यात्रुको पैसा चोरी गर्ने पक्राउ

२०७२ मंसिर २१ ।  बसमा सवार यात्रुको पैसा चोरी गरेको अभियोगमा बौद्ध टुसाल बस्ने काभ्रे मंगलटार–९ घर भएका २५ बर्षीय अनिल लामालाई प्रहरीले पक्राउ गरेको छ । 

लामाले सोमबार काठमाडौँ महानगरपालिका–९ पिङ्गलामा नम्वर नखुलेको बसमा सवार सर्लाही नारायणखोला–५ घर भएका ३० बर्षीय ललाम दोर्जे शेर्पाको ज्याकेटको गोजीबाट २ लाख २७ हजार रुपैयाँ चोरी गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Monday, December 07, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।