भुवन सुप्तिहाङ म्युजिक भिडियोका साथ बजारमा

२०७२ पुस २१। गायक भुवन सुप्तिहाङ राईका दुईवटा गिती एल्बम छिट्टै बजारमा अाउने भएका  छन्। मायाको फूल टिपी सिरैमा सिउरीदिउँकि मायालु र अाइडी छ कि छैन बैनी सारै दुख पाइयो गरी दुईवटा गीतको छयाङ्कन यही हप्ता सम्पन्न भएको छ। 
पछिल्लो समय ‘मायाको फूल’ एल्बममार्फत चर्चामा आएका सुप्तिहाङका म्युजिक भिडियो पूर्वी नेपालका रमणीय स्थलहरु धरान, इटहरी, भेडेटार र त्यस आसपासमा छायांकन गरिएको छ। पहिलोपटक भिडियो निर्देशन गरेको भुवन आफ्नो निर्देशन कार्यबाट सकरात्मक अपेक्षा गरेका छन् ।  
करिब २ लाख हाराकारीको लगानीमा बन्दै गरेको भिडियोमा स्वर गायक स्वयमको रहेको छ भने शब्द बिरेश राई, संगित दिनेश बान्तवाको रहेको छ । क्यामेराम्यानमा युवराज राई, मोडलहरु हेमेन्द्र राई तथा रोशीमा राईको मुख्य अभिनय रहेको छ । 
 त्यस्तैगरि गायक राईकै दोश्रो एलबम मायाको फूल एलबमको शब्दमा दयाराम पाण्डे तथा संगीतमा आलोकश्री रहेकाे समेत राईले जानकारी दिनुभएको छ । 



प्रकाशित मिति: Tuesday, January 05, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।