पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा फुड फेष्टिवल शुरु

  • विजय सन्तोषी, धनकुटा। 
२०७२ पुस १६। पर्यटन प्रवद्धन गर्ने उदेश्यले आज देखी धनकुटाको भेडेटारमा भेडेटार होटल एशोसिएसनको आयोजनामा तिन दिने फुड फेष्टिवल शुरु भएको छ । उक्त भेडेटार फुड फेष्टिवलको उद्घाटन गर्दै भूमिसुधार तथा व्यवस्था मंत्री राम कुमार सुब्बाले पर्यटन प्रद्धवन गरी मुलुकलाई आर्थिक सम्वृद्धी बनाउनु पर्नेमा जोड दिनु भयो ।

भेडेटार फुड फेष्टिवलको उद्घाटन समारोहमा पूर्व वाणिज्य तथा आपूर्ति मंत्री सांसद सुनिल वहादुर थापा,सासंद कृष्ण कुमार राई,धरान उपमहानगर पालिकाका कार्यकारी अधिकृत टिका दत्त राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे,पर्यटन विकास समिति धनकुटाका अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई लगायतले पर्यटनलाई उद्योगको रुपमा विकास गरी सम्वृद्ध नया नेपाल निर्माण गर्नु पर्ने वताउनु भयो ।
भेडेटार फुड फेस्टिबल २०७२। तस्वीर: रोजन राई
होटल एशोसिएसन भेडेटार धनकुटाका अध्यक्ष लिलाराज लावतीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नर वहादुर चेम्जोङ्गले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले गर्नु भएको थियो ।
भेडेटार फुड फेस्टिबल २०७२। तस्वीर: रोजन राई
धनकुटाको भेडेटार चौकमा तिन दिन सम्म संचालन हुने फुड फेष्टिवलमा विभिन्न जात जातिका खानेकुराका परिकाहरु, अरगानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुलहरु,हस्तकला र घरेलु उद्योगहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरु ५० वटा स्टलहरुमा प्रदर्शनीका लागि राखिएको छ ।
भेडेटार फुड फेस्टिबल २०७२। तस्वीर: रोजन राई


प्रकाशित मिति: Thursday, December 31, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।