राष्ट्रपतिलाई व्यङ्ग्य गर्दै इजराइलबाट एक नेपालीले १ लाख ३० हजार भुकम्पपिडितलाई सहयोग

२०७२ पुस १९। पशुपतिको दर्शन गरेर पुण्य नकमाइने बरु दुखमा परेका पीडितलाई सहयोग गर्दा पुण्य कमाइने भन्दै इजरायलमा कार्यरत शरिन तामाङ खुयुङ्वाले आफ्नो एक महिनाको तलब भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेकी छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको दर्शन गरेर पुण्य कमाउने नाममा गलत काम गरेको भन्दै विश्वभर अहिले चर्को आलोचना भइरहेको छ । ढुंगाको मूर्तिलाई ढोगेेर नभई गरिब दुःखीको सेवा गर्न राष्ट्रपतिलाई आग्रह गर्दै इजरायलबाट तामाङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेकी हुन् । 

तामाङले भूकम्प पीडित बालबालिका, बृद्धबृद्धाहरुको सहयोगका लागि एक महिनाको तलब १ लाख ३० हजार रुपैयाँ सहयोग गर्ने स्पष्ट गरेकी छन् ।

भूकम्प पीडितहरु चिसोले कठ्याङ्ग्रिएको बेला राष्ट्रपति भण्डारी पशुपति मन्दिर दर्शनका लागि पुगेका थिए । सो दृश्य देखेर भावुक बन्दै पुण्य कमाउन मन्दिर नभई पीडितको सेवा गर्नका लागि अनुरोध गर्दै सहयोग गर्ने भएको शरिनले बताइन् । 

प्रकाशित मिति: Sunday, January 03, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।