पदम राईको चाहना बहुभाषिक विश्वविद्यालयको स्थापना
श्रीशिशा रार्इ, धरान।
२०७२ पुस १४। बान्तावा भाषा अध्येताहरू जोन इपिली (अमेरिका) र क्वाङ्जु छो (दक्षिण कोरिया) को पथप्रदर्शक हुने अवसर नपाएका भए बुङ्वाखा (फूलबारी) मासिकका सम्पादक पदम राई बान्तावा भाषाविज्ञको परिचय बनाउनुको साटो कतै गुमनाम दैनिकी गुजारिरहेका हुन्थे । यी अध्येताहरूको भाषा अध्ययन यात्रामा बान्तावाभाषीका नाताले साथी हुन पाउनु नै राईका लागि सुन्दर सपना देख्ने गहिरो निन्द्रा बनिदियो । धनकुटादेखि भोजपुर जाने क्रममा पट्यारलाग्दो उकालो छिचोल्न सजिलो होस् भनेर गफैगफमा उनले बान्तावा भाषामा पत्रिका निकाल्ने योजना नसुनाएको र जोन र छोले अग्रिम बधाई नदिएको भए सायद अहिले बुङ्वाखा पढ्न पाइन्नथ्यो, बान्तावा भाषाको विकासले यत्ति फड्को मार्दैनथ्यो ।
‘२०५९ चैत्र अन्तिमतिरको समय थियो त्यो।’ पदम अहिले स्मरण गर्छन्– ‘बान्तावा भाषाको समाजभाषावैज्ञानिक अध्ययनका लागि हामी धनकुटा, भोजपुर र खोटाङको यात्रामा निस्किएका थियौँ । आफ्नो भाषा बोल्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने त लाग्थ्यो तर मातृभाषाको अध्ययन, अनुसन्धान कसरी हुन्छ भन्ने थाहा नभएकोले त्यही जान्न पनि पथप्रदर्शकका रुपमा जान राजी भएको थिएँ । मेरो मनमा त्यतिखेर बान्तावा भाषाको पत्रिका नै निकाल्ने कुरा कसरी आयो भनेर अहिले आफै अचम्मित हुन्छु ।’
यो सोंच बनेको करिब दुई वर्षपछि पुसमा बुङ्वाखाको प्रवेश अंक प्रकाशित भएको सम्पादक राई सम्झन्छन् । जोन र छोलाई सुनाएको योजना आँखाभरि सपनाकै रुपमा थियो । उनीहरूले दिएको अग्रिम बधाई पनि आलै थियो । सुरु गरिहाल्न सकेका थिएनन् ।
![]() |
फाइल तस्वीर: किेरात राई यायोक्खाको २७औं स्थापना दिवसको अवसरमा बुङ्वाखा मासिक र सम्पादक पदम वालाहाङ रार्इलार्इ सम्मानित गर्दै उसपसभामुख अोनसरी घर्ती । |
किरात राईहरूमध्ये वक्ता र संख्याका हिसाबले बान्तावाभाषीहरू पहिलो नम्बरमा तर कामको हिसाबमा शुन्य अवस्थाले उनलाई पोली नै रहेको थियो । उनीसँग ठ्याक्क्कै मेल खाने सोंच बोकेका चन्द्रकुमार हतुवाली (किरात राई संस्कृति अध्येता) सँगको चियागफमा बान्तावा भाषाको लेखनकार्य सुरु गर्ने निष्कर्षमा उनीहरू पुगे । कसो–कसो बुङ्वाखाको पहिलो अङ्क प्रकाशित भयो ।
‘पहिलो अङ्क निकाल्दासम्म पत्रिका निकाल्ने भनेर गोजीमा एक रुपैयाँ थिएन’, राई फेरि ११ वर्षका अघिका दिन सम्झन्छन् । ‘पहिलो अंक निकाल्ने बेलासम्ममा चन्द्र दाजुले मलाई नै सबै जिम्मा लगाईदिनुभयो । त्यसपछि हालसम्म मैले नै प्रकाशनको एकल नेतृत्व गरिरहेछु । एकल नेतृत्व नगरी नि भएको छैन । किरातीहरूको साझेदारी काम गर्ने र मिलेर व्यवस्थापन गर्ने बानी नै छैन भन्दा हुन्छ । यदि साझेदारी भएको भए बुङ्वाखा उहिले बन्द भइसक्थ्यो होला,’
