एसपी काठ तस्करी प्रकरण– छानबिन टोलीको भूमिका समेत संकास्पद !

देबराज पुमा राई, उदयपुर, पुस ११ । 
केहीदिनअघि उदयपुर सदरमुकाम नजिकैको एक सामुदायिक बनबाट सुरक्षित तस्करी भइरहेको काठ स्कर्टिङ गर्दै हिडेको प्रहरी र जिल्ला बन कार्यालयबाट बन सुरक्षामा खटिएको गस्तीटोलीबीच दोहोरो घम्साघम्सीपछि खुलेको रहस्यबारे बुझ्न पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट आएको टोलि बुधबार फर्किएको छ ।

अनुसन्धानको क्रममा जिल्ला प्रहरीबाट खटिएको टोलीले घटनास्थलमा तस्करीमाथि सुरक्षा प्रदान गरेको विषयले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्दकुमार साहमाथि तस्करीको आरोप लागेको थियो । त्यस्तै एसपी साहकै ठाँडो निर्देशनमा तस्करी भइरहेको अनुसन्धानको क्रममा देखिएपछि तस्करी अभिप्रेरित मुख्य संलग्नको रुपमा चित्रण गर्दै बिभिन्न सञ्चारमाध्यममा खवर सार्वजनिक भएको थियो । प्रहरी प्रमुखकै संलग्नतामा काठ तस्करी भएको समाचार आएलगतै सत्यतथ्य बुझ्न गृह मन्त्रालयको निर्देशन बमोजिम पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रामजी कटुवालको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरी उदयपुर पठाएको थियो ।
एसपी साहको निर्देशनमा जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याउदै गर्दा जिल्ला बन कार्यालयले बरामद गरेको काठका टुनहरु बन कार्यालय परिषरमा । तस्वीर: देबराज राई ।
पदीय मर्यादा र जिम्मेवारी बिपरित रातारात ‘काठ ओसारपसार’ मामिलामा मुछिएपछि क्षेत्रबाट आएको टोलीले साहको व्यक्तिगत आचरण तथा उनी संगठनको नेतृत्वस्तरमा रहेका हैसियतले जिल्लामा उनीसँग जोडिएका अन्य घटना बिवरणबारे पनि सम्बन्धित निकायसँग जानकारी लिएको थियो । छानबिन गर्न आएको टोली प्रतिनिधिसँगको भेटघाटमा एसपीकै निर्देशनमा बन तस्करी भईरहेको ट्याक्टर नियन्त्रण तथा केही सर्वसाधरणबाट अनावश्यक रकम असुलेको तथा जिल्लामा व्यप्त कालोबजारीलाई निरुन्साहित गर्नुको सट्टा संरक्षण दिएर प्रोत्साहन गराएको आरोपको सेरोफेरोमा जिल्लास्थित स्रोतसँग सोधपुछ गरेको थियो ।

‘छानबिन टोलीको गतिबिधि संकास्पद’
पदीय मर्यादा कुल्चेर तस्करी बिधिमा संलग्नको आरोप लागेका एसपी साह तथा घटनाबारे बुझ्न आएको प्रहरी टोलीले केही व्यक्तिसँग गोप्य तवरले सूचना संकलन गरेको तथा व्यक्ति व्यक्तिलाई फोनमार्फत संवाद गरी सोधपुछ गरेको भन्दै छानबिन छोलीको भूमिका संकास्पद रहेको उदयपुरका स्थानीयहरुले गुनासो गरेका छन् । जिम्मेवार प्रहरीका प्रमुख नै काठ तस्करीजस्तो जटिल घटनामा मुछिदा पनि जिल्लास्थित केही राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीसँग सामान्य सोधपुछ गरेर फर्किनुमा रहस्य हुनसक्ने उनीहरुको भनाई छ ।

‘एसपी साहले गरेको काठतस्करी र सर्वसाधरणबाट रकम असुलेको लगायतका विषयमा निकै चासो राखेर मलाई सोधपुछ गरियो ।’ सेक्रेटरी राईले भने, एसपी साह जिम्मेवार व्यक्ति हुन् उनले अपनाएको खराव कार्यशैलीले सिंगो प्रहरी संगठन नै बद्नाम हुनेगरी उठेको गम्भीर विषय सुटुक्कै केही एकदुई जनालाई मात्रै कानेखुसी गरेर फर्किनुले नियतमा दाग देखाएको छ ।’
क्षेत्रबाट आएका प्रहरी निरीक्षक कटुवालको टोलीले आफूलाई ‘एसपी कर्तुत’बारे टेलिफोनमार्फत सोधपुछ गरेको बिप्लव नेतृत्वका नेकपा माओवादी उदयपुर सेक्रेटरी केदार कुमार राईले जानकारी दिए । ‘एसपी साहले गरेको काठतस्करी र सर्वसाधरणबाट रकम असुलेको लगायतका विषयमा निकै चासो राखेर मलाई सोधपुछ गरियो ।’ सेक्रेटरी राईले भने, एसपी साह जिम्मेवार व्यक्ति हुन् उनले अपनाएको खराव कार्यशैलीले सिंगो प्रहरी संगठन नै बद्नाम हुनेगरी उठेको गम्भीर विषय सुटुक्कै केही एकदुई जनालाई मात्रै कानेखुसी गरेर फर्किनुले नियतमा दाग देखाएको छ ।’ सार्वजनिक पदधारण गरेका व्यक्ति वा संगठनका प्रमुख तथा जो कोहीले पनि कुकार्य गरे त्यसबारे सर्वसाधरणबाट पनि गुनासो र सुझाव तथा उनीबारे थप रहस्य संकलन हुन सक्ने गरी सार्वजनिक सुनुवाईजस्तो ‘मास’बाटै जानकारी लिनुपर्ने राईको भनाई छ ।

‘आफूबिरुद्वको नागरिक गुनासो सुन्न नसकेर भाग्छन् प्रहरी’
यता मानव अधिकार संजाल उदयपुरका संयोजक तथा सामुदायिक सेवा केन्द्रका सदस्य भरत खड्कालाई पनि टोलीले टेलिफोन सम्पर्क गरी एसपीबारे सोधपुछ गरेको बताए । मानवअधिकारकर्मी खड्काले भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन स्थानीय शान्ति समितिमा आयोजित एक सार्वजनिक कार्यक्रममै एसपी साहको कर्तुतबारे जनसाधरणले उठाएका प्रश्नबारे छानविन टोलीसँग कुरा भएको स्वीकारे । ‘सार्वजनिक कार्यक्रममा एसपीमाथि उठेका सवालमाथि मसँग जानकारी मागियो ।’ खड्काले भने, ‘म स्वयंले अध्यक्षता गरिरहेको कार्यक्रममा एसपीबारे सर्वसाधरणले उठाएका सवाल सुन्न नसकेपछि जिल्ला प्रहरीका प्रतिनिधि नै उठेर कार्यक्रम हलबाट निस्किएर जानुपरेको अवस्थासम्म जानकारी गराए ।’ स्रोतका अनुसार खड्काको अध्यक्षतामा आयोजित सार्वजनिक कार्यक्रममा प्रहरीले नै मानवअधिकारको उलंघनका घटनाहरुलाई उक्साएको आरोप लगाउदै खरो प्रश्न तेर्साउन थालेपछि प्रहरी प्रतिनिधि प्रहरी निरीक्षक राजेन्द्रकुमार बस्नेत, प्रहरीको आलोचना सुन्न नसकेर कार्यक्रम विचमै छाडेर बाहिरिएको बारेमा पनि टोलीलाई जानकारी गराइएको थियो ।

त्यसैगरी गहन विषयमा अनुसन्धान गर्न आएको टोलीले प्रभावकारी भूमिका नखेलेको एमाले उदयपुरका उपाध्यक्ष विमल कार्कीले गुनासो गरे । ‘छानबिन टोली जिल्ला आएपछि सार्वजनिक सुनुवाईमार्फत उनीमाथिको आरोपहरुबारे बृहत अध्ययन गर्छ भन्ने लागेको थियो’ उपाध्यक्ष कार्कीले भने, ‘बिडम्बना तर त्यस्तो हुन सकेन, उल्टै सीमित व्यक्तिबाट जानकारी लिएर गुपचुप हुनेगरी एसपीको कालोधन्दा पखाल्ने नियत देखायो समितिले ।’ सोधपुछ गर्न आएको आन्तरिक समितिको टोलीले जिल्ला आएर पनि प्रत्यक्ष व्यक्ति नभेटी सामान्य फोनमार्फत कुरा गरेर औपचारिकता निभाएरै ‘एसपी धन्दा’ बचाऊ गर्न खोजेको आरोप लगाए । टोली गाईघाट आउदा उपलब्धी, प्रभावकारी र पारदर्शीभन्दा बढी एसपीको कालोधन्दालाई बैधानिकता दिने प्रयत्न मात्रै भएको सर्वसाधरणको भनाई छ ।

प्रकाशित मिति: Sunday, December 27, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।