अहिलेका राष्ट्रपति ३० प्रतिशत नेपालीका मात्रै अभिभावक हुन्?
डेरराज गुरुङ ।
२०७२ पुस १५। सामान्यत: बाबुआमा नभएका बालबालिकालाई टुहुरो भनिन्छ । उनीहरु बेसहारा हुन्छन् ।सहाराकै विस्तार हो अभिभावक वा नेतृत्व । त्यसै अवधारणालाई विस्तार गरेर गाउँमा पनि मुखिया वा वार्ड अध्यक्ष चुनिन्छ । सबै स्तरमा त्यसरी नै जनताहरुको सुखदु:खमा साथ दिन अभिभावकको रुपमा प्रमुख चुनिन्छ । सिङ्गै देशको निम्ति राजतन्त्रमा राजारानी हुन्छन् वा गणतन्त्रमा राष्ट्रपति चुनिने गरिन्छ ।नेपालमा गणतन्त्र स्थापना भएको पनि सात वर्ष भइसक्यो । तर गणतन्त्र नेपालका राष्ट्रपतिको भूमिका पनि अभिभावकको जस्तो देखिएको छैन ।
प्रधानमन्त्री कार्यकारी हुने शासकीय प्रणालीमा राष्ट्रपतिले गल्ती गर्दैनन् भन्ने मान्यता राखिन्छ । किनकि उनी कार्यकारी राष्ट्रपति हुँदैनन् बरु सबैको अभिभावक हुन्छन् । सबैको सुखदु:खमा साथ दिने, सबैको भावनाको प्रतिबिम्ब बन्ने र सबैले आफ्नो भन्न सकिने पद हो राष्ट्रपति भनेको । कहीँकतैबाट देशका जनता प्रताडित भए, अन्यायमा परे, भेदभावमा परे, उत्पीडनमा परे अनि अरु कसैले न्याय गरेन भने सबैको आस्था, विश्वास र भरोसाको एक मात्र प्रतिमूर्ति राष्ट्रपतिसँग बिन्ती गरिन्छ जसरी घरपरिवारमा जसरी बुबाआमालाई भनिन्छ l
नेपालको हकमा पहिलेका राजारानीहरु पनि सबैका थिएनन् र अहिलेका राष्ट्रपति पनि सबैका रहिनछन् भन्ने आभास हुँदैछ l वर्तमान राष्ट्रपतिले एउटै धर्म र संस्कृतिलाई मात्रै आफ्नो ठानेपछि यस्तो आभास भएको हो ।
विडम्बना नै भन्नुपर्छ नेपालको हकमा पहिलेका राजारानीहरु पनि सबैका थिएनन् र अहिलेका राष्ट्रपति पनि सबैको रहेनछन् भन्ने आभास हुँदैछ l वर्तमान राष्ट्रपतिले एउटै धर्म र संस्कृतिलाई मात्रै आफ्नो ठानेपछि यस्तो आभास भएको हो ।
राष्ट्रपतिले पछिल्लो चरणमा “राष्ट्र कल्याणको संकल्प गर्न” देशकै जनताको छातीमा गोली हान्दै जबर्जस्ती पूजा अर्चना गरेको दृश्य देखिएको छ । राष्ट्र भनेकै जनता हुन् भन्ने कुरा पनि नबुझ्ने राष्ट्रपतिले जनताको छातीमा गोली हान्न लगाएर पूजा अर्चना गरिएको रहेछ । त्यसो भए के उनले जनकपुरकी देवी सीतासँग यो देशमा भएको नदीनाला, हिमालपहाड, वनजंगल र भीरपाखाको कल्याणको संकल्प पूजा गरेकी हुन् त ? कि उनी र उनको परिवारलाई नै राष्ट्र मानेर उनीहरुको मात्रै कल्याणको संकल्प गरेकी हुन् ? आफ्नै जनताको रगतको भोग चढाएर कुन जनताको कल्याणको संकल्प पूजा गरेकी हुन् ?
नेपाली जनताहरु भने महाभूकम्पको असरले घरवारविहीन बनेर एउटा कम्बलको अभावमा जाडोले कठाङ्ग्रिएर दिनदिनै मर्दैछन् । त्यसमा पनि नाका अवरोधले गर्दा अभाव र अवैध व्यापार चुलिएको छ । यस्तो राष्ट्रिय दुर्दशाको अन्य्लको निहुँमा राष्ट्रपतिमा हिजो पशुपतिमा पूजाआजा गरिन् र एक महिनाका तलब पनि दान गरिन् पशुपतिकै नाममा । पशुपतिमा खरानी धसेर बस्ने जोगीहरुलाई एक महिनाको तलब दान गर्दा कति जना भूकम्प पीडित र गरिब जनता कठ्याँग्रिएर मर्नबाट बच्न सक्छन्‚ थाहा छ राष्ट्रपतिज्यू ?
राष्ट्र भनेकै जनता हुन् भन्ने कुरा पनि नबुझ्ने राष्ट्रपतिले जनताको छातीमा गोली हान्न लगाएर पूजा अर्चना गरिएको रहेछ । त्यसो भए के उनले जनकपुरकी देवी सीतासँग यो देशमा भएको नदीनाला, हिमालपहाड, वनजंगल र भीरपाखाको कल्याणको संकल्प पूजा गरेकी हुन् त ?
राष्ट्रपतिको तलब रु. १ लाख २० हजार ३ सय ६० भनिएको छ l त्यति रकमबाट ३००० रुपैयाँको दरले कम्बल किनेर दिने हो भने पनि ४० जना भूकम्पपीडितको ज्यान बच्न सक्छ । के जनताहरुचाहिँ उनले मनपरी गरे पनि ‘राष्ट्रपतिले कहिले गल्ती गर्दैनन्’ भन्ने सिद्धान्त ओढेर कठाङ्ग्रिएर मर्नुपर्ने अनि उनी चाहि साधुहरुलाई दानदक्षिणा दिँदै घुम्ने ?
नेपाल एउटा बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । धर्म र संस्कृति भनेको आस्था र पहिचान हो । हिन्दुहरुले हिन्दु धर्मअनुसार, बुद्धिष्टहरुले बौद्ध परम्पराअनुसार, मुस्लिमहरुले इस्लामी परम्परा र विधिअनुसार पूजा गरे मात्रै उनीहरुको आस्था र कामना पूरा हुन्छ भन्ने मान्यता राखिएको हुन्छ । यस्तो बहुधार्मिक र बहुसांस्कृतिक मुलुकको अभिभावकले हिन्दु परम्परा र विधिअनुसार संकल्प पूजा गर्दैमा सबैको कल्याण हुन्छ भन्ने मान्न कसरी सकिन्छ ? पशुपतिनाथमा पूजापाठ गर्ने राष्ट्रपतिले बुद्धिष्टहरुको कल्याण हुन्छ भन्ने कसरी ठानिन् ? हिन्दु मन्दिरमा पञ्चामृत र गाईको गहुत चढाएर गाईकै मासु खाने मुस्लिमहरुको कसरी कल्याण हुन्छ भन्ने ठानिन् ?
आफ्नो तलब पशुपति कोषमा दान गर्ने उनको कामबाट जाडोमा कठ्याँग्रिएका भूकम्प पीडित र गरिब जनताको पनि आस्था र भरोसाको प्रतिनिधित्व पनि हुन सकेन l यसको अर्थ राष्ट्रपतिका सबै पूजापाठको कार्य उनी आफू र आफूजस्तै पहाडे हिन्दु धर्मावलम्बीहरुको मात्रै कल्याण गर्नको निम्ति गरिएको पूजापाठ भएन र ?
आस्था, विधि र परम्पराअनुसार गरिएको पूजाले मात्रै कल्याण हुन्छ भन्ने मान्यता हुन्छ । मुस्लिमहरुले नमाज पढे भने, बुद्धिष्टहरुले विहार र गुम्बामा १०८ बत्ती बालेर पूजा गरे भने अरु किरात र प्रकृति पूजक धर्मावलम्बीहरुले पनि आ-आफ्नै विधि र परम्पराअनुसार पूजापाठ गरे भने मात्र आफ्नो कल्याण हुन्छ भन्ने विश्वास गरिन्छ । के त्यसो भए देशका राष्ट्रपतिले पहाडे हिन्दु धर्मावलाम्बीहरुको मात्रै कल्याण होस् भनेर मात्रै पूजा गरेकी हुन् त ? के उनी पहाडे हिन्दु धर्मावलम्बीहरुको मात्रै अभिभावक हुन् कि ?
त्यसो भए त मधेसी जनताकै बलि दिएर, रगत चढाएर जबर्जस्ती सीतादेवीको पूजाअर्चना गर्ने राष्ट्रपति मधेसी जनताको अभिभावक हुने कुरै भएन । हिन्दु धार्मिक विधि र परम्पराअनुसार पूजा गरेर बुद्धिष्ट, किरात, बोन धर्मावलम्बी आदिवासी जनजातिको आस्था र विश्वासको प्रतिनिधित्व हुने कुरै भएन । अल्ला हू अकबर भनेर नमाज पढ्ने मुस्लिमहरुको आस्था र विश्वासको पनि प्रतिनिधित्व भएन ।
आफ्नो तलब पशुपति कोषमा दान गर्ने उनको कामबाट जाडोमा कठ्याँग्रिएका भूकम्प पीडित र गरिब जनताको पनि आस्था र भरोसाको प्रतिनिधित्व पनि हुन सकेन । यसको अर्थ राष्ट्रपतिका सबै पूजापाठको कार्य उनी आफू र आफूजस्तै पहाडे हिन्दु धर्मावलम्बीहरुको मात्रै कल्याण गर्नको निम्ति गरिएको पूजापाठ भएन र ? यसरी हेर्दा हामी सबै नेपालीको निम्ति कल्याण चाहने राष्ट्रपति खै त ? हामी सबैको अभिभावक खै त ? राष्ट्रपतिले गरेको पूजापाठले त हामी ७०% भन्दा बढी नेपाली त अभिभावकविहीन नै भएका छौं, हैन र ? हामी त टुहुरो नै भएका छौं हैन र ?
(लेखक नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष हुन् ।)
(इसमाताबाट साभार।)
प्रकाशित मिति:
Wednesday, December 30, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।