हेङ्खामा ब्लग

२०७२ मंसिर १९ । आफ्नै गीत, कविता, कथा, उपन्यासलगायत लेख रचनाहरु प्रकाशित गर्ने उद्देश्यका साथ २०६४ सालमा हेङ्खामा ब्लग सुरु गरिएको हो । कान्तिपुर, गोरखापत्रलगायतका ठूला मिडियाले नयाँ सर्जक/लेखकलाई स्थान त दिन्छन तर उनीहरुको अनुकुल लेख रचनालाई मात्र । ठूला मान्छेका सानासाना गफहरु समेतलाई ठाउँ दिने ठूला मिडियाहरुले सर्वसाधारण जनताका दुःख, पीडा समेटिएका लेख रचनालाई खासै वास्ता गरेको मैले पाइन‌ँ । तिनका अनुकुल लेख लेखें प्रकाशित पनि भयो तर जब सर्वसाधारणका समसामयिक व्यथा भरिएको लेख लेखेँ ती लेखलाई स्थाननै दिइएन । बेकार रहे मेरा धेरै लेखाइ, तसर्थ जन्माएँ हेङ्खामालाई ।

यिनै अनुभूति र कथा, व्यथाहरुलाई समेट्दै सुरु गरिएको हेङ्खामा आज सबै मित्रहरुको प्यारो ब्लग बनेको अनुभूत गर्दै तपाईहरुको माया, सद्भाव समेट्ने मौका पाउँदा गौरवान्वित महसुस गरेको छु । हेङ्खामाले नयाँ पुराना सबै लेखक, सर्जकहरुलाई उत्तिकै सम्मानपूर्ण स्थान दिदै आएको छ । यो सहकार्य परन्तुसम्म यसरी नै चलिरहोस् । 

समसामयिक समाचारलगायत ऐतिहासिक, भाषिक, सांस्कृतिक, दस्तावेजलगायत पुरातात्विक महत्व बोकेका प्राकृतिक तस्वीरहरुलाई समेत महत्वपूर्ण स्थान दिदै आएको छ । त्यस्तै लोकसेवा परीक्षा तयारीको सेरोफेरोमा रहेका मित्रहरुलाई साथ दिन हेङ्खामाले लोकसेवा आयोगका सूचना, लिखित तथा मौखिक नतिजाहरुलाई स्थान दिने गरेको छ ।


समसामयिक समाचार, गीत, गजल, कविता, कथा, लेखरचना लगायत भाषिक सिर्जनाहरुको सङ्गम बनेको हेङ्खामाले अग्रगमनको बाटो तय गर्न तपाईँहरुकै अमूल्य सुझावको आवश्यकता महशुस गरेको छ ।  

हेङ्खामाले नयाँ सर्जकका लेखनकलालाई निखार्न सहयोग गर्दै पुराना लेखकलाई सम्मानसाथ स्थान दिदै जानेछ निरन्तर । तपाईं मित्रहरु प्रकाशनका सामग्री पठाउँदै रहनुहोला । हेङ्खामा हरपल तपाईंहरुको सिर्जनाको पर्खाइमा रहनेछ । अन्तमा सिर्जना पठाउने ठेगानाः 






इमेलः roserai2007@gmail.com
फोन: ९८४२०७४७२२

धन्यवाद ।
तथा हेङ्खामा परिवार 

प्रकाशित मिति: Saturday, December 05, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।