‘पहिलो अङ्क निकाल्दासम्म पत्रिका निकाल्ने भनेर गोजीमा एक रुपैयाँ थिएन’, राई फेरि ११ वर्षका अघिका दिन सम्झन्छन् । ‘पहिलो अंक निकाल्ने बेलासम्ममा चन्द्र दाजुले मलाई नै सबै जिम्मा लगाईदिनुभयो । त्यसपछि हालसम्म मैले नै प्रकाशनको एकल नेतृत्व गरिरहेछु । एकल नेतृत्व नगरी नि भएको छैन । किरातीहरूको साझेदारी काम गर्ने र मिलेर व्यवस्थापन गर्ने बानी नै छैन भन्दा हुन्छ । यदि साझेदारी भएको भए बुङ्वाखा उहिले बन्द भइसक्थ्यो होला,’ बुङ्वाखाको सम्भावित हुन नसकेको बन्दबारे सम्पादक अनुमान लगाउछन् । बुङ्वाखाको ३÷४ वर्षतिर पुग्दा आर्थिक अभावको कारणले पत्रिका बन्दै गर्नुपर्ने अवस्था पनि आएको थियो । अब यहाँदेखि अघि बढ्न नसकिने रहेछ भन्ने उनलाई लागिसकेको थियो । अलि–अलि उठेको विज्ञापन, ग्राहक शुल्क र गोजीको व्यक्तिगत पैसाले मात्र धान्न नसक्ने स्थिति भयो ।
विद्यार्थीको गोजीमा कति नै पैसा हुन्थ्यो र ! ठीक त्यहीँ मोडमा बान्तावा भाषाको लागि जस्तोसुकै सहयोग गर्न तयार हुने हङकङमा कार्यरत तिलक वालाहाङ राईले त्यो कुरा चाल पाउनुभयो । उहाँले मासिक आर्थिक सहयोग गरी अघोषित प्रकाशक भइदिनु भयो । वालाहाङले लगभग तीन वर्ष निरन्तर आंशिक सहयोग गर्नु भएपछि बुङ्वाखा बन्द भएन । हुन त आर्थिक रुपमा बुङ्वाखाको हालत त उहीँ नै छ । पत्रिकाको मासिक आम्दानी भनेकै विज्ञापन हो । निरन्तरताको विश्वासले समुदायले पत्याएका छन् । विश्वास गरेका छन् । समुदायकै शुभकामना, समवेदना अनुरोध गरी छापेर त्यसबाट उठेको रकम र अग्रिम वार्षिक ग्राहक बनाएर सङ्कलन भएको रकमले पत्रिका अहिले पनि चलिरहेको छ । जो नजिकबाट नियाल्ने पाठक र समुदायलाई पनि थाहा छ ।
सुरुमा थोरै रहर, केही लहड्ले सुरु भएको तर वर्तमानमा अनिवार्य जिम्मेवारी बोधले यो प्रकाशन अहिले निरन्तर ११ औँ वर्षमा १ सय ३० पूर्णाङ्कसम्म आईपुग्दा पत्रिका चलाएर दुःख खेपिरहेका भुक्तभोगी सम्पादक राई पनि घरीघरी झस्किन्छन् । पत्रिका प्रकाशन सुरु गरेर निरन्तरता दिन सक्नु नै ठूलो चुनौती रहेको वर्तमान नेपालको मातृभाषी पत्रकारितामा यस पत्रिकाको निरन्तरता एक नमुनाका रुपमा रहेको छ । यद्यपि यसलाई संस्थागत रूपमा सञ्चालन गर्नको लागि सम्बन्धित समुदायको जिम्मेवार भूमिका पनि खोजिरहेका छन् ।
‘बान्तावा भाषाको लागि मजस्तै पूर्णकालीन हुन अहिलेका पुस्तालाई गाह्रो छ ।’ साथै, अन्य बान्तावाजनहरूको पहलमा बुङ्वाखाजस्तै बान्तावामा अरू पत्रिकाहरू प्रकाशन भइदिए हुन्थ्यो भन्ने उनको चाहना छ । जसले गर्दा यो भाषाको श्रीवृद्धिमा सहयोग पुगोस् ।
