर्गत खुल्लातर्फ २२ जना, महिलातर्फ ५ जना, जनजातितर्फ ५ जना, मधेसीतर्फ ४ जना, दलिततर्फ २, अपांगतर्फ १ र पिछडिएको क्षेत्रबाट १ जनाको कोटा छुट्याइएको छ। 

त्यस्तै लेखापाल सहायक द्वीतिय श्रेणीमा २ सय ५८ जना स्थायी पदपूर्ति गर्न लागेको जनाएको छ। यसका लागि मानविकी संकायमा अर्थशास्त्र पढेका प्रवीणता प्रमाणपत्र वा १२ कक्षा पास गरेकाले आवेदन दिन सक्नेछन्। 

माग गरिएका कर्मचारीहरु काठमाडौंका लागि १ सय १४, बिराटनगरका लागि ७३ र नेपालगञ्जका लागि ७१ जनाको पदपूर्ति हुने बैंकले जानकारी दिएको छ। 
(सेतोपाटीबाट) 



२०७२ पुस २४। किरात पुमा राई तुप्खाबाङ्खाला हङकङले सांगितिक साँझको भव्य अायोजना गर्ने भएको छ। अागामी मार्च १३ तारिखका लागि कार्यक्रम गर्ने तय भएको छ। खोटाङ, चिसापानीस्थित किरात पुमा राई संग्रहालय भवन निर्माणार्थ सो कार्यक्रम आयोजना गरिएको अायोजकले जनाएको छ। 

कार्यक्रमलाई भव्य बनाउन नेपालबाट गायकहरु राजेश पायल राई, जुना प्रसाईं, राजेश पुमा, कमेडियन पार्वन राई नृत्यकार गीता राई लगायत चर्चित कलाकारहरुलाई निमन्त्रणा गरिएको छ। संग्रहालय निर्माणका लागि डेड वर्ष अगाडि अायोजित सांगितिक साँझबाटै जग्गाको व्यवस्था भई सकेको किरात पुमा राई तुप्खाबाङ्खाला हङकङले जानकारी गराएको छ।

जनवरी ३ तारिख जानकारीसभाको अयोजना गरी किरात पुमा राई संगितिक साझको लागि तुप्खाबाङ्खाला हङकङले भव्य तयारी थालेको हो।

 


 




  • ससाङ्ग लामा 
२०७२ पुस २३। पछिल्लो समयमा राष्ट्रियता, देशप्रेम र नेपालीत्वबारे सन्चारमाध्यमहरुमा खासगरी विद्युतीय समाचार्-पत्र (अनलाइन पत्रिका), ब्लग र मुहार पुस्तिका (फेसबुक) आदिहरुमा थुप्रै विचार, प्रायोजित हल्ला र स्यालहुइँयाहरु प्रकाशमा आए | राजनीतिक वृत्तमै फलाना ‘र’को एजेन्ट, ढिस्काना साउथ ब्लकको नोकर, तिस्काना भारतीय राजदूतको धुपौरे आदि इत्यादि लान्छना लगाएर एकअर्काको राष्ट्रियतामै प्रश्नचिन्ह खडा गरे |

भारतविरोधी मानसिकता नेपालीहरुमा पहिलेदेखि नै थियो | पञ्चायतको नचाहिँदो राष्ट्रवादले भारतलाई घृणा गर्न हामीलाई सिकायो र त्यही घृणामा टेकेर राजा र पञ्चेले लामो समयसम्म हामीमाथि एकछत्र शासन गरे | अब रह्यो भारतीय हेपाइ र हस्तक्षेपको कुरा- ठुला देशहरुले फुच्चे देशहरुलाई विभिन्न मामिलामा औंला ठड्याउने र हस्तक्षेप गर्ने काम संसारकै चलेको नियम हो । नेपाल अपवादभित्र पर्दैन | तर त्यस्ता बलमिच्याइँहरुलाई साम, दाम, दण्ड, भेद, नीति अपनाइ बडो कुशलतापूर्वक सामना गर्नुपर्नेमा नेपालजस्तो ख्याउटे देशले एकोहोरो रुपमा “धोती मुर्दावाद” भनी हरहमेशा सडकमा उफ्रने मात्र काम गरेको खण्डमा सडकको धुलो सिवाय केही भेट्दैन |

