१६ जना एसपी र ३२ जना डिएसपीको सरुवा

२०७२ पुष १७ । प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी उपरीक्षक (एसपी) र ३२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।

एससपी प्रकाशजंग कार्कीको अपराध महाशाखामा ल्याइएको छ भने ट्राफिक महाशाखाका एसपी पोषराज पोखरेललाई सुनसरी पठाइएको छ । बारामा एसपी नरेन्द्र उप्रेती, उदयपुरमा नरबहादुर खत्री र नवलपरासीमा राजेन्द्र चौधरी सरुवा भएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले दरबारमार्ग वृत्तमा डिएसपी कृष्णबहादुर पल्ली मगरलाई पठाएको छ भने बानेश्वर वृत्तमा नारायणप्रसाद चिमोरिया आएका छन् ।

दरबारमार्ग वृत्तका डिएसपी रमेशकुमार बस्नेतलाई अख्तियारको क्षेत्रीय कार्यालय सुनसरीमा सरुवा गरिएको छ ।

म्यादीमा डिएसपी बिश्वराज खड्का, सोलुमा माधव बुढाथोकी, प्युठानमा रंजितसिंह राठौर, ताप्लेजुङमा रामबहादुर केसी र रुकुममा रुपेश खड्काको सरुवा भएको छ ।

प्रकाशित मिति: Friday, January 01, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।