शंकास्पद अवस्थामा युवतीको शव

२०७२ मंसिर २२ । एक युवतीको शव शंकास्पद अवस्थामा मध्यराती सडकमा भेटिएको छ। अछामको साँफेबगर-१२ जमालगाउँ की-२० वर्षीया कमला कुँवरको शव गत मध्यराती अछामकै साँफेबगर मंगलसैन सडकखण्ड अन्तर्गत रिडिकोट नजिक भेटिएको प्रहरीले जानकारी दिएको छ। 

गत राति करीव एक बजेको समयमा बिरामी बोकेर नजिकैको बयलपाटा अस्पतालतर्फ जाँदै गरेको जीपका चालकले सडकमा शव भेटेपछि प्रहरीलाई खबर गरेको बुझिएको छ। लगत्तै इलाका प्रहरी कार्यालय बयलपाटाबाट गएको प्रहरीको टोलीले युवतीलाई बयलपाटा अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए। 

युवतीको टाउकोको पछाडीको भाग तथा घाँटीमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन ल्याईपुर्‍याएको छ। जिल्ला प्रहरी प्रमुख देउवाले अहिले नै युवतीको आफै मृत्यु हो या हत्या हो बारे भन्न नसकिने जानकारी दिए। साथै उनले घट्नाबारे अनुसन्धान भइरहेको समेत बताए।

ती युवतीले सोमबार गाउँकै साथीसँग आज म बिहे गरेर जाने हो यो कुरा कसैलाई नभन्नु भोली आफै थाहा भैहाल्छ भनेको सुनिन आएको छ। घट्ना भने शंकास्पद छ। 
साभार: अन्नपूर्णपोष्ट ।

प्रकाशित मिति: Tuesday, December 08, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।