पञ्चायतको ‘राष्ट्रवादी’ राजनीतिलाई गणतन्त्रेहरुले पनि अनुसरण गरेको देख्दा नेपालमा भएको परिवर्तनको उपहास भएको छ र अनि ‘राष्ट्रवाद’को कार्डलाई बहुसंख्यक नेपालीले अझैसम्म पञ्चायती आँखाले हेरेको देख्दा जनतामा राजनीतिक चेतना आएको भन्न सकिन्न |
संयुक्त राज्य अमेरिका, बेलायत, रुस, चीन र अन्य दादा भै टोपल्ने देशहरुले आआफ्ना प्रभुत्वमा रहेका देशहरुमा बेलाबेलामा मुड्की उज्याउँदै आएका छन् | फुच्चे देशका केही कुशल शासकहरु त्यस्ता दादागिरीलाई कूटनीतिक रुपमा सल्टाउँछन् | तर हाम्रा राजनीतिज्ञहरु अत्यन्तै गैरजिम्मेवारीपूर्ण त्यस्ता मामिलालाई सडकबाट सल्टाउन खोज्छन् | “राष्ट्रियतामा आँच” नारा उरालेर जनताको भावनासँग खेलबाड गर्छन् |

पञ्चायती र गणतन्त्रीय राष्ट्रवादमा खोइ के फरक रह्यो र ?
पञ्चायतकालदेखि नै हाम्रो नेपाली राष्ट्रियता हामीसँगै छ र त्यो राष्ट्रियता भासिएको, मासिएको र नासिएको छैन | सत्ताच्युत भएका राजनीतिक पार्टीहरुले बेलाबेलामा ‘राष्ट्रियता’, ‘राष्ट्रिय अखण्डता’ र सार्वभौमसत्तामा आँच आएको जस्ता झेली कुराहरु गरेर जनताको ध्यान आफूतिर तान्न कोसिस गर्छन् | “राजा नरहे देश रहन्न, कांग्रेस नरहे प्रजातन्त्र मासिन्छ” भनेर पहिले पहिले धेरै भट्ट्याउँथे | राजा रहेनन्, देश जिउँदै छ र कांग्रेस खुम्चेको छ तर ‘प्रजातन्त्र’ फस्टाएर ‘लोकतन्त्र’ भएको छ |

मेचीपारिबाट र अन्य भारतीय सीमाक्षेत्रमा बेलाबेला अतिक्रमणहरु हुने गर्छन् | बेलुकी नेपालमा सुतेको मनिस भोलिपल्ट भारतमा बिउँझेको घटना पनि छन् | अवश्य पनि यो राष्ट्रिय अखण्डतामा आँच हो | के निहुँ पाउँ र सत्तासीनलाई हिङ हालूँ भनेर दाउ छोपेर बसेका प्रतिपक्षलाई यो त ठुलो खुराक भैहाल्यो | त्यतिबेला उनीहरुको राष्ट्रवाद हेरिनसक्नु पो हुन्छ त ! धर्ना, टायर-जलन, चक्काजाम र नेपाल बन्द गरेर अघ्घोरै राष्ट्रवादी पो भैटोपल्छन् त ! भारतीय मूलका नेपालीहरुलाई पनि कुटुँला र मारुँला झैँ गर्ने आँधो राष्ट्रवादीहरु पनि देखिन्छन् |

जग्गा मिच्यो भने मिच्नेसँग कुरा गर्ने कि सडकमा बच्चा जस्तो उफ्रने ? भारतको प्रान्तीय र केन्द्र सरकारसँग कुरो गर्ने र अटेर गरे संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्न सत्तासीनलाई पो दबाब दिनुपर्छ | समस्यालाई कूटनीतिक रुपमा सत्तासीन र प्रतिपक्ष मिलेर पो सल्टाउनुपर्छ | राष्ट्रियताको नाममा दैनिक जनजीवनलाई अस्तब्यस्त पारेर, आक्रोशित बनाएर, उचालेर, उग्र नाराहरु उरालेर जनतालाई सडकमा किन घचेट्ने ? साउथ ब्लकमा बसेर हुन्छ कि सिंहदरबारमा बसेर हुन्छ देशको राष्ट्रियता जोगाउने कामको लागि हामीले नेताहरुलाई चुनेर पठाएका नै छौं क्यारे ! सबै मामिला सडकैमा फालिन्छ भने नेताको के काम ?

