आयल निगमका गोपाल खड्का, यादव र गोइत पक्राउ पर्दै

२०७२ पुस ३ । नेपाल आयल निगमलाई आफ्नो बपौती ठानेर लूट धन्दा चलाएका गोपालबहादुर खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निगम प्रमुख प्रदीप यादव र निगमका अर्का गोइत थरका निर्देशकलाई कालोबजारीको सञ्जाल चलाएको भन्दै नेपाल प्रहरीले पक्राउ गर्ने अन्तिम तयारी गरेको छ ।

gopal khadka
अख्तियार दुरुपयोग अनुसन्धन आयोगको डर देखाएर कारबाही हुनबाट बचेका खड्काले कालोबजारीको ¥याकेट नै चलाएका छन् । उनले आफूले तोकेका पम्पलाई मात्रै इन्धन दिने गरेका छन् । खड्काको कालो धन्दालाई विमानस्थल प्रमुख प्रदीप यादव र निगमका निर्देशक गोइतले सहयोग गरेका छन् । नेपाल प्रहरीको महानगरीय प्रभागका एक उच्च अधिकृतका अनुसार कालोबजारी सञ्जाल बनाएर जनता ठग्ने खड्का, यादव र गोइत केही दिनभित्रै पक्राउ पर्छन् । केही दिन पहिले पक्राउ परेका थानकोट डिपो प्रमुख रविन शर्माले खड्काको आदेशमा धन्दा चलाएको प्रहरीलाई बयान दिएपछि खड्का पक्राउ पर्न लागेका हुन् ।

‘बरु मलाई हटाइदिए हुन्थ्यो, प्रहरीले पक्राउ ग¥यो भने त बर्बाद हुन्छ’ बुधबार मात्रै खड्काले आफ्नै कार्यकक्षमा रूपन्देहीतिरका एक राप्रपा नेतालाई सुनाएका थिए । (जनआह्वान साप्ताहिकबाट)।


प्रकाशित मिति: Friday, December 18, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।