देउसी खेलेर संस्थागत विकास गर्दै किरात राई वाभोछाहरु

देबराज पुमा राई । 
उदयपुर, मंसिर २९ । चाम्लिङ राई अन्तर्गतको किरात राई वाभोछा समाज उदयपुरले देउसी भैलोबाट संकलित रहक संस्थागत विकासका लागि खर्चने भएको छ । २०७२ सालको दीपावलीको अवसरमा समाजले देउसी खेलेर जम्मा गरेको ८० हजार रुपैयाँ रकम सामाजिक उत्थान तथा संस्थाका लागि भौतिक रकम खरिद तथा व्यवस्थापनमा खर्चिने भएको हो ।

सदरमुकाम गाईघाट बजार तथा आसपास क्षेत्रमा रहेका वाभोछाहरु सामूहिक रुपमा आयोजित देउसी विशेष कार्यक्रमबाट संकलिन रकम संस्थागत गर्ने निर्णय पारित भएको अध्यक्ष प्रकाश राईले जानकारी दिए । वाभोछा पाछा अन्तर्गतका चाम्लिङ राईहरु यही जेठदेखि आधिकारिक समिति गठन गरी संगठित भइसकेका छन् ।

त्यस्तै जिल्लाभर रहेका वाभोछाहरुबीच आपसी भाइचारा सम्बन्ध मजबुद बनाउदै  पुस्तावली तथा बंशावली खोज, अनुसन्धान गर्नेजस्ता कामहरु संस्थागत रुपमा द्रुत गतिमा अगाडि बढीरहेको अध्यक्ष राईको भनाई छ । 

प्रकाशित मिति: Tuesday, December 15, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।