तथाकथित यी राष्ट्रिय प्रतीकलाई फेर्दैमा हाम्रो राष्ट्रियता नासिने कस्तो चुत्था राष्ट्रियता रहेछ त ! सुरुवालको इँजारमै हाम्रो राष्ट्रियता झुण्डेको छ, दौराको तुनामै हाम्रो राष्ट्रियता अड्केको छ र ढाका टोपीले ले नै राष्ट्रियता टिकाएको छ भनेर कसैले भन्छ भने त्योभन्दा हास्यास्पद कुरो अरु के हुन सक्छ ?
पञ्चायतको ‘राष्ट्रवादी’ राजनीतिलाई गणतन्त्रेहरुले पनि अनुसरण गरेको देख्दा नेपालमा भएको परिवर्तनको उपहास भएको छ र अनि ‘राष्ट्रवाद’को कार्डलाई बहुसंख्यक नेपालीले अझैसम्म पञ्चायती आँखाले हेरेको देख्दा जनतामा राजनीतिक चेतना आएको भन्न सकिन्न |

मौन र मुखर बौद्धिकहरुलाई प्रश्न
अब राष्ट्रियताको अर्को प्रसंग कोट्याऊँ- पञ्चायतकालमा प्रतिष्ठापित गरिएका राष्ट्रिय प्रतीकहरु जस्तै गाई, पोशाक, टोपी आदिलाई समयानुकूल परिवर्तन गर्न उपर्युक्त हुन्छ भनी माओवादी र जनताका केही तप्काले आवाज उठाएका थिए | यस्तो आवाज उठेको मात्र के थियो, राष्ट्रियतामा आँच आउने, सार्वभौमसत्तामा धक्का पर्ने, हाम्रो चिनारी नै नासिने र परिचय नै निमिट्यान्न हुने भनी अर्को तप्काले त्यसको जोडदार प्रतिरोध गरेका थिए |

गाई, पोशाक, टोपी आदि राष्ट्रियताकै पर्यायवाची शब्दहरु हुन् भनी दलील पेश गर्दै तिनै चीजले नेपाललाई विश्वसामु चिनाएको र तीबिना हामी परिचयविहीन हुने तर्क पेश गरेका थिए | बस्तुले राष्ट्रियता प्रतिनिधित्व गर्ने यो कस्तो लंगडो तर्क ! निरक्षर र अर्धशिक्षितले ज्ञानको कमीले यसो भन्नु कुनै आश्चर्यजनक कुरो भएन | तर उच्च शिक्षा हासिल गरेका ज्ञानीहरुले पनि राष्ट्रियता भनेको ढाका टोपी, दौरा-सुरुवाल, गाई आदि हुन् भन्ने जस्ता हलुका विश्लेषण गर्छन् भने एकथरि ज्ञानीहरु चुप बसेर मौन समर्थन गरेको पाइन्छ | यी मौनधारी बौद्धिक अवसरवादीहरु समाजको घातक तत्वहरु हुन् र परिवर्तनका बाधक हुन् |

पटक पटक परिभाषित र पुनर्परिभाषित गर्नुपर्ने हाम्रो राष्ट्रियता टोपी, झन्डा र दौरा-सुरुवालैमा निहित छ या त्योभन्दा उँचा स्थानमा छ ? तथाकथित यी राष्ट्रिय प्रतीकलाई फेर्दैमा हाम्रो राष्ट्रियता नासिने कस्तो चुत्था राष्ट्रियता रहेछ त ! सुरुवालको इँजारमै हाम्रो राष्ट्रियता झुण्डेको छ, दौराको तुनामै हाम्रो राष्ट्रियता अड्केको छ र ढाका टोपीले ले नै राष्ट्रियता टिकाएको छ भनेर कसैले भन्छ भने त्योभन्दा हास्यास्पद कुरो अरु के हुन सक्छ ?

भारतले धोती फुकालेर भारतीय ढाँचाको सुट लगाउन थालेको पनि मोरारजी देशाइपछि हो । झन् चीनले त माओ ड्रेस चटक्क छोडेर देङ सियाओ पिङको पालादेखि पुँजीवादी टाइसुट लगाएर संसारलाई चकित बनाइदिए | भारत र चीनको खोइ राष्ट्रियता गुमेको छैन, आर्थिक रुपले ‘हेभिवेट’ पो बनेका छन् |
राष्ट्रियता पोशाक र झण्डामा होइन, भावनामा बहनुपर्छ, मुटुमा सँगालिनुपर्छ, हृदयमा ब्याप्त हुनुपर्दछ, व्यवहारमा झल्किनुपर्दछ र कार्यमा देखिनुपर्दछ | कुनै पोशाक विशेषलाई नै राष्ट्रियताको पर्यायवाची शब्द ठान्नु राष्ट्रियताको गलत परिभाषा हो | राष्ट्रिय ठानिएका प्रतीकहरु शास्वत होइनन् | तिनले तात्कालिन रुपमा त्यस देशको प्रतिनिधित्व मात्र गर्ने हो | कालान्तरमा कुनै पनि देशमा राजनीतिक उथलपुथल भै त्यस्ता प्रतीकहरु फेरिन सक्छन् | इतिहासको कालखण्डमा थुप्रै देशले झन्डा फेरेका छन्, पोशाक फेरेका छन् |

बडो राष्ट्रवादी भएर अंग्रेजहरुले सेक्सपियरकै जमानाको लुगा अहिले पनि लगाएको भए अंग्रेजहरु अहिले ढ्टुवारे जस्ता देखिन्थे | जारकालिन रुस र सोभियत रुसमा थुप्रै क्रान्तिकारी घटनाहरु घटे : व्यवस्था फेरे, झन्डा फेरे, यहाँसम्म कि देशै टुक्रे | तर त्यस देशको राष्ट्रियता टुक्रेको छैन, हराएको छैन, नासिएको छैन | रुसी राष्ट्रियता कायमै छ, अरुस भएको छैन | धेरै टाढा किन जाने ? भारतले धोती फुकालेर भारतीय ढाँचाको सुट लगाउन थालेको पनि मोरारजी देशाइपछि हो क्यारे ! झन् चीनले त माओ ड्रेस चटक्क छोडेर देङ सियाओ पिङको पालादेखि पुँजीवादी टाइसुट लगाएर संसारलाई चकित बनाइदिए | भारत र चीनको खोइ राष्ट्रियता गुमेको छैन त ! यी दुई देशहरु त अहिले आर्थिक रुपले ‘हेभिवेट’ पो बनेका छन् |

राष्ट्रियताको मापदण्ड
राष्ट्रियताको मापदण्ड के त ? राष्ट्रियता केबाट झल्किन्छ ? राष्ट्रियता कहाँ, कसरी र केबाट प्रष्फुटित हुन्छ ? राष्ट्रियता शब्दलाई कसरी बुझ्ने ? देशको ढुङ्गा-माटोलाई सुम्सुम्याउँदा राष्ट्रियता देखिने हो कि ? I love Nepal लेखिएको र नेपाली झन्डा अंकित टिसर्ट लगायो भने पो राष्ट्र्वादी हुने हो कि ? हरहमेशा ढाका टोपी ढल्काए राष्ट्रियताको जगेर्ना हुने हो कि ? हरहमेशा राष्ट्रिय गाना गायो भने पो राष्ट्रियता सम्बर्द्धन हुने हो कि ? राष्ट्रियता शब्दलाई कसरी बुझ्ने ?

शाब्दिक अर्थमा वर्णन गर्ने हो भने राष्ट्रियता र राष्ट्रवाद भन्नु नै देशप्रेम हो, अनि देश भनेको ढुङ्गा माटो र नदीनाला भएको निश्चित भौगोलिक क्षेत्र मात्र नभएर देश भनेको त्यस सीमित क्षेत्रमा बसोबास गर्ने जनता हो | त्यही नेपाली जनता- चाहे त्यो स्वदेशमा होस्, चाहे विदेशमा होस्, एकले अर्कालाई, शिक्षितले अशिक्षितलाई, बलियाले निर्धालाई, बोलक्कडले निमुखालाई, धनीले गरीबलाई, सक्नेले नसक्नेलाई, जान्नेले नजान्नेलाई परेको बेला मदत गरेको खण्डमा त्यही नै सबभन्दा ठुलो राष्ट्रियता हो, देशप्रेम हो र नेपालीत्व हो |

अहिलेलाई खस भाषा नै हाम्रो राष्ट्रियता अक्षुण्ण राख्ने एकमात्र कडी हो | यसको बिब्ल्याँटो ‘नेपाली राष्ट्रियता सुरुवालको इन्जारमा झुण्डेको छ’, ‘दौराको तुनामा अड्केको छ’, ‘ढाका टोपीले थामेको छ’ जस्ता कुतर्क गरिए जातीय विद्वेष फैलाई सहअस्तित्वको भावनामा ठेस पुर्‍याउने छ |
अर्को व्यवस्था नहुन्जेलसम्म राष्ट्रियताको प्रमुख मेरुदण्ड अहिलेलाई खस भाषा हुनसक्छ | नेपाली जनताको सम्पर्क भाषाको रुपमा पूर्णरुपमा स्थापित भएको खस भाषा नै नेपाली राष्ट्रियता जोगाउने एकमात्र प्रतीक हुन सक्छ | जबसम्म यो भाषा जीवित रहन्छ हाम्रो नेपालीत्व र राष्ट्रियता कहीँ जाँदैन | खस भाषाका अगाडि झन्डा र पोशाक त गौण कुरा हुन् |

राष्ट्रियता र खसभाषा
सातसाल अघि र सातसाल पछि पनि सोझा, सिधा र अन्धकारमा रहेका नेपाली जनतालाई राष्ट्रियताको परिभाषा राजा, ढाका टोपी र दौरा-सुरुवालको रुपमा अर्थ्याइयो | राष्ट्रियताको प्रतीक राजा रहेनन्, पोशाक र टोपी धेरैले लगाउन छोडिसके | राजनीतिक रुपले देशले ठुलै फड्को मारिसक्यो, देश गणतन्त्र, धर्मनिरिपेक्ष, नयाँ संविधान निर्माणतर्फ उन्मुख भएको बेला कुनै धर्म विशेष झल्किने झन्डालाई राष्ट्रिय प्रतीकमा राखिराख्न मिल्ला र ? कुनै धर्म विशेषको चाडमा सरकारी खजानाबाट लाखौं रुपयाँ खर्च गर्दा धर्मनिरिपेक्षताको उपहास भएन र ?

दौरा-सुरुवाल र ढाका टोपीलाई राष्ट्रिय प्रतीकबाट हटाए पनि यसको धङधङती अझै गैसकेको छैन | नेपालका पुनरुत्थानवदिहरुले सामाजिक सन्जालमा हालै नेपाली टोपिका नाममा तथाकथित ‘टोपी दिवस’ प्रक्षेपण गरेका छन् | बहुजातीय र बहुधर्मीय राज्यमा परिवर्तित परिवेशमा राज्यले नगरी नहुने प्रराम्भिक कार्यहरु कहिले सुरु होला ? विभिन्न भाषा-भाषीलाई विकास गर्ने समान अवसर प्रदान गरी खस भाषालाई सम्पूर्ण नेपालकै सम्पर्क भाषाको रुपमा प्रस्तुत गरेर दह्रो निर्णय कुन सरकारले लेला ?

अहिलेको अवस्थामा र अर्को व्यवस्था नहुन्जेलसम्म सम्पर्क भाषा हुनुको नाताले खस भाषा नै हाम्रो राष्ट्रियता अक्षुण्ण राख्ने एकमात्र कडी हो, ढुकढुकी हो र राष्ट्रिय पहिचान हो | यसको बिब्ल्याँटो ‘नेपाली राष्ट्रियता सुरुवालको इन्जारमा झुण्डेको छ’, ‘दौराको तुनामा अड्केको छ’, ‘ढाका टोपीले थामेको छ’ जस्ता कुतर्क गरिए जातीय विद्वेष फैलाई सहअस्तित्वको भावनामा ठेस पुर्‍याउने छ |
साभार: इसमता।


पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • प्रितीफन्टबाट युनिकोडमा रुपान्तर गर्नुहोस्
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • सम्पर्क ठेगाना दिदै सृजना पठाउन अनुरोध
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • (no title)
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • पुमा (राई) जाति तथा संस्कृति : एक परिचय
  • पुमा राईका भाषा, धर्म र संस्कारहरु
अभिलेखालय
  • ▼  2025 (1)
    • ▼  December 2025 (1)
      •  
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |