कृषि विकास बैंकमा २९८ जना कर्मचारीको माग

२०७२ पुष २६ । कृषि विकास बैंकले झण्डै ३ सय सिटका लागि नयाँ आवेदन माग गरेको छ। एक सूचना जारी गर्दै बैंकले प्रशासन सेवा अन्तर्गत व्यवसाय सहायकस्तर प्रथम  श्रेणीमा ४० जना कर्मचारी मागेको छ। यसका लागि व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण हुनेले आवेदन दिन सक्नेछन्। 

जसअन्तर्गत खुल्लातर्फ २२ जना, महिलातर्फ ५ जना, जनजातितर्फ ५ जना, मधेसीतर्फ ४ जना, दलिततर्फ २, अपांगतर्फ १ र पिछडिएको क्षेत्रबाट १ जनाको कोटा छुट्याइएको छ। 

त्यस्तै लेखापाल सहायक द्वीतिय श्रेणीमा २ सय ५८ जना स्थायी पदपूर्ति गर्न लागेको जनाएको छ। यसका लागि मानविकी संकायमा अर्थशास्त्र पढेका प्रवीणता प्रमाणपत्र वा १२ कक्षा पास गरेकाले आवेदन दिन सक्नेछन्। 

माग गरिएका कर्मचारीहरु काठमाडौंका लागि १ सय १४, बिराटनगरका लागि ७३ र नेपालगञ्जका लागि ७१ जनाको पदपूर्ति हुने बैंकले जानकारी दिएको छ। 
(सेतोपाटीबाट) 



प्रकाशित मिति: Sunday, January 10, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।