बिहानी झुल्के घामैले (गीत)

  • गणेश पुमा चिन्तन 
बिहानी झुल्के घामैले उज्यालो ज्योति छरेर
चन्द्रमा छुने प्रण गरौ लौ हातेमालो गरेर ।

शिरको फेटा हिमाल पाउको जुता तराई हेर
पहाडको माया कति छ देखाउछौ छाती चिरेर ।
गुराँशको लाली साथैमा नक्कली लाली चाहिन्न
सुन्दर दृष्य आखैमा ब्यर्थको सिंगार चाहिन्न ।

पहाडी छाँगा झरना क्या राम्रो झर्छ झरर
गाउँबेसी पाखैमा चिसोपन क्या मिठो हावा सरर ।
धानको बाला क्या राम्रो खेतैको आलीमा झुलेको
सायपत्री फूल क्या राम्रो आगनको डिलैैमा फुलेको ।

हात छ आफनै बलियो अरुको सार चाहिन्न
खुटा छ आफनै दरिलो अरुको भर चाहिन्न ।
मिठो छ आफनै संगित अरुको धुन चाहिन्न
नाच्ने छौ आफनै तालमा अरुको नक्कल चाहिन्न ।

रचनाकाल:  २०५६ कात्तिक १०

प्रकाशित मिति: Friday, January 01, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।