कामू आइजीपी दुर्जकुमार राईको पृष्ठभूमि

२०७२ पुस ४ ।  शुक्रबारको मन्त्रिपरिषद् बैठकले  सशस्त्र प्रहरी बलको कार्यवाहक आइजीपीमा दुर्जकुमार राईलाई नियुक्त गरेको छ । भोजपुरको दुर्गम गाउँमा जन्मिएका राई पूर्वको दुर्गम क्षेत्रबाट पहिलो पटक प्रहरीको उच्च पदमा पुग्ने व्यक्ति बनेका छन् ।

कार्यावहाक आइजीपी राईको जन्म २०१८ साल मंसिर १ गते भोजपुरको अन्नपूर्ण गाविस ८ मा भएको हो ।  प्रहरी निरिक्षकको रुपमा २०४३ सालमा प्रहरी सेवामा प्रवेश गरेका राईले त्रिभुवन विश्वविद्यालयको मानविकी संकायबाट स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन्  ।

राई २०५८ सालमा नेपाल प्रहरीबट सशस्त्र प्रहरीमा स्तान्तरण भएका हुन् । विभिन्न जिल्ला प्रहरी कार्यालयमा प्रमुखको रुपमा काम गरेका राईले सशस्त्र प्रहरी गणहरुमा गणपतिको रुपमा समेत कार्य सम्पादन गरे ।

राईले उपत्यका भित्र समेत विभिन्न प्रहरी इकाईमा कार्यालय प्रमुखको जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गरे । नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न तालिम केन्द्रहरुमा प्रमुखको रुपमा समेत कार्य सम्पादन गरेका राईले प्रहरीमा उत्कृष्ट सेवा गरेबापत गोर्खा दक्षिणबाहु, संयुक्त राष्ट्रसंघ पदक, विदेशी सेवा पदक, राष्ट्रिय दैवी प्रकोप उद्धार पदक, दुर्गम सेवा पदक लगायत विभिन्न पदक पाएका छन् ।

स्वदेश तथा विदेशमा सेवा गरेका राईले कम्बोडिया, हाइटी सँगै संयुक्त राष्ट्र संघ अन्तगत डार्फरमा समेत काम गरे । राई विभिन्न समयमा उच्च प्रतिनिधि मण्डलमा रहेर सशस्त्र प्रहरी बलको प्रतिनिधि समेत गरेका छन् । प्रहरी अनुशासनलाई कडाइपूर्वक लागु गर्नुपर्छ भन्ने राई आफू समेत अनुशासित प्रहरी अधिकारीको रुपमा चिनिन्छन् । पाएको जिम्मेवारी पूरा नगर्दासम्म मिहिनतका साथ लाग्ने राई प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकारीका रुपमा चिनिदै आएका हुन् ।

खेलकुदमा अब्बल
राई प्रहरी जिम्मेवारीमा जति जिम्मेवार छन् खेलकुदमा समेत उत्तिकै अब्बल छन् । उनले पाकिस्तान, साउदी अबर, कुवेत, भारत, वेष्ट जर्मनी, चीन, जापान लगायतका देशमा पुगेर भलिबल खेलेका छन् । राई एथलेटिक्सका समेत चर्चित खेलाडी हुन् । राईले एथलेटिक्समा गोल्ड मेडल  पटकपटक जितेका छन् । सँगै राई टेनिसका समेत चर्चित खेलाडी हुन् । उनले टेनिसमा समेत गोल्ड मेडल उपाधी पाएका छन् ।

