अमेरिकाबाट चलचित्र ‘रातो घर’को प्रदर्शन शुरु हुने

२०७२ मंसिर २४ । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको चलचित्र ‘रातो घर’ले डिसेम्बर २७ बाट आफ्नो प्रदर्शन यात्रा थाल्ने भएको छ । 

अमेरिकाको क्यालिफोर्नियाबाट सुरु हुने प्रदर्शन सेनफ्रान्सीस्को, लस एन्जल्स, सियाटल्स, वासिङ्टन डीसी, पोर्टल्याण्ड, मेरील्याण्ड, जर्जिया, एक्रोन, न्यूयोर्क लगायतका स्टेटहरुमा पनि हुनेछ । यसका लागि चलचित्रका निर्माता तथा निर्देशक सुरज सुब्बा अमेरिका जाँदैछन् ।
rato-ghar
निकेश लिम्बुको प्रस्तुतीमा तयार भएको यो चलचित्र लागू पदार्थ दुर्व्यसनीको कथामा तयार भएको छ । सुरज सुब्बा, विल्सन विक्रम यसका लगानीकर्ता हुन् । चलचित्रमा विल्सन विक्रम राई, मेनुका प्रधान, संयम पुरी, गौरव पहारी, अनुराग कुँवर, विकेश श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्र निर्देशक सुरज सुब्बा र कलाकार विल्सन विक्रम राइका लागि विशेष छ । ‘बाटो मुनिको फूल’बाट चर्चामा आएका सुरजले यसपछि केही चलचित्र निर्देशन गरेपनि सफल हुन सकेन । यसैले पनि उनका लागि यो चलचित्र चल्नु जरुरी छ ।

यस्तै, चलचित्र ‘सायद’बाट एकाएक चम्किएका कलाकार विल्सन विक्रम राइका त्यसपछि प्रदर्शनमा आएका कुनै पनि चलचित्र चलेका छैनन् । विल्सन र सुरज सुब्बाका लागि ‘रातो घर’को व्यापार दोहोरो अर्थमा महत्वपुर्ण देखिन्छ । (अनलाइन खबरबाट)


प्रकाशित मिति: Thursday, December 10, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।