‘राष्ट्रपतीय निर्यात पुरस्कार’ बाट नेपाली व्यवसायी सुब्बा पुरस्कृत

श्रीलङ्का, २०७२ पुस ८ । श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले मुलुकको ‘इन्जिनियरिङ प्रोडक्ट’ अन्तर्गत स्टील र काठबाट निर्मित सामग्री निर्यातमा उच्च योगदान पुर्‍याएको भन्दै नेपाली व्यवसायी दीर्घजंग सुब्बालाई ‘राष्ट्रपतीय निर्यात पुरस्कार’ बाट पुरस्कृत गरेको छ ।

बेलायती सेनाको जागिर छाडेर श्रीलंकामा व्यवसाय गर्दै आएका लिम्बूले श्रीलंका सरकारले निर्यातकर्तालाई दिने सम्मान तथा पहिचानको सर्वश्रेष्ठ पुरस्कार हो । 

लिस्पो प्रालिका प्रबन्ध निर्देशक तथा अध्यक्षसमेत रहेका उनले आफू पुरस्कृत भएपछि व्यवसायप्रति थप जिम्मेवार भएर काम गर्ने अभिभारा थपिएको बताए । उनले टेलिफोनमा भने, ‘मैले पाएको पुरस्कार निरन्तरता, आत्मविश्वास र तपस्याको मूल्यांकन हो ।’ 

निर्यात विकास समिति श्रीलंकाद्वारा आयोजित प्रतियोगितामा  श्रीलंकाका साना तथा ठूला निर्यात उद्यमीलाई आवाससहित बहुमुखी मापदण्डका आधारमा छनोट गरिएको थियो ।

सिम्ले–६ तेह्रथुमनिवासी उनले नेपालमा समेत व्यापारिक अनुभव र दक्षता प्रयोग गर्दै नेपाली युवाको नेतृत्व गरी उनीहरूलाई व्यावसायिक बनाउने योजना बताए ।  

प्रकाशित मिति: Wednesday, December 23, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।