हङकङमा किरात पुमा राई दोस्रो सांगितिक साँझको भव्य तयारी

२०७२ पुस २४। किरात पुमा राई तुप्खाबाङ्खाला हङकङले सांगितिक साँझको भव्य अायोजना गर्ने भएको छ। अागामी मार्च १३ तारिखका लागि कार्यक्रम गर्ने तय भएको छ। खोटाङ, चिसापानीस्थित किरात पुमा राई संग्रहालय भवन निर्माणार्थ सो कार्यक्रम आयोजना गरिएको अायोजकले जनाएको छ। 

कार्यक्रमलाई भव्य बनाउन नेपालबाट गायकहरु राजेश पायल राई, जुना प्रसाईं, राजेश पुमा, कमेडियन पार्वन राई नृत्यकार गीता राई लगायत चर्चित कलाकारहरुलाई निमन्त्रणा गरिएको छ। संग्रहालय निर्माणका लागि डेड वर्ष अगाडि अायोजित सांगितिक साँझबाटै जग्गाको व्यवस्था भई सकेको किरात पुमा राई तुप्खाबाङ्खाला हङकङले जानकारी गराएको छ।

जनवरी ३ तारिख जानकारीसभाको अयोजना गरी किरात पुमा राई संगितिक साझको लागि तुप्खाबाङ्खाला हङकङले भव्य तयारी थालेको हो।

 






प्रकाशित मिति: Friday, January 08, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।