प्रधानमन्त्रीबाटै विवादास्पद गोल्छा सम्मानित

२०७२ पुस ७ । आर्थिक लेनदेनका कारण विवादास्पद बनेकी एमाले सांसद् राज्यलक्ष्मी गोल्छालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य कार्यक्रममा सम्मान गरेका छन् । 

एमाले पार्टी तथा विभिन्न नेतालाई सात कराड रुपैयाँभन्दा बढी नगद दिएको अभिव्यक्तिपछि गोल्छा विवादमा आएकी थिइन् । एमालेले मधेसी महिलाको कोटामा उनलाई समानुपातिक सभासद् बनाएको थियो । तर, संविधान निर्माण प्रक्रियामा सहभागी नभएको र प्रधानमन्त्रीका लागि भएको मतदानमा अनुपस्थित रहेको भन्दै एमालेले गोल्छालाई सभासद्बाट राजीनामा दिन दबाब दिएपछि उनले सात करोड रुपैयाँ बुझाएको खुलासा गरेकी थिइन् ।

एमाले सुनसरीले सोमबार समाजका विभिन्न क्षेत्र र पार्टीभित्र योगदान गर्नेलाई सम्मान गरेको थियो । त्यसमा गोल्छा पनि परेकी हुन् । (कान्तिपुर दैनिकबाट)

प्रकाशित मिति: Tuesday, December 22, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।