वीरगञ्जको झडप तस्वीरमा

२०७२ पुस ५ । प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटकपटक भइरहेको झडपका कारण यहाँको जनजीवन त्रसित बनेको छ । वीरगन्ज उपमहानगरपालिकाको घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो १२ बजेदेखि पटकपटक झडप भइरहँदा वीरगन्ज तनावग्रस्त भएको हो । 

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरिरहेका छन् । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज बिहानैदेखि वीरगन्जको घन्टाघर, बसपार्क, मुर्लीचोक, पावरहाउ चोक, राधेमाई चोक, रानीघाटलगायत बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । विभिन्न नारा लगाउ“दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगन्ज बजार बन्द गराएका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले वीरगन्जको घन्टाघरमा ना१ह ९३३ र ना१ह ६६८ नम्बरको ट्याम्पो तथा ना८प १८९०, बा१६च ४४८६ र ना१प ७७२८ नम्बरको मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।

बन्दका समयमा कुनै अप्रिय घटना हुन नदिन अहिले वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले बताए ।

BIRJUNG TANAB (5)

BIRJUNG TANAB (4)

birgunj Jhadap (5)

birgunj Jhadap (1)

birgunj Jhadap (3)

BIRJUNG TANAB (2)
(रातीपाटीबाट)


प्रकाशित मिति: Sunday, December 20, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।