भाइको नाममा परीक्षा दिने पक्राउ

२०७२ पुस २ । भाइको नाममा सिटीईभिटीको डिप्लोमा तहको परीक्षा दिने महोत्तरी लोहारपट्टी–२ बस्ने आदित्य कुमार झालाई प्रहरीले पक्राउ गरेको छ । 

वीरगंज उपमहानगरपालिका–१८ नेशनल मेडिकल कलेजमा झाले भाइ तिलक कुमार झाको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: Thursday, December 17, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।