बुङ्वाखामा विगत ११ वर्षदेखि सम्पादक लगायत जिल्लाका प्रतिनिधिहरूले स्वयंसेवी भूमिका खेलिरहेका छन् । यत्ति दुःख गरेपछि कम्तीमा बुङ्वाखासँग जोडिएका जनशक्तिलाई तलब, भत्ता दिन सक्ने, पेशागत बनाउनेबारे सम्पादकले स्रोतहरू खोजिरहेका छन्, योजनाहरू बुनिरहेका छन् । ‘बान्तावा भाषामा लागेर यसलाई आर्थिक आयसँग जोड्न सकेमात्र यो भाषाको विकास हुन्छ,’ उनको बुझाइ छ । ‘आफैले भनिरहँदा आफ्नो बखान आफै गरेजस्तो तर यथार्थ कुरो हो’, भन्दै उनी थप्छन्– ‘बान्तावा भाषाको लागि मजस्तै पूर्णकालीन हुन अहिलेका पुस्तालाई गाह्रो छ ।’ साथै, अन्य बान्तावाजनहरूको पहलमा बुङ्वाखाजस्तै बान्तावामा अरू पत्रिकाहरू प्रकाशन भइदिए हुन्थ्यो भन्ने उनको चाहना छ । जसले गर्दा यो भाषाको श्रीवृद्धिमा सहयोग पुगोस् । सुरुदेखि नै बुङ्वाखाले विशेष परिस्थितिमा बाहेक किरात राई बान्तावा भाषामा विशेषगरी यसै समुदायसँग सम्बन्धित सामाग्रीहरू प्रकाशन गर्दै आएको छ । साहित्य, समाचार, भाषा अनुसन्धान यसका मुख्य विषय हुन् ।
बुङ्वाखा मासिकको सफलतालाई चार किसिमले हेर्न सकिन्छ । एक, नेपालमा सयौँ पत्रिका दर्ता भएका छन् । एक–दुई अंक प्रकाशन भएपछि विभिन्न कारणले बन्द हुन्छन् । नेपाली बजार विज्ञापनको संस्कृतिमा भिज्न नसक्नु, आर्थिक संकट र कुशल कार्य व्यवस्थापनको अभाव नेपाली पत्रकारितामा मुख्य समस्या हुन् । यो अवस्थामा पत्रिका सुरु गरेर निरन्तरता दिन नसक्नु नै संस्कार बनिसकेको नेपाली पत्रकारितामा बुङ्वाखाको निरन्तरता एक उदाहरण बन्न सक्नु पहिलो सफलता हो ।
दोस्रो, नेपालमा मूलधार भनिएको पत्रकारिता खस नेपाली भाषामा गरिँदै आएको पत्रकारिता हो, जसमा निश्चित समुदायको मात्र पहुँच छ । जसले यो पत्रकारिता साझा बन्न सकेको छैन । पत्रकारिता साझा हुन मातृभाषा पत्रकारिताको विकास हुनु अति जरुरी छ । यसको विकासमा मात्र नेपालमा सबै समुदायको चेतना अभिवृद्धि र समानुपातिक उत्थान सम्भव छ । बुङ्वाखाले गर्दै आएको पत्रकारिता मातृभाषा पत्रकारिताको ज्वलन्त उदाहरण हो । अन्य समुदायले पनि यसरी नै आफ्नो मातृभाषामा पत्रकारितालाई अघि बढाएमा समुदायको समानुपातिक उत्थान हुनेछ । तेस्रो, बान्तावा मातृभाषा बान्तावाभाषीहरूको पहिचान हो । साहित्य, समाचार वा कुनै पनि सामाग्री प्रकाशनमार्फत बुङ्वाखा अन्ततः किरात राई बान्तावाहरूको पहिचान स्थापना र संरक्षण गर्न सफल भएको छ ।