स्वदेशमा प्रहरी सेवा अनुभव
  • काठमाडौ उपत्यकाका विभिन्न प्रहरी इकाईमा कार्यालय प्रमुखको रुपमा  कार्यसम्पादन,
  • विभिन्न जिल्ला प्रहरी कार्यालयमा प्रमुखको रुपमा कार्यसम्पादन,
  • सशस्त्र प्रहरी गणमा गणपतिको रुपमा कार्यसम्पादन,
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीका  विभिन्न तालिम केन्द्रमा प्रमुखको रुपमा कार्यसम्पादन,
  • पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनीमा बाहिनीपतिको रुपमा कार्य सम्पादन,
  • सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागमा विभागीय प्रमुखको रुपमा कार्य सम्पादन,
  • सशस्त्र प्रहरी बल मानवश्रोत विकास विभागमा विभागीय प्रमुखको रुपमा कार्यसम्पादन,
  • सशस्त्र प्रहरी बल प्रशासन विभागमा विभागीय प्रमुखको रुपमा कार्यसम्पादन ।

विदेशी सेवा अनुभव
  • कम्बोडियामा संयुक्त राष्ट्र संघ अन्तर्गत जिल्ला प्रमुखको रुपमा एक वर्ष  कार्यसम्पादन,
  • संयुक्त राष्ट्र संघ अन्तर्गत  हाइटीमा Senior Police Advisor को रुपमा एक वर्ष कार्यसम्पादन,
  • संयुक्त राष्ट्र संघ अन्तर्गत डार्फरमा Chief of Operations and Deputy Sector Commander को रुपमा एक बर्ष कार्यसम्पादन,
  • संयुक्त राष्ट्र संघ अन्तर्गत  डार्फरमा  संयुक्त राष्ट्र संघ अन्तंगत  डार्फरमा  Acting Sector Commander in El-Geneina Sector को रुपमा एक बर्ष कार्यसम्पादन,
  • संयुक्त राष्ट्र संघ अन्तर्गत विभिन्न शान्ति स्थापनार्थ मिशनमा Contigent Commander को रुपमा कार्यसम्पादन,
  • विभिन्न समयमा नेपाल सरकारको विभिन्न उच्च प्रतिनिधिमण्डलमा रही सशस्त्र प्रहरी बलको प्रतिनिधित्व ।

राईले पाएका मानपदवी
  • गोर्खा दक्षिण बाहु,
  • संयुक्त राष्ट्रसंघ पदक-३ (UNTAC, Cambodia, MINUSTAH, Haiti, UNAMID, Darfur)
  • बिदेश सेवा पदक-३,
  • राष्ट्रिय दैवी प्रकोप उद्दार पदक,
  • दुर्गम सेवा पदक,
  • सार्क शिखर सम्मेलन पदक,
  • गद्दी आरोहण पदक,
  • सुप्रवल जनसेवा श्री ।

स्वदेशमा राईले लिएको तालिम
  • Police  Officers Special Training, Nepal Police Academy, 198
  • Training of Trainers, Nepal, 198
  • Drugs Introductory Training, Nepal, 1988
  • General  Police Administration Training, Nepal, 1989
  • Crime Investigation Training, Nepal, 1989
  • Drugs Control Training, Nepal, 1993
  • Airport Security Training, Nepal 1997
  • Special Arms and basic war Tactics, Nepal 2001
  • Armed Police Management Training, Nepal 2001
  • Strategic Planning and Development of Local    Institutions, Nepal 2004
  • French Language Beginner Level 100 hrs, 2006

विदेशमा राईले लिएको तालिम
  • Hostage Negotiation Course, New Mexico University,  NM, USA 200,
  • Civilian Police Military UN Peace Keeping Seminar,New Delhi, India 2004
  • ICRC, Human Rights Course, 2004
  • IHL- The Law of Armed Conflict Training, Nepal, 2002
  • Incident Management course, USA Sponsored and Organized in Nepal, 1990
  • Operation Blue Tiger, Dhaka, Bangladesh (Sponsored and Organized by government of United Kingdom),
  • Operational Procedure Course, Sponsored by Anti-Terrorism Assistance Program ,USA, Kathmandu,
  • Workshop on Law Enforcement for Nepal, Beijing , China.


प्रकाशित मिति: Saturday, December 19, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।