काम गर्दागर्दै मलेसियामा एक नेपालीको मृत्यु

२०७२ पुष १४, मलेसिया । मलेसियामा एक नेपालीको काम गर्दागर्दै ज्यान गएको छ । दाङको राजपुर गाविस वडा न ४ चनुवा घर भई मलेसियाको मेरुमा रहेको एक आल्मुनियम कम्पनीमा कार्यरत २० वर्षीय आशाराम यादवको ज्यान गएको हो ।

यादव दुई जना साथीहरु मिलेर आल्मुनियमको पाईपमा प्लाष्टिक लगाईरहेका थिए । काम गर्दागर्दै उनी सोही ठाउँमा ढलेका थिए । साथीभाईले के भयो के भयो भन्दै गर्दा उनको सोहि ठाउँमै ज्यान गैसकेको थियो । कम्पनीले नजिकैको केलाङ अस्पताल पुर्‍याएको भए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । 

अविवाहित आशाराम १६ महिना अगाडि मात्रै रोजगारीको लागि मलेसिया पुगेका थिए । शववाई नेपाल पठाउने तयारी भैरहेको उनका फुपाजु खुमवहादुर यादवले जानकारी दिए । (अनलाइन खबरबाट)

प्रकाशित मिति: Tuesday, December 29, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।