फेसबुके मायाले तीन लाखबढी ठगेपछि

२०७२ पुस २७। सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै पाँचथरकी एक महिलाबाट ३ लाख बढि रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेसबुकमा निश्चल शर्मा नाम भएका झापा खुदुनाबारी–७ का २९ वर्षीय भविन्द्र सुवेदी रहेका छन् । 

dfउनले फेसबुकबाटै काठमाडौँ कालिमाटीमा ६ कोठे घर र विभिन्न बैँकमा ३०/३५ लाख रुपैयाँ भएको अविवाहित् युवक भन्दै प्रलोभनमा पारी युवतीलाई माया जालमा फसाएको र भेट्न काठमाडौँबाट पाँचथर आउँदै गर्दा चितवनमा मोटरसाइकल दुर्घटना भएर नारायणगढ अस्तालमा उपचाररत् रहेको तर खर्च अभाव भएको भन्दै चेक साँट्न काठमाडौँ जानुपर्छ, केही रकम तिमीसँग छ भने पठाइदेऊ भनेको पीडित युवतीको भनाई छ । उनले पाँचथर आउँदै गर्दा दुर्घटनामा प¥यो भनेर मंसिर महिनाभरमा आइएमइबाट ३ लाख १ हजार ७ सय रुपैयाँ पठाएको दावी गरिन् । 

उपचार गरी निको भएपछि भेट्न आउलान् भनि पटक–पटक फोन सम्पर्क गर्दा आउँदैछु भनि आश्वासन मात्र देखाएपछि शंका लागेर उनले प्रयोग गरेको ९८२४०२७६१८ मोवाइल नम्बर समेत पीडित महिलाले आफ्नो नाम गोप्य राख्न अनुरोध गरी दिएको निवेदन अनुसार अनुसन्धान गर्दै जाँदा सुवेदीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनी विरुद्ध ठगी मुद्दा अन्तर्गत मुद्दा दर्ता पछि अनुसन्धान थालिएको उनले बताए । सुवेदीको साथबाट प्रहरीले ८४ हजार मूल्य बराबरको सामसुङ कम्पनीको मोवाइल र सीम पनि बरामद् गरेको छ । (रातोपाटीबाट)।

प्रकाशित मिति: Monday, January 11, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।