फेसबुक म्यासेन्जरमा नयाँ फिचर फोटो म्याजिक

२०७२ पुस ५ । फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ फिचर ‘फोटो म्याजिक’ ल्याएको छ। यसबाट फोटो सेयरिङ धेरै सजिलो हुने बताइएको छ। फोटो म्याजिक अनुहार पहिचान गर्ने खालको फिचर हो। यसले प्रयोगकर्ताको डिभाइसमा क्यामरा रोलसम्म पुगेर साथीहरुको फोटो पहिचान गर्छ। यसपछि ती फोटाहरु साथीहरुसँग सेयर गर्ने कि नगर्ने भनेर प्रयोगकर्तालाई सोध्छ। 
यो फिचरले सबै फोटाहरुलाई स्क्यान गरेर पहिचान गरेपछि प्रयोगकर्तालाई एक नोटिफिकेसन दिन्छ जसमा ‘सेन्ड’ बटन हुन्छ। यदि प्रयोगकर्ताले फोटो पठाउन चाहेमा सेन्ड बटनमा थिचेर फोटो पठाउन सक्छन्। यसका लागि म्यासेजिङ एप खोल्न पनि जरुरी छैन। यदि कुनै फोटोमा एकभन्दा बढी साथीहरु छन् भने फोटो म्याजिकले फेसबुक म्यासेन्जरमा फोटो सेयर गर्नुका साथै एक नयाँ म्यासेज थ्रेड बनाइदिन्छ। 

यदि प्रयोगकर्ताले सिधै नोटिफिकेसनबाट फोटाहरु पठाउन नचाहेमा उनीहरुले एप खोलेर म्यासेजको प्रि–भ्यू हेर्न सक्छन्। प्रयोगकर्ताले यसमा फोटोको साथै कस्टम म्यासेज पनि पठाउन सक्छन्। 

फोटो म्याजिकलाई फेसबुक म्यासेन्जर र मोमेन्ट्स टोलीले मिलेर बनाएको बताइएको छ। यो नयाँ फिचरलाई फेसबुक म्यासेन्जरको सेटिङमा गएर बन्द गर्न पनि सकिने छ। (सेतोपाटीबाट) 

प्रकाशित मिति: Sunday, December 20, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।