'स्कुले जीवन' सँगै व्यस्त भइन् गायिका मिना पुमा

२०७२ मंसिर १९ । भनिन्छ "हिम्मत गरेर अगाडि बढे अवश्य सफलता मिल्छ" । गायिका मिना पुमाको जीवनमा पनि यही भनाईले मेल खायो । गायिका मीना पुमाले केहि महिना अगाडि "स्कूले जीवन" नामक एल्बम बजारमा सार्वजानिक गर्नु भएको थियो । स्कूले जीवन सार्वजानिक गरेसंगै पुमाको व्यस्तता निकै बढेको छ । गीत-संगीतको यात्रा गीति लेखनबाट सुरुवात गरेपनि अहिले उहाँले गायिकाको परिचय पनि दिइसक्नु भएको छ । उहाँको स्कूले जीवन बोलको गीत अहिले केटाकेटीदेखि वृद्धवृद्धासम्म सबैको मुखमा झुन्डिएको छ । खोटाङको दिप्लुङ १ केराबारीमा जन्मिएका उहाँले हाल काठमाडौंलाई कर्मथलो बनाएर सांगीतिक दुनियामा रमाई रहनु भएको छ । 

उहाँको गीत संगीत मोह र मेहेनतले विभिन्न फुटकर गीत गाउँदै आधाजीवन, आम्लाबुङ, भोजपुर डबलीलगायत एल्बममा स्वर दिइसक्नु भएको छ। उहाँ गीत संगीतसंगै सामाजिक सेवाका क्रियाकलापमा पनि चासो राख्दै धेरै सस्थाहरुमा आबद्ध भै उत्तिक्कै सक्रिय रहदै आउनु भएको छ ।

वैदेशिक रोजगारको सिलसिलामा लेबनानमा चार वर्ष बिताई हाल काठमाडौंमा बस्दै आउनु भएकी गायिका मिना पुमा सानो छँदादेखि नै संगीत र साहित्यमा अत्यन्तै रुचि रहेको बताउनु हुन्छ। बैदेशिक रोजगारीमा रहेर पनि एकछिन फुर्सद पाउँदा ठूलो महलको चार दिवाल भित्र गुनगुनाउँनु हुन्थ्यो भने फुरेका शब्दहरु कोर्दै साहित्यिक रुचि ४ सालसम्म जिवन्त राखी यसलाई पूर्णता दिन जन्मभुमि फर्केर आउनुभयो ।

गायिका पुमाको सानैदेखिको गायिका बन्ने सपना बिपनामा परिणत गर्न जिन्दगीका धेरै उतारचढावहरु झेल्न परेको बताउनु हुन्छ । निकै मिजासिली मिना पुमा आफूले निकै मेहनत गरेर एल्बम स्कूले जीवन तयार पारेकोले यसले सबैको मन जित्ने कुरामा आशावादी हुनुहुन्छ । उहाँका केहि गीतहरुमा राजेश पायल राईले साथ दिनु भएको छ भने डीआर अटु, कुमार दुमी राई, धनु ग्यान्ग्मी, डक्टर किरातको संगीत, विश्व लिम्बु, सागर राउतको साथ रहेको छ । गायिका स्वयम् आफ्नै शब्द र भिडियोलाई रमेश राईले ३ वटा गीत निर्देशन गर्नुभएको छ भने खगेन्द्र पन्धाक लिम्बु, कमल एच्के मगर अनि जीबी स्यान्ग्बाले बाँकी भिडियो निर्देशन गर्नुभयो । भिडियोहरुमा शान्ता राई, शान्ति श्रेष्ठ, अनिल राई, ग्यानेद्र थेबे, सक्सेस् राई, देब राई र सुमी लिबांग लिम्बुको अभिनय हेर्न सकिन्छ । 

गायिका पुमाले देश बिदेशमा रहनु भएका सम्पूर्णलाई आफ्नो एल्बम 'स्कूले जीवन' सुनेर सल्लाह सुझाब दिन समेत आग्रह गर्नुभएको छ । अन्तमा उहाँलाई एल्बम तयार गर्न तथा विभिन्न तवरले साथ, सहयोग, सल्लाह सुझाब र हौसला दिने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । 
सौजन्य: लाइभ नेपाल टेलिभिजन ।

प्रकाशित मिति: Saturday, December 05, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।