पदमकै योजनमा बुङ्वाखाले प्रकाशनको पहिलो स्थापना वार्षिकोत्सवदेखि नै बान्तावा भाषामा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्दै आएको छ । उत्कृष्ट कविहरूलाई उच्च सम्मानका साथ नगदले पुरस्कृत समेत गर्दै आएको छ । पछिल्लो प्रतियोगिताका लागि पुरस्कारस्वरुप ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ अंकित प्रमाणपत्रका साथमा प्रथम, दोस्रो र तेस्रो कवितालाई क्रमशः दस हजार, छ हजार र चार हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने सम्पादक राईले जानकारी दिएका छन् । यस अर्थमा बुङ्वाखा पहिचान साहित्यको एक उद्घोषक भइरहेको छ ।
यसरी नै अन्य समुदायले आफ्नो मातृभाषामा लेखन, प्रकाशन र सिर्जनाको काम अघि बढाए नेपालको समुचित विकासमा धेरै समय पर्खिनुपर्ने छैन ।
चौँथो र ठूलो सफलता, बुङ्वाखाले कथ्य रुपमा मात्र सीमित रहेको बान्तावा भाषाको लेख्य रुपमा विकास गर्न सफल भएको छ । दुई दर्जनभन्दा बढी बान्तावाभाषी श्रष्टाहरूको उदय यही पत्रिकाबाट भएको छ । मातृभाषामा लेखन र अभिव्यक्तिको सुरुवात भएको छ । सबै बान्तावाभाषीहरूले बुङ्वाखालाई आफ्नै साझा आँगन वा चौतारीको रुपमा ग्रहण गर्ने अवस्था बनिसकेको छ । कुनै पनि सूचना, जानकारी वा सन्देश दिनुपरे उनीहरूका लागि पहिलो रोजाइ बुङ्वाखा नै बन्ने गर्दछ । यसरी नै अन्य समुदायले आफ्नो मातृभाषामा लेखन, प्रकाशन र सिर्जनाको काम अघि बढाए नेपालको समुचित विकासमा धेरै समय पर्खिनुपर्ने छैन । यस सफलतालाई थप संस्थागत गर्न बुङ्वाखाले सामुदायिक उत्थानका विभिन्न गतिविधिहरू गर्दै आएको छ ।
बुङ्वाखा सम्पादक पदम राईको समेत प्रयासमा बान्तावा भाषाको व्याकरण, शब्दावली आदि प्रकाशन भएका छन् । शब्दकोश प्रकाशनको दीर्घकालिन योजना सम्पन्न हुने चरणमा छ । बुङ्वाखाकै प्रभावस्वरुप बृहत्त बान्तावा शब्दकोषको निर्माण सुरु भएको छ । भाषाशास्त्री प्रा. डा. नोवल किशोर राईको नेतृत्वमा उनै पदम राईसहितको टोलीले उक्त शब्दकोश निर्माणको कामलाई अन्तिम चरणमा काम गरिरहेका छन् । आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस परियोजनाका लागि हालसम्म करिब २५ लाख रुपैयाँ सहयोग रकम संकलन भईसकेको सम्पादक राईले जानकारी दिएका छन् ।
आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना हुने राष्ट्रिय कविता प्रतियोगितामा बुङ्वाखाले एकजना बान्तावाभाषी स्रष्टालाई ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’, किरात राई भाषाहरूमध्ये गीत–संगीतमा योगदान गर्ने १ जना किरात राई श्रष्टा–कलाकारलाई ‘बुङ्वाखा सङ्गीत पुरस्कार’, वर्षभरि बुङ्वाखामा नियमित र उत्कृष्ट समाचार, लेख सम्प्रेषण गर्ने संवाददाता वा नियमित स्तम्भकारलाई ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’बाट पुरस्कृत गर्दै आएको छ । यसको अलावा कविता प्रतियोगितासहित बुङ्वाखाको वार्षिक कार्यक्रमहरू सञ्चालन गर्नको लागि सम्पादककै योजनाअनुसार ‘बुङ्वाखा मूल अक्षयकोष’को स्थापना गरिएको छ ।
सरकारीस्तरको २०७० को ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ यसै पत्रिकाले पाउनु बुङ्वाखा, सम्पादक पदम राई र बान्तावाभाषीहरूको मात्र सफलता र गौरवको विषय थिएन । नेपालमा मातृभाषा पत्रकारिताको विकासको अपरिहार्यता र औचित्यको पुष्टि पनि थियो । त्यसबाहेक सम्पादक आफैले अर्को सरकारी ‘राष्ट्र मातृभाषा सेवा पुरस्कार– २०१४’ सहित नेपाल र भारतमा गरी करिब आधा दर्जनजत्ति अन्य सम्मान र पुरस्कारहरू पाउनुले पनि उनले मातृभाषामा लगानी गरेको समय सही ठहरिएको भान हुन्छ ।
नेपालमा राजतन्त्र र पञ्चायती व्यवस्थाको अन्त्यपछि संस्थागत हुँदै आएको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप समावेशी, समानुपातिक र पहिचानसहितको समाज निर्माणमा मातृभाषा पत्रकारिताको ठूलो स्थान र योगदान रहन्छ । बुङ्वाखाले नेपालको समग्र लोकतान्त्रिक गणतन्त्रात्मक सामाजिक व्यवस्था स्थापनामा उल्लेखनीय योगदान दिँदै आएको देखिन्छ । भविष्यमा हुने सङ्घीय राज्य वर्तमान प्रस्तावित प्रदेश नं. १ मा स्थानीय मातृभाषाहरूबाट काम चलाउनु पर्ने अवस्थामा बान्तावा भाषाले पनि स्थान पाउने लगभग निश्चितजस्तै छ । यसको अभ्यासस्वरुप बुङ्वाखाले नेतृत्व गरिरहेको छ । त्यसैले मातृभाषा पत्रकारितामा बुङ्वाखाको अभियान व्यक्तिगत प्रयासमात्र नभई अब एउटा आन्दोलनका रुपमा स्थापित भइसकेको छ ।
समयअनुसार बुङ्वाखाको स्तरोन्नतिमा लगानी गर्नै प¥यो । स्थापना हुँदा २० पेजसहित २ रङ्मा छापिने बुङ्वाखा हाल ५२ पेजसहित बहुरङमा छापिनु यसको ज्वलन्त उदाहरण हो । पहिलो कविता प्रतियोगितामा पहिलो पुरस्कारको राशी पाँचसय रुपैयाँ थियो भने एघारौंमा आइपुग्दा दस हजार रुपैयाँ पुग्नु ‘बुङ्वाखा अपग्रेड’को अर्को उदाहरण हो ।
व्यक्तिगत प्रयास एउटा सिंगो आन्दोलन बन्नुसम्मको सफलतामा अन्ततः कारण के रहेछ त ? सम्पादक राईको जवाफ छ– ‘व्यक्तिगत कामलाई त्यागेर निरन्तर काम गरिरहनु । यो समाजको लागि मैले गरेको सेवामुखी काम वा प्रयास हो, न कि व्यापारमुखी । मैले बुङ्वाखाको लागि दैनिक सरदर १८ घण्टा खट्छु । समाचार, लेख, विज्ञापन खोज्ने, सङ्कलन गर्ने, कम्प्युटर टाइप गर्ने, डिजाइन गर्ने, प्रेसमा पु¥याउने, प्रकाशित पत्रिकालाई आफै घर–घरमा पु¥याउने, जिल्ला प्रतिनिधिहरूसम्म हुलाक र कुरियरमार्फत् पत्रिका पठाउनेदेखि प्रकाशनको सप्पै जिम्मेवारी काम आफै गरिरहेको छु । सुन्दा अचम्मजस्तो लाग्ने यो काम किन आफै गर्नु प¥यो भन्ने प्रश्नमा यसको जवाफ ठ्याक्कै आर्थिक पाटोसँग जोडिन्छ । ११औं वर्षमा हिँडिरहेको पत्रिकाले अहिलेसम्म कर्मचारी राख्न नसक्नु यसको तीतो यथार्थ हो । पैसा नभएपछि कर्मचारी कसरी राख्ने ? बरु आफैले दुःख ग¥यो । समयअनुसार बुङ्वाखाको स्तरोन्नतिमा लगानी गर्नै प¥यो । स्थापना हुँदा २० पेजसहित २ रङ्मा छापिने बुङ्वाखा हाल ५२ पेजसहित बहुरङमा छापिनु यसको ज्वलन्त उदाहरण हो । पहिलो कविता प्रतियोगितामा पहिलो पुरस्कारको राशी पाँचसय रुपैयाँ थियो भने एघारौंमा आइपुग्दा दस हजार रुपैयाँ पुग्नु ‘बुङ्वाखा अपग्रेड’को अर्को उदाहरण हो । बुङ्वाखाको गुणस्तरमा पछाडि नफर्केने नीति लिएर काम गरिएकोले यहाँसम्म आइपुगेको हो ।’
बान्तावा मातृभाषामा काम गर्दै जाँदा कामसँगै विज्ञतालाई जोड्नको लागि उनले भाषाविज्ञानमा एमए गरेका छन् । प्रवीणता तहमा विज्ञान विषय पढेका सम्पादकले काम र पढाइलाई जोड्नको लागि भाषाविज्ञान पढ्नु परेको बताउछन् । पत्रिका निकाल्ने काम पत्रकारितासँग सम्बन्धित भएकाले उनले पत्रकारिता तालिम पनि लिएका छन् ।
हाल उनी बान्तावा भाषाको मात्रै काम गर्दैनन् । नेपालका अन्य भाषाहरूको अध्ययन, अनुसन्धान पनि गर्छन् । नेपालका करिब दुई दर्जन जत्ति भाषाहरूको वर्ण निर्धारण, साक्षरता कक्षा, व्याकरण निर्माणमा उनको संलग्नता र नेतृत्व रहेको छ ।
कम बोल्ने तर काम गरेर देखाउने पदम राईको अर्को सपना छ– बान्तावा भाषा वा किराती भाषाहरूको अध्ययन गर्ने विश्वविद्यालयको स्थापना । त्यो नसके बहुभाषिक विश्वविद्यालयको स्थापना गर्ने । जुन ठाउँमा नेपालका भाषाहरूको पढाइ होस् ।
भाषामा काम गर्न नथाक्ने राई भन्छन्– ‘मैले बान्तावा भाषामा काम गरेर मेरो आमाको दुधको भारा तिरिरहेको छु जस्तो लाग्छ । काम जटील छ तर यसमा काम गर्दा सन्तोष मिलेको छ ।’ र, उनको आग्रह पनि छ– ‘यो र यत्ति नै पर्याप्त हैन । यो त सुरुवातजस्तै मात्रै हो । बान्तावामा गर्नुपर्ने कामहरू धेरै छन् । मैले जत्ति जानेको छु, त्यत्ति गरिरहेको छु । बान्तावा भाषाको मै सर्वेसर्वा भने हैन ।’
कम बोल्ने तर काम गरेर देखाउने पदम राईको अर्को सपना छ– बान्तावा भाषा वा किराती भाषाहरूको अध्ययन गर्ने विश्वविद्यालयको स्थापना । त्यो नसके बहुभाषिक विश्वविद्यालयको स्थापना गर्ने । जुन ठाउँमा नेपालका भाषाहरूको पढाइ होस् । त्यहाँ पढ्न र अध्ययन–अनुसन्धान गर्नको लागि स्वदेश र विदेशका भाषाप्रेमीहरूको लाम लागोस् ! (सौजन्य: खबरसंसार)
(लेखक बागियान द्वैमासिकका सम्पादक हुन् ।)
प्रकाशित मिति:
Tuesday, December 29, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।