गीतकार भण्डारीको ‘यस्तो स्वार्थी संसारमा’ गीत कोरियामा सार्वजनिक

  • दीपेन्द्र राई, काठमाडौं। 
२०७२ पुस १९।  कोरियामा रहेको नेपाली राजदूतावास श्रम सहचारी अनिल गुरुङले गीतकार फडिन्द्र भण्डारी ‘अर्पण’को ‘यस्तो स्वार्थी संसारमा मलार्इ लायौ तिमीले गुन’ शीर्षाकृत गीत सार्वजनिक गरेका छन् । 

भण्डारीकै शब्द तथा लय संकलन रहेको उक्त गीतमा इतु जोजिजूको स्वर रहेको छ। गीतमा गंगा खतिवडा, आर्यनविक्रम साही र स्नेहा लामाले अभिनय गरेका छन् ।

गीत केही समयअघि रेकर्ड गरिएको भए पनि म्युजिक भिडियोको काम भने भर्खरै पूरा भएको थियो। गीतको सम्पूर्ण छ्याङ्कन दक्षिण कोरियामा गरिएको छ। ‘मेहनतसाथ काम गरेकाले नेपाली दर्शक तथा श्रोताले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु,’  भन्डारिको आग्रह छ, ‘गीत हेरेर, सुनेर प्रतिक्रिया दिनुहोला । उनले नेपाली संगीतप्रेमीलार्इ प्रतिक्रिया र माया पाएमा आगामी दिनमा अझै राम्रो गर्ने बिन्ति बिसाए ।

जोजिजू इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको उक्त गीत भिडियोमा हेर्नुहोस् ।





प्रकाशित मिति: Sunday, January 03, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।