किरात इतिहासको खोजका लागि मुन्दुम अनुसन्धान केन्द्र

२०७२ पुस १९। निरन्तर ६ महिना लामो प्रशासनिक प्रक्रियापछि मुन्दुम अनुसन्धान केन्द्र, नेपाल ललितपुर जिल्लाबाट दर्ता भएको छ। किरातीहरुको हजारौं वर्षदेखि मौखिक रुपमा भनिँदै आएको मुन्दुम जोगाउने, अध्ययन-अनुसन्धान गर्ने तीव्र इच्छाशक्ति नभएको भए संस्था दर्ता प्रक्रिया नै बीचैमा तुहिने खतरा थियो । 

वडा कार्यालयबाट नगरपालिका, नगरपालिकाबाट जिल्ला विकास कार्यालय, जिल्ला विकासबाट सीडीओ कार्यालय, सीडीओ कार्यालयबाट क्षेत्रीय प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालयबाट संस्कृति मन्त्रालय, संस्कृति मन्त्रालयबाट फेरि क्षेत्रीय प्रशासन कार्यालय र अन्तिममा क्षेत्रीय प्रशासन कार्यालयले सीडीओ कार्यालय ललितपुरलाई संस्था दर्ता गर्न पत्र लेखेपछि मुन्दुम अनुसन्धान केन्द्रले दर्ता नम्बर ४२८६/०७२ पाएको छ।




प्रकाशित मिति: Sunday, January 03, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।