नयाँ संविधानका ९४ वटा धारा विभेदकारी : लिम्बू

हुम तमु । 
२०७२ माघ ६। नेपालका आदिवासीहरुको मानवअधिकार सम्वन्धित वकिल समूह (लाहुर्निप)का सचिव शंकर लिम्बुले असोज ३ गते जारी गरिएको नेपालको संविधानलाई रगतको होली खेलिएको संविधान भन्नुभएको छ । विश्वकै उत्कृष्ट संविधानको रुपमा चर्चा रहेको संविधानलाई उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । 

तमु धिं नेपालद्वारा मंगलवार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिवक्ता लिम्बुले सेनाको सुरक्षामा जारी गरिएको संविधान ‘ब्लडी’ संविधान भएको बताउनुभयो । 

संविधानसभाबाट संविधान जारी गर्दा विश्वमा कही पनि सेना परिचालन गरिएको छैन तर नेपालमा संविधानसभाको निर्वाचन, दुईदिने सुझाव संकलन र संविधानसमेत सेना नै परिचालन गरेर जारी गरिनु दुखदायी भएको बताउनुभयो । संविधान जारी गर्ने बेलासम्म संविधानमा आफ्ना अधिकार सुनिश्चित गराउन २१ जनाले बलिदानी प्राप्त गरेको उहाँको भनाइ थियो ।

यो संविधानको ११ वटा धारा प्रत्यक्ष रुपमा आदिवासी जनजातिको विरुद्ध, २९ वटा धाराले विभेदीकरण, ४९ वटा धाराले वहिष्करण गरेको छ भने ५ वटा धाराले स्पष्ट रुपमा खस आर्य समुदायको नाउँमा उनीहरुको प्रतिष्ठा र अधिकारलाई अरुको भन्दा उच्च बनाएको लिम्बुले बताउनुभयो ।
जारी गरिएको संविधान विक्रम सम्वत् १९१० को मुलुकी ऐनको अवधारणा अनुसार ल्याइएको छ जसमा आदिवासी जनजातिहरुको केही प्राप्त अधिकार पनि कटौती गरिएको बताउनुभयो ।

संविधानको प्रस्तावनाले नै नेपालका जनतालाई सार्वभौमसत्ता सम्पन्न जनता, नेपालका नागरिक र जनता भनि तीन तहमा विभाजन गरी विभेद गरेको बताउनुहुदै भयवादबाट पीडित संविधानले विगतदेखि विभेदमा पारिँदै आएको जन समुदायलाई अधिकारविहीन र प्रतिष्ठाको अपमान गरेको बताउनुभयो ।

यो संविधानको ११ वटा धारा प्रत्यक्ष रुपमा आदिवासी जनजातिको विरुद्ध, २९ वटा धाराले विभेदीकरण, ४९ वटा धाराले वहिष्करण गरेको छ भने ५ वटा धाराले स्पष्ट रुपमा खस आर्य समुदायको नाउँमा उनीहरुको प्रतिष्ठा र अधिकारलाई अरुको भन्दा उच्च बनाएको लिम्बुले बताउनुभयो ।

पहिचान पक्षधर आदिवासी जनजातिहरुको अर्थपूर्ण सहभागिता नरहेको संविधानसभाले हिन्दु, खसआर्य, सत्तावाल नेताहरुको स्वार्थमा आधारित संविधान जवरजस्त जारी गरिएको छ, यस्तो षडयन्त्रलाई बुझाउन आदिवासी जनजाति जागरण अभियान जरुरी भएको उहाँको भनाइ थियो ।

पहिचान पक्षधर आदिवासी जनजातिहरुको अर्थपूर्ण सहभागिता नरहेको संविधानसभाले हिन्दु, खसआर्य, सत्तावाल नेताहरुको स्वार्थमा आधारित संविधान जवरजस्त जारी गरिएको छ, यस्तो षडयन्त्रलाई बुझाउन आदिवासी जनजाति जागरण अभियान जरुरी ।
नियम, ऐन, कानुन र संविधान बन्ने क्रममा विश्वका आदिवासी जनजातिहरुका अधिकार प्राप्ति भएको छैन, अधिकार प्राप्तिका लागि एकतावद्ध आन्दोलन जरुरी छ भन्नुहुदै उहाँले सडक आन्दोलन र कानुनी लडाइँ सँगसँगै लानुपर्ने बताउनुभयो ।

राष्ट्रियता खतरा जनताबाट होइन पटक पटक सरकार र नेताबाटै भइरहेको विवरण प्रस्तुत गर्नुहुँदै नागरिकताको आधारमा बंशज र अंगिकृत भनेर नेपाली जनतामा विभेद गर्न नहुनेमा जोड दिनुभयो ।

अधिकारकर्मी लिम्बुले आदिवासी अधिकार सुनिश्चित गर्ने गरी आदिवासी जनजाति समुदायकै प्रतिनिधीहरु सहभागीतामा छलफल गरेर संविधान संशोधन गरे स्वामित्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले स्वागत गर्नुहुँदै अहिलेको संविधानमा आदिवासी जनजातिको अधिकार र पहिचान सुनिश्चित नभएकाले आन्दोलित भइरहेका बताउनुहुँदै विभेदमा पारिएका जनताको एकतावद्धताका लागि लाहुर्निपलाई संविधानको विभेदका धाराहरुलाई जनतासामु प्रस्ट पार्न आग्रह गर्नुभयो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षता र सचिव गिरीप्रसाद गुरुङको संचालनमा भएको कार्यक्रममा खेमजङ गुरुङ, सन्देश गुरुङ, माया गुरुङ मनाङ्गी, तोरन गुरुङ, हुमबहादुर गुरुङ, पुर्ण ह्योल्मो लगायतले जिज्ञासा राख्नुभएको थियो । (साभार: इसमताबाट) 

प्रकाशित मिति: Wednesday, January 20, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।