म को हुँ? (कविता)

  • अम्बीहँ दुङ्भ्वोछा किराँत 
किरात राईको छोरो म
म हुँ किराती
नाम सोधे म भन्छु
राम राधा र कृष्ण जी
यलम्वरका संतान हुँ म
महुँ किराती
फोटो: कोयुरोहित ब्लग
जितेगस्ती देखि यता
नाममै विपत्ती
नव शिशु आउने दिनै
पण्डित निम्तो हुन्छ
किरात नाम कसरि राखोस्
हिन्दु पात्रों बोल्छ
हैखामा र निनामाले
छक्क परि हेर्छन्
ती शिशुका आमा बाबा
मक्ख परि पो बस्छन्
लेख्छु बोल्छु बुझ्छु खस
पढ्छु उस्तै गरि
मातृभाषा जान्दिन म
अफ्सोस मन भरि
साकेला नाँच्न जान्दिन म
तीजमा रसम भिज्यो
उफ्री उफ्री पोहोर नाँच्दा
तिलहरि नै भूँइमा खस्यो
कवि
सेवा सेमुना बुझ्दिन म
सेवांमी पो भन्छु
किरात राई त भन्छु मात्रै
भक्ते एन्जल मान्छु
किरात राईको छोरो म
म हुँ किराती
नाम सोधे म भन्छु
राम राधा र कृष्ण जी
हे किरात !
म को हुँ?
अस्तु:

प्रकाशित मिति: Monday, January 04, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।