नागरिक लगानी कोषले बोनस र लाभांश बाड्ने

२०७२ पुस ८ । नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई झण्डै ४२ प्रतिशत लाभांश बाड्ने भएको छ । कोषले गतबर्षको मुनाफाबाट ३५ प्रतिशत बोनस सेयर तथा ६.८४ प्रतिशत नगद लाभांश गरी कुल ४१.८४ प्रतिशत लाभांस प्रस्ताव गरेको हो । 

सोमबार बसेको कोषको चारसय ६३ औं सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो । कोषको यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने छ । 
चुक्ता पुँजी ४५ करोड रुपैयाँ रहेको कोषको यो बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६० करोड ७५ लाख रुपैयाँ पुग्नेछ । 

त्यस्तै नमस्ते वित्तीय संस्था लिमिटेड (NBSK) ले प्रस्ताव गरेको २० प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ । सो प्रस्ताव साधारण सभाबाट पारीत हुन बाँकी छ । (बिजशालाबाट)

प्रकाशित मिति: Wednesday, December 23, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।