अब लाज भयो आफ्नै भारी बोक्न (गीत)

  • गणेश पुमा राई चिन्तन 
(रचनाकाल: २०५३ फागुन २८)  
उहिले त राम्रो मान्थ्यौं विद्या भन्दा खेती
धाइरन्थ्यो साँझ बिहान आफनै गाउवेशी
पढीगुनी के काम भन्थ्यौं हलो जोती माम
आजभोलि पढन पायौं छुनु पर्छ घाम ।

सबैलाई चाहियो अब राम्रो थात बास
गर्छौ सबै ठूलाठालु कसले देला गास
मिठो खाने मनमा हुन्छ कर्म गर्ने मन छैन
गर्ने बेला मजा गर्छौ खाने बेला केहि छैन ।

लाज भयो हामीलाई आफनै डोको बोक्न
पढेपछि हुन्न भन्छौं आफै बारी जोत्न
मिठो खाने राम्रो लाउने सबै जनाको मनमा
सुखी बन्ने लालसाले जानु पर्ला कि वनमा ।

प्रकाशित मिति: Friday, January 29, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।