धारिलो हतियार प्रहार गर्ने पक्राउ

२०७२ मंसिर २८ । धारिलो हतियार प्रहार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने नुवाकोट समुन्द्रदेवी घर भएका २१ बर्षीय रमेश सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको छ । 

सेन्चुरीले सोमबार सोही ठाउँ बस्ने उदयपुर सिर्सिया–५ घर भएका २८ बर्षीय पदम मगरलाई धाराको खानेपानीको बिषयमा बिबाद हुँदा धारिलो हतियार प्रहार गर्दा घाइते भएकोले न्युरो अस्पताल बाँसबारी लगिएको छ ।  

यसैगरी धारिलो हतियार खुकुरी प्रहार गर्ने काठमाडौँ महानगरपालिका–३ पानीपोखरी स्थित वालुवाटार बस्ने २८ बर्षीय डेविट लामालाई प्रहरीले खुकुरी सहित पक्राउ गरेको छ । सामाखुसी खरिवोट नजिक लामाले सोमबार व्रिटिस मोडेल कलेज थापाथलीमा अध्यनरत १७ बर्षीय  विशाल गुरुङसंग सामान्य विवाद हुदाँ एक्कासी खुकुरी प्रहार गर्दा गुरुङ घाइते भएकोले उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: Monday, December 14, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।