खोटाङमा यो वर्ष एक अर्वको अलैंची उत्पादन

  • देबराज पुमा राई । 
मौवाबोटे, मंसिर २९ । अघिल्लो वर्षको तुलनामा यो वर्ष खोटाङका कृषकहरुले बढी अलैंची फलाएका छन् । जिल्ला कृषि विकास कार्यालय खोटाङका अनुसार गत वर्ष ८० करोड मूल्य बराबरको अलैची उत्पादन भएकोमा यस वर्ष ६ प्रतिशतले बृद्धि भई ९९ करोड ७५ लाखभन्दा बढी बजार मूल्यको कारोबार भएको हो । 

गएको वर्ष चार सय ५६ मेट्रिक टन उत्पादन भएको अलैची यो वर्ष चार सय ८५ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै अघिल्लो साल प्रतिहेक्टर ०.५० मनको दर थियो भने यसवर्ष प्रतिहेक्टर ०.५३ मनको दरले उत्पादन भएको कार्यालयद्वारा अंकित तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसैगरी गत वर्ष चार सय ५६ मेट्रिक टन उत्पादन तथा प्रतिमन ८० हजारका दरले ८० करोडको निकासी भएको थियो भने यो वर्ष चार सय ८५ मेक्ट्रीक टन उत्पादनसँगै प्रतिमन ९५ हजारका दरले ९९ करोड ७५ लाखको अलैंची उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ  । अधिकतर ठाउँमा अलैँची निखारीएको भएपनि कतिपय ठाँउमा टिप्ने काम अझै नसकिएकाले बिवरण थपिन सक्ने बताइएको छ ।

कारोबार अनुसार अघिल्लो सालको तुलनामा यसवर्ष अलैंचीको मूल्य २.५ प्रतिशत बृद्वि भएको छ । जसअनुसार प्रतिमन ९५ हजारदेखि १ लाख २० हजारसम्म बिक्री हुने गरेको छ । कार्यालयका अनुसार खोटाङको करिब तीन दर्जनबढी गाविसहरुमा लगाइदै आएको व्यवसायिक अलैँची खेतीले कुल नौ सय १५ हेक्टर जमिन ओगट्दै आएको छ ।



प्रकाशित मिति: Tuesday, December 15, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।