स्कर्टिङ्ग पर्खिएर (कविता)

  • अज्ञात ऋषि राई 
कहाँ छौ ? कतिवेला आईपुग्छौ ?
आफ्नो ख्याल गर्नु, तारन्तार मोवाईलको
ईनबक्स भरिन्दै छन् ।
एउटा कठाङ्ग्रिएको हातले स्क्रिन टच गर्न पनि नमिल्ने
बिना रिप्लाई कसै–कसैलाई तड्पाएर ।
म आईरहेको छु, स्कर्टिङ्ग पर्खिएर ।
कसैका आफन्तहरु अस्पत्तालमा
अन्तिम घडीमा छन् ।
कसैको उडान छुट्नै लाग्या छ ।
कसैको लगन टुट्नै लाग्या छ ।
जीवनदेखि भौतारिएकाहरु पनि हतारमा छन् ।
व्यग्र प्रतिक्षामा क्षितिजतिर फर्किएर ।
म आईरहेको छु, स्कर्टिङ्ग पर्खिएर ।
अगाडी तारजाली, अनि प्ल्पाष्टिक
सिट बेल्ट होईन, हेलमेट लगाएर
कतिखेर भाग्नु पर्ने बाटो हेरिरहेको
ड्राईभरलाई के भन्नु छ र ।
आपैmले कतिबेला छतबाट हाम फाल्नु पर्ने हो ।
स्ट्याण्ड पोजिसनमा रेडी भएर ।
म आईरहेको छु, स्कर्टिङ्ग पर्खिएर ।
अगाडी परसम्म, थुप्रै यात्रुबाहक
अनि केही मालबाहक,
सवारीसाधनका पिलपिल बत्तीहरु
त्यस्तै पछाडी पनि अनगिन्ति छन् ।
बाक्लो हुस्सु अनि चिसो रातमा
धुमिल छाँया मात्र देखिन्छन् ।
केही रातो साईरन भएका निलो गाडीहरु
अगाडी पछाडी राखेर ।
त्यहि वीचको छतामा चिसो डण्डी समाएर ।
म आईरहेको छु, स्कर्टिङ्ग पर्खिएर ।।

१६ मंसीर, बुधबार २०७२
कटारी– ६, च्याँगा,  उदयपुर ।

प्रकाशित मिति: Thursday, December